७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति स्थापना र राष्ट्रिय सुरक्षामा नेपाली सेनाको भूमिका महत्वपूर्णः रक्षामन्त्री प्रधान

अ+ अ-
काठमाडौँ । रक्षामन्त्री भीमसेनदास प्रधानले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना र राष्ट्रिय सुरक्षामा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
‘आर्मी कमाण्ड एण्ड स्टाफ कलेज’ शिवपुरीमा आज आयोजित ‘अपरम्परागत सैनिक भूमिकामा नेपाली सेनाको सोच कस्तो हुनुपर्छ ?’ विषयक विज्ञसँगको छलफल कार्यक्रममा मन्त्री प्रधानले राष्ट्रिय सुरक्षाका अतिरिक्त विकास निर्माण, प्राकृतिक एवं ऐतिहासिकस्थलको संरक्षणमा पनि असरदार योगदान गरेको बताए ।
“राष्ट्रिय अखण्डता र सार्वभौमसत्तालाई बलियो बनाउने गरी सेनाले संवैधानिक व्यवस्था बमोजिम अन्य काम पनि गर्नुपर्छ, ती कामले सेनाको प्रमुख उद्देश्य पूरा गर्न सहयोग गरोस्”–उनले भने ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सडक सञ्जालले नछोएका हुम्ला र डोल्पामा ट्र्याक खोल्न गरेको काम अविस्मरणीय रहेको बताए । “प्रकोप व्यवस्थापन, निकुञ्ज, वन, सम्पदालगायत संरक्षणमा पनि सेनाले खेलेको भूमिका प्रशंसनीय छ, जलवायु, ऊर्जाको संरक्षणमा पनि सेनाले काम गर्न सक्छ”–उनले भने ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले संवैधानिक रुपमा दिइएका कर्तव्य पालना गरिने प्रतिबद्धता जनाए । राष्ट्र संघका लागि पूर्वस्थायी प्रतिनिधि डा. जयराज आचार्य, पूर्वसचिव मधुरमण आचार्य, दक्षिण एसियाली सहयोग संगठन (सार्क) का पूर्वमहासचिव अर्जुनबहादुर थापा, डा खड्ग केसी, उपरथी (मेजर जेनरल) प्रह्लाद थापा, पूर्वउपरथी पूर्णबहादुर सिलवाल, जगदीशचन्द्र पोखरेल, देवेन्द्रबहादुर मेघासी, समीर शाही, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारीलगायतले सेनाको उद्देश्य पूर्ति हुनेगरी अपरम्परागत काममा पनि खटाइनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस