१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिपी कोइराला प्रतिष्ठानको मातृशिशु भवन अलपत्र

अ+ अ-

इटहरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको परिसरमा चिकित्सकीय सेवाको विस्तारसँगै विशिष्टीकरण अभियान अन्तर्गत दुई वर्षअघि निर्माण थालिएको ४०० शैय्याको मातृशिशु अस्पताल भवन निर्माण कार्य अलपत्र पर्दा निर्माण कम्पनी समेत अप्ठ्यारोमा परेको छ । प्रतिष्ठानले दुई वर्षअघि विशेष महत्व दिँदै स्वास्थ्य मन्त्रालयसमेतको स्वीकृतिमा ४०० श्ययाको मातृशिशु एवं प्रसूति भवन निर्माण गर्ने योजनासहित शर्मा रसुवा जेभीलाई निर्माणको ठेक्का दिएको थियो । तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाबाट शिलान्याससमेत भएको उक्त अस्पताल भवन हालको उच्च पदस्थ कर्मचारी प्रशासनको लापर्बाहीका कारणले भुक्तानी पाउने अवस्था नभएकाले निर्माण कार्य झण्डै एक वर्षदेखि पूर्णतः बन्द हुन पुगेको पाइएको छ ।

ठूलो संख्यामा मातृ शिशु तथा प्रसूतिका लागि आवश्यक भौतिक पूर्वाधार थप्ने गरी दुई अर्ब १७ करोड निर्माणको ठेक्का पाएको शर्मा रसुवा जेभीले निर्माणको काम थालेदेखि चार पटकको बिल भुक्तानी पाएको र अरु बाँकी चार पटक पेश गरेको बिलबापतको रकम नआउने अवस्था सिर्जना भएपछि काम रोक्न बाध्य भएको निर्माणस्थलमा रहेका इञ्जिनियर विवेक अर्यालको भनाइ रहेको छ । इञ्जिनियर अर्यालले चार वर्षको अवधिका लागि समय पाएर निर्माण थालिएको भवन कम्तीमा ३५ प्रतिशत काम सिध्याएर काम रोकिनु पर्दा निर्माण सामग्री खिया लाग्ने र अन्य निर्माण कार्यमा प्रयोग भएको उपकरण समेतमा नराम्रो नोक्सानी पर्ने खतरा रहेकाले अब के गर्ने भन्ने जटिल अवस्था सिर्जना भएको गुनासो पनि इञ्जिनियर अर्यालको रहेको छ ।

उनले अबको दुई वर्षभित्रमा भवन निर्माणसँगै सम्पूर्ण कार्य सिध्याएर घर बुझाउनु पर्नेमा एक वर्षको अवधि त काम नै नगरी बितेकाले त्यसको क्षतिपूर्ति कसले दिने भन्ने समस्यासमेत निर्माण कम्पनीको काँधमा थपिएको जानकारी दिँदै इञ्जिनियर अर्यालले प्रतिष्ठानका जिम्मेवार पदाधिकारीका चरम लापर्बाहीका कारणले मातृशिशु अस्पताल भवन निर्माण जटिल मोडमा पुगेको हो भने । उनले कामको भुक्तानी नहुनु नै भवन निर्माण कार्य रोकिनुको मुख्य कारण भएको पनि बताए । प्रतिष्ठानका अघिल्ला उपकूलपति प्रा. डा. बलभद्रप्रसाद दासको पालामा निर्माण थालिएको उक्त अस्पताल भवनका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरेको र अख्तियारले समेत कामको लगत कट्टा गरी भुक्तानी दिनु भनेको अवस्था भए पनि प्रतिष्ठान प्रशासनले भुक्तानी नदिनुले मातृशिशु अस्पताल भवन निर्माण लथालिंग बन्नुको मूल कारण बन्न पुगेको पाइएको छ ।

यस विषयमा के भएको हो त भन्ने प्रश्नमा उपकुलपति प्रा. डा. राजकुमार रौनियारले विषयगत विश्लेषणात्मक उत्तर नदिई आफूले राम्रो कार्य गर्ने मनसाय राखेर काम गरिरहेको र यसमा प्रतिष्ठानमा उपकुलपति हुने होडबाजीमा लागेकाको असहयोगका कारणले काम नै गर्न असजिलो परिरहेको गुनासो सुनाए । आफू उपकुलपति बनेको एक वर्ष बितेको र यस अवधिमा प्रतिष्ठानमा धेरै सुधारका प्रयास भइरहेको जानकारी दिँदै प्रतिष्ठानलाई बदनाम गराउने र अधोगति तिर लैजाने कार्य भइरहेको स्वीकार गर्दै यसमा सञ्चारकर्मीको सकारात्मक सहयोगका लागि अपिलसमेत गरे । उनले प्रतिष्ठान परिसरमा भौतिक पूर्वाधार सुधारसँगै उपचार सेवालाई सहज तुल्याउनतिर घनिभूत प्रयास समेत भइरहेको पत्रकारलाई जानकारी दिए ।

तर प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालले भने पत्रकारका विभिन्न सवालको जवाफ दिने क्रममा केही त्रुटि अवश्य भएको छ त्यसमा सुधार जरुरी रहेकोतर्फ आफूहरु सचेत रहेको उल्लेख गर्दै कमी कमजोरी सच्याउँदै जान जरुरी रहेको औँल्याए । रासस

प्रतिक्रिया दिनुहोस