१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिम सेती बनाउने सम्झौता

अ+ अ-

काठमाडौं । मेगावाट क्षमताको बहुचर्चित जलाशययुक्त पश्चिम सेती विद्युत् आयोजना निर्माण गर्न विद्युत् प्राधिकरण र चीनको ‘चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन’ बीच बिहीबार सम्झौता भएको छ । थ्री गर्जेज र प्राधिकरणले नेपालमा संयुक्त कम्पनी स्थापना गरी १ खर्ब ८० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको पश्चिम सेती आयोजना निर्माण गर्नेछन् ।

प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री गर्जेज कम्पनीका लगानी निर्देशक याओ फेक्सिओङले संयुक्त लगानी (जेभीए) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै चीनबाट डेढ खर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिने र दुई दशकभन्दा बढी समयदेखि चर्चामा रहेको पश्चिम सेती आयोजना निर्माण अघि बढ्ने वातावरण बनेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । जेभीएमा प्रारम्भिक हस्ताक्षर भएको १० महिनापछि अन्तिम सम्झौता भएको हो ।

ऊर्जा मन्त्रालय र थ्री गर्जेजबीच १७ फागुन ०६८ मा पश्चिम सेती आयोजना बनाउने सहमति भए पनि प्राधिकरणसित लगानीको प्रतिशत नमिलेकाले ढिलाइ भएको हो । लगानी प्रतिशतमा सहमति भई प्राधिकरण र थ्री गर्जेजबीच सम्झौता भएपछि आयोजना अघि बढ्ने र सँगै प्रदेश ७ को आर्थिक समृद्धिको ढोका खुल्ने वातावरण बनेको हो । प्राधिकरण सञ्चालक समिति र थ्री गर्जेज बोर्डले पश्चिम सेतीमा संयुक्त लगानी गर्ने सम्झौताको मस्यौदालाई पारित गरिसकेका छन् । लगानी बोर्ड नेपालले सम्झौतालाई अनुमोदन गरिसकेपछि थ्री गर्जेज र प्राधिकरणले पश्चिम सेती आयोजना बनाउन नेपालमा ‘वेस्ट सेती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी’ खोल्नेछन् ।

लगानी बोर्डले थ्री गर्जेजलाई चिनियाँ लगानी ल्याउन अनुमति दिएपछि खुल्ने संयुक्त कम्पनीले आयोजना निर्माण गर्न विस्तृत इन्जिनियरिङ अध्ययन सुरु गर्नेछ । बोर्डले एक साताभित्रै थ्री गर्जेजलाई लगानी ल्याउन अनुमति दिने जानकारी स्रोतले दिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस