१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुणस्तरीयता वृद्धिसँगै सामुदायिक विद्यालयमा आकर्षण

अ+ अ-

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–३३ बागमारास्थित सरस्वती टीका माध्यमिक विद्यालयमा भने विद्यार्थी तथा अभिभावकको आकर्षण देखिएको छ । समयसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने सोचका साथ अंग्रेजी तथा नेपाली दुवै माध्यममा पठनपाठन शुरु गरिएको विद्यालयमा नियमित ९४० विद्यार्थी रहेकामा चालु शैक्षिक वर्षका लागि आजसम्म १५४ नयाँ विद्यार्थी भर्ना भइसकेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यका अनुसार अंग्रेजी तथा नेपाली दुवै माध्यममा गुणस्तरीय शिक्षाका साथै विद्यार्थीको व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलाप एवं आवश्यक सबै किसिमका भौतिक पूर्वाधार विकासका कारण पछिल्ला वर्षमा विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

‘समयसापेक्ष गुणस्तरीय शिक्षा दिने सोचसँगै २०७१ सालदेखि अंग्रेजी माध्यममा पनि पढाइ शुरु गरिएकामा त्यसयता हामीलाई विद्यार्थी एवं अभिभावक दुवैले विश्वास गर्ने वातावरण बनेको छ,ण्द्दज्ञड उनले भने, ‘गुणस्तरीयता सम्बन्धमा कुनै किसिमको सम्झौता नगर्ने हाम्रो दीर्घकालीन सोचसँगै आवश्यक भौतिक पूर्वाधार विकासको क्रमलाई पनि अघि बढाएका छौंँ ।’ विसं २०७१ मा ३५० विद्यार्थी रहेकामा उक्त संख्यामा वार्षिक रुपमा क्रमशः वृद्धि हुँदै २०७२ मा ५२१, २०७३ मा ६९१ र २०७४ मा ९४० विद्यार्थी रहे । यस वर्ष एक हजार १०० विद्यार्थी पु¥याउने अभियानमा विद्यालय लागेको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाका अनुसार २०७१ सालदेखि नै विद्यालयले वर्षे र हिउँदे बिदाका रुपमा दिँदै आएको बिदाका समयमा पनि विद्यार्थीलाई नियमित रुपमा पठनपाठन गराउँदै आएको छ । विद्यार्थीबाट अतिरिक्त कुनै शुल्क नलिएर बिदाका समयमा अध्यापन गराउने शिक्षकलाई एक महिना बराबरको अतिरिक्त सुविधा उपलब्ध गराइएको छ । विद्यार्थीको मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउने सोचका साथ एक शैक्षिक वर्षमा चार चरणमा परीक्षा लिइने गरिएको उनले जानकारी दिए । विद्यालयमा कम्प्युटर कक्षा पनि सञ्चालन गरिँदै आएको अर्का सहायक प्रअ श्रीधर आचार्यले जानकारी दिए ।

विद्यालयमा बढ्दै गएको गुणस्तरीयतालगायत कारणबाट आफूहरू विद्यालयप्रति आकर्षित बनेको अभिभावक सुमित्रा सुनारले बताए । ‘धैरै पैसा तिर्दैमा गुणस्तरीय शिक्षा पाइन्छ भन्ने रहेनछ, विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिन थालेकै कारण हामी यसतर्फ आकर्षित बनेका हौं,’ उनले भने, ‘भौतिक पूर्वाधार, यातायातलगायत कारणबाट पनि मजस्ता धेरै अभिभावकले यस वर्ष सरस्वती टीका माविमा बालबच्चा भर्ना गरेका छौं ।’

राम्रो शैक्षिक वातावरणका साथै विद्यार्थीको शैक्षिकस्तर पनि वार्षिक रुपमा बढ्दै गएपछि अभिभावक यसतर्फ आकर्षित बन्ने गरेको विद्यालयका शैक्षिक परामर्श संयोजक कृष्णप्रसाद तिवारीले बताए । ‘विद्यालयका विद्यार्थी जिल्ला तथा अन्यस्तरमा गरिने प्रतियोगितात्मक कार्यक्रममा पनि उत्कृष्ट बन्ने गरेका छन्,’ उनले भने, ‘विद्यालयले अतिरिक्त क्रियाकलापका साथै विभिन्न शैक्षिक कार्यक्रम समेटेर वार्षिक क्यालेण्डर तयार गरेको छ, क्यालेण्डरअनुरुप नै आफ्ना शैक्षिक गतिविधि सञ्चालन गर्ने गरेका छौंँ ।’

शैक्षिक गुणस्तरीयताकै लागि विद्यालयले यस वर्षदेखि सरस्वती टीका मोबाइल एप सञ्चालनमा ल्याएको छ । एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी हेर्न सकिने एपमार्फत अभिभावकले विद्यार्थी विद्यालय पुगे नपुगेको, गृहकार्य गरे नगरेको आदि सम्बन्धमा जानकारी पाउन सक्ने छन् । त्यस्तै विद्यालयमा शिक्षक उपस्थित अनुपस्थित भए नभएको एपमार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकले थाहा पाउनसक्ने व्यवस्था मिलाइएको छ ।  कक्षा ११ र १२ का लागि अनुदानमा दुई शिक्षक रहेको विद्यालयमा स्वीकृत दरबन्दी माविमा पाँच, निमाविमा चार, प्राविमा १० र राहततर्फ तीन जना मात्र हुनुहुन्छ । अन्य ३१ जनाले निजी स्रोतमा रही अध्यापन गराउँदै आएका छन् ।

‘समयसापेक्ष प्रविधि मैत्री गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता’ भएको र त्यसको समुचित वातावरण विद्यालयले तयार गरेकै कारण विद्यार्थी तथा अभिभावकको रोजाइ सरस्वती टीका मावि पर्ने गरेको स्रोत व्यक्ति हेमराज आचार्यले बताए।

प्रतिक्रिया दिनुहोस