१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार जिल्लामा २७० भेटिए लुकेर रहेका कुष्ठरोग पीडित

अ+ अ-

काठमाडौँ । जोखिम मानिएका चार जिल्लामा लुकेर रहेका २ सय ७० कुष्ठरोगी भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाले गत पुसदेखि शुरु गरिएको खोजी कार्य रुपन्देही, कपिलवस्तु, नवलपरासी र कैलाली जिल्लामा माघ २५ गतेसम्म गरिएको थियो । सर्वेक्षण टोलीले सुस्ता नवलपरासीमा रहेको तीन हजार २०० जनसंख्यामा पनि पाँच कुष्ठरोग पीडित पहिचान गरेको छ ।

महाशाखाका क्षयरोग कुष्ठरोग अधिकृत महेश पुरीले पूरा तथ्यांक आउन अझै केही समय बाँकी लाग्ने बताए । प्रारम्भिक तथ्यांकअनुसार रुपन्देहीमा ६२, कपिलवस्तुमा ७७, नवलपरासीमा ८२ र कैलालीमा ४९ नयाँ बिरामी फेला परेको महाशाखाले जनाएको छ ।

सर्वेका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कार्यकर्ता र छालारोग विशेषज्ञ संलग्न रहेको जानकारी दिए ।

आव २०७३/७४ मा बढेर शून्य दशमलव ९२ पुगेको पाइएपछि महाशाखाले सहयोगी साझेदारको सहयोगमा जोखिम मानिएका जिल्लामा लुकेर रहेका कुष्ठरोगी खोजी गर्न शुरु गरेको हो ।

नेपालमा विसं २०६६ मा कुष्ठरोगको प्रकोप दर प्रतिदश हजार जनसंख्यामा एकभन्दा कम अर्थात् शूल्य दशमलव ७७ कुष्ठरोगी रहेको घोषणा भएपनि हालसम्म पनि निवारणको अवस्था नै रहेको छ ।

शुरुकै अवस्थामा नै रोगी बिरामी पहिचान गरी अन्य राग सर्नबाट र अपांगता हुनबाट बचाउने, एकीकृत स्वास्थ्य प्रणालीमार्फत कुष्ठरोगको गुणस्तरीय सेवा उपलब्ध गराउन सर्भेको मद्दत पुगेको बताइएको छ ।

सर्वेका लागि सासाकावा मेमोरियल, दामियन फाउन्डेशनलगायत कुष्ठरोग र क्षयरोगमा काम गर्ने संस्थाको आर्थिक तथा प्राविधिक सहयोग रहेको महाशाखाले जनाएको छ । सर्भेका लागि रु एक एक करोड बराबर रकम खर्च भएको बताइएको छ ।

नयाँ बिरामीबारे थप समस्याबारे अनुसन्धान हुने र उनीहरुलाई औषधि उपचार शुरु गर्ने अधिकृत गिरीले बताउनुभयो । आव २०७३/७४ मा तीन हजार बढी नयाँ कुष्ठरोगी फेला परेका थिए । सरकारले सन् २०२० भित्र सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस