१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्ण खोपयुक्त जिल्ला घोषणाको अन्तिम तयारी

अ+ अ-

चितवन । जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको अन्तिम तयारी गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लालाई पूर्ण खोप युक्त जिल्ला बनाउनका लागि अभियान शुरु गरेको हो ।

सातवटा स्थानीय तह रहेको जिल्लामा इच्छाकामना गाउँपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, राप्ती नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा भइसकेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झाका अनुसार वैशाख महिनासम्ममा पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने गरी तयारी गरिएको छ । सरकारले सन् २०१७ सम्ममै पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको थियो ।

रत्ननगर नगरपालिकाको साविकको पञ्चकन्या र रत्ननगर क्षेत्र, कालिका नगरपालिकाको साविकको पदमपुर र जुटपानी गाविस पूर्ण खोपयुक्त घोषणा हुन बाँकी छन् । भरतपुर महानगरपालिकाका २९ मध्ये १४ वटा वडा पूर्ण खोपयुक्त घोषणा हुन बाँकी रहेको प्रमुख झाले बताए ।

पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नका लागि जिल्लामा रहेका १२ महिनादेखि २३ महिनामुनिका बालबालिकालाई दिइएको खोपको अनुगमन शुरु गरिएको हो । तेइस महिनामुनिका बालबालिकालाई दिनुपर्ने सबै खोप कसैलाई पनि नछुटाई लगाएको पाइएमा पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरिन्छ ।

पूर्ण खोपयुक्त क्षेत्र घोषणा हुनका लागि बिसिजी, डिपिटी, पिसिभी र दादुरा–रुबेलाविरुद्धको खोपको मात्रा उक्त क्षेत्रका सबै बालबालिकाले पूरा रुपमा लगाएको हुनुपर्ने छ । कुनै पनि क्षेत्रलाई पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरेरमात्र नहुने भन्दै झाले पूर्ण खोपलाई निरन्तरता दिन सक्नुपर्ने बताए ।

वैशाखभित्र पूर्ण खोपयुक्त जिल्ला भएन भने एक वर्षपछि धकेलिने बताउँदै उनले वैशाखभित्र चितवनलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नुपर्ने बताए।

पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्नु अगाडि सर्वेक्षणदेखि घोषणा अनुमतिसम्मका १० चरण पूरा गर्नुपर्ने झाले बताए । उनका अनुसार हालसम्म देशका ३५ वटा जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस