१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्पोर्ट सिटीका लागि ‘कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर’

अ+ अ-

सुर्खेत । विश्वको सर्वाधिक उचाइमा धान फल्ने जुम्लाको पातारासी गाउँपालिकामा अवस्थित लौठचौरलाई स्पोर्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य लिइएकोे छ ।

सो गाउँपालिकाको लौठचौरमा ‘कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर’ निर्माणका लागि डिपिआर तयार गरिएको छ । तयार गरिएको डिपिआर राष्ट्रिय खेलकूद परिषद् र युवा तथा खेलकूद मन्त्रालयमा पेश गरिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘विस्तृत अध्ययन प्रतिवेदनअनुसार लौठचौरमा कर्णाली ‘हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर’ निर्माण गर्न १७ करोड लाग्ने अनुमान गरिएको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘आवश्यक बजेट विनियोजनका लागि राष्ट्रिय खेलकूद परिषद् र मन्त्रालय दुवैमा पहल भइरहेको छ ।’

यतिबेला कभर्डहलको बाँकी कामका लागि युवा तथा खेलकूद मन्त्रालयलबाट २५ लाख विनियोजन भइसकेको छ । उनका अनुसार निर्माण गरिने ट्रेनिङ सेन्टर आवासगृह, अस्पताललगायतको सेवा र सुविधायुक्त हुनेछ ।

पचपन्न हजार वर्गमिटर क्षेत्रफलमा निर्माण गरिने उक्त ट्रेनिङ सेन्टर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको गन्तव्यस्थल बन्ने चर्चा गर्दै जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले बताबताए, ‘संरचना निर्माणपछि यहाँ प्रशिक्षणमात्र हुने छैन उच्च हिमाली भेकको अवलोकन, विशुद्ध हावापानी, अर्गानिक खानासहित विशेष आतिथ्यता पनि प्राप्त हुनेछ । ’

म्याराथुन धावक हरिबहादुर रोकाया भन्छन्, ‘अल्टिच्यूडमा ट्रेनिङ गरेको खेलाडीले राष्ट्रियस्तरमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै उत्कृष्टता हासिल गरेका छन्, जुन स्थानमा नेपालको कर्णाली र त्यसमा जुम्ला पुग्न सफल भएको छ ।, कर्णालीलाई खेलकूद भूमिमा परिचित गराउन र नेपालकै नाम विश्वमा राख्न यो महत्वाकांक्षी गौरवको आयोजना अघि बढाइएको हो । ”

खेल पर्यटन प्रवर्दन

लौठचौरसँग जोडिएको विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने ठाउँ छुमचौर ज्यूला, सर्वाधिक महँगो जडीबुटी यार्सागुम्बा, पातारासी हिमालको भ्यू, तिलानदीको आकर्षणले पनि यो ट्रेनिङ सेन्टर देशी तथा विदेशी खेलाडीको प्रमुख गन्तव्य बन्नेछ । उक्त ट्रेनिङ सेन्टर’, निर्माणबाट यहाँको खेल पर्यटन प्रवद्र्धन हुने र स्पोर्ट सिटीरूपमा विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।

सो कार्यका लागि स्थानीय समुदायलाई व्यवसाय सञ्चालनमा परिचालन, स्थानीयस्तरमा रोजगारीको सिर्जनाका साथै आयआर्जनमा सघाउ पुग्ने र राजश्वमा वृद्धि हुने पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोरा बताउछन् । संसारबाट आएका खेलाडीले खेलकूदमा भाग लिनाका साथै जुम्लाको तातोपानी पर्यटन विकास केन्द्र, तिलाको त्रिवेणी, चन्दननाथ मन्दिर, गिडी दह, पातारासी हिमाल, सिंजा सभ्याता, मुगुको राराताल र डोल्पाको से–फोक्सुण्डो तालको पनि अवलोकन गर्ने अवसर प्राप्त हुने उनको भनाइ छ ।

गत पुस महिनामा जुम्ला पुगेको युवा तथा खेलकूद मन्त्रालयका सचिव महेश दाहालसहितको चार सदस्यीय टोलीले टे«निङ सेन्टर र रंगशाला निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिक स्थिति अनुगमन गरेको थियो । उनी नेतृत्वको टोलीले छुमचौरको लौठचौरमा निर्माण हुने ‘ट्रेनिङ सेन्टर’ लाई ‘कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर’ र जुम्ला खलंगामा निर्माण प्रस्ताव गरिएको राँझासिमलाई ‘कर्णाली रंगशाला’ नामकरण गर्न सुझाएको थियो ।

दुवै संरचना निर्माणको कार्य शुरु गर्न भन्दै मन्त्रालयबाट हुने सहयोगमा यो क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता सचिव दाहालले गर्नुभएको थियो । समुद्री सतहदेखि दुई हजार ९०० मिटर उचाइमा रहेको उक्त स्थानमा निर्माण गरिने सो ट्रेनिङ सेन्टर कर्णाली प्रदेशको खेल जगत्को गौरवको पूर्वाधार ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस