१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेट होला, नहोला भन्दै छुट्टिए सांसद

अ+ अ-

काठमाडौं । ‘छुट्टिने बेला के भन्ने ? सांसदको रूपमा हामी छुट्टिँदै छौं’ एमाले अध्यक्ष केपी ओलीले शनिबार रोस्ट्रममा उभिएर भाषण गर्दै गर्दा सांसद दीर्घामा चिन्ता र सन्नाटा छाएको थियो । रूपान्तरित संसद्को अन्तिम दिन संसद् सचिवालयले गरेको बिदाइ समारोहमा शीर्ष नेताहरूले संविधान बनाउन सकेकोमा गर्व महसुस गर्दै गर्दा अधिकांश सांसदको अनुहार मलिन थियो ।

आगामी प्रतिनिधिसभाको निर्वाचनमा हालका अधिकांश सांसद उम्मेदवारको सिफारिसमा परेका छैनन् । समानुपातिक कोटामा आएका सांसदको त कुरै छाडौं, ०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ जितेका अधिकांश सांसद पनि उम्मेदवारको सिफारिसमा छैनन् । सत्तासीन कांग्रेसका अधिकांश बहालवाला सांसदको नाम दर्जनौं आकांक्षीबीच केन्द्रमा सिफारिसमा पुगेको छ भने एमालेका प्रत्यक्षतर्फ जितेका कैयौं सांसदको नाम स्थानीय कमिटीबाटै सिफारिस हुन सकेन । ‘सांसदहरूमा भविष्यप्रति द्विविधा छ। तर, जनताको ७० वर्षदेखिको चाहना पूरा गर्न सक्नु संविधानसभा र संसद्को सबैभन्दा महत्वपूर्ण पक्ष हो,’ कांग्रेसका सांसद रामहरि खतिवडाले भने ।

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएपछि यी दलबाट सिफारिसमा परेका सांसदका उम्मेदवार पनि धुकचुक गर्दै थिए । ‘६० र ४० को भागबन्डाले अधिकांशले आफ्नो चुनाव क्षेत्र सुरक्षित महसुस गर्न सकेका छैनन्,’ एमाले सांसद कृष्णभक्त पोखरेलले भने, ‘सबैले आफूलाई असुरक्षित नै महसुस गरिरहेका छन् ।’ प्रत्यक्षतर्फ २ सय ४० निर्वाचन क्षेत्र घटेर १ सय ६५ मा झरेपछि अधिकांश सांसदको निर्वाचन क्षेत्र असुरक्षित बनेको थियो ।

त्यसमाथि दलका चुनावी एकताले सिफारिसमा परेका सांसद पनि ढुक्क छैनन् । बिदाइ समारोहमा सिफारिसमा परेका सांसद आ–आफ्नो दलका नेतासँग टिकट मागिरहेका थिए । शीर्ष नेता भने संविधान बनेकोमा गौरव महसुस गर्न सांसदलाई सम्झाइरहेका थिए । बिदाइ समारोहमा सांसदको भूमिकामा भेट होला/नहोला भन्दै सांसदहरू एकअर्कालाई बिदाइ गरिरहेका थिए ।

सभामुख ओनसरी घर्तीमगरले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने शीर्ष नेतादेखि सांसदहरूलाई धन्यवाद दिँदै संविधान कार्यान्वयनमा सबै पक्ष एक भएर लाग्न आग्रह गरिन् । संसद्का विगतका बैठकमा ठूला दलका नेतालाई पहिले र त्यसपछि क्रमशः साना दलका नेतालाई बोल्न दिने गरिए पनि अन्तिम दिन भने ठीक उल्टो गरिएको थियो ।

‘फेरि पनि संसद्मा हामी आउन सकौंला/नसकौंला तर आउनेलाई शुभकामना,’ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद रुक्मिणि चौधरीले भनिन्, ‘संविधान संशोधन आगामी आउने सांसदहरूले गर्नुहोला ।’ संविधानलाई स्वीकार नगरेको दाबी गर्ने मधेसकेन्द्रित दलका नेताहरूले पनि अब आउने संसद्ले संविधान संशोधन नगरे संविधान नै धरापमा पर्ने चेतावनी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस