१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कपिलवस्तुको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ

अ+ अ-

कपिलवस्तु स्वास्थ्य क्षेत्रका निकै पिछडिएको जिल्ला हो । स्वास्थ्य अवस्था सुधारका लागि केही वर्षयता कपिलवस्तुमा मातृ तथा नवजात शिशु स्याहार (मानसी) परियोजना सञ्चालित छ । परियोजनाको उद्देश्य, यसको प्रभावकारितालगायत विषयमा परियोजनाका प्रोजेक्ट म्यानेजर शशीलाल कर्णसंग प्रशासन डट कमका एस राज उपाध्यायसँग गरिएको कुराकानी ।

मानसी परियोजना के हो कुन क्षेत्रमा कसरी काम गरिहेको छ ?
मानसी परियोजना आमा तथा नवजात शिशु स्वास्थको कार्यक्रम हो । मानसी परियोजनाले कपिलवस्तु जिल्लाको १० वटै पालिकाका साबिकका ४५ वटा गाविसमा विशेष फोकस कार्यक्रमहरू गरिरहेको छ भने २८ वटा गाविसमा आधारभूत कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

यसको मुख्य उद्देश्य भनेको ‘आमा र बच्चाको स्वास्थ्य स्थितिमा सुधार’ ल्याएर मातृ तथा नवजात शिशुको मृत्युदर घटाउने हो । सेवाग्राहीलाई सेवा लिन प्रोत्साहन गर्ने र सेवाप्रदायकलाई सेवाको क्षमता बढाउने पनि हाम्रो उद्देश्य हो ।

लक्षित उद्येश्य हासिल गर्न के कस्ता कार्यक्रमहरू कसरी सञ्चालन गरिरहनु भएको छ ?
लक्ष्य पूरा गर्न हामीले गरेका कामहरूमध्ये स्वास्थ्यकर्मी, स्वयमसेविका र आमा समूहलाई सक्रिय बनाउने, स्वास्थ्य संस्थाको व्यवस्थापन समितिलाई सुदृढीकरण गर्ने र उनीहरूलाई स्वास्थ्य सेवाप्रति जिम्मेवार बनाउने । समुदायमा सेवाग्राहीलाई सेवा लिन प्रोत्साहन गर्ने । स्वास्थ्य सम्बन्धी जनचेतना बढाउन मौलाना, धर्मगुरु, अगुवालाई क्रियाशील बनाई समुदायलाई परिचालित गर्ने काम गर्छौ भने जिल्लामा क्रियाशील सङ्घसंस्थासँग समन्वय गरेर जिल्लाबासीको स्वास्थ्यको विकास गर्न मद्दत पुर्‍याउने लगायत परियोजनाले जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर काम गरिरहेको छ ।

कार्यक्रम सञ्चालनपछि के कस्ता उपलब्धि प्राप्त भएको छ ?
कार्यक्रम सुरुवात गर्दा जिल्लाको संस्थागत प्रसूति ९ प्रतिशत थियो भने तीन वर्षको अवधिमा अहिले ३१ प्रतिशतसम्म पुगेको छ ।

विभिन्न एनजिओ/आइएनजिओ र सरकारी निकायले थुप्रै कार्यक्रम चलाए, तैपनि खासै उपलब्धि देखिएन, यस्तोमा लक्ष्य पूरा गर्न चुनौती देख्नुहुन्न ?
अन्य गैरसरकारी संस्थाले जिल्लाका सरोकारवाला सरकारी निकायसँग गरेको समन्वय त्यति प्रभावकारी देखिएको थिएन । जसलाई मानसी परियोजनाले समन्वयलाई प्रभावकारी बनाउन भूमिका खेल्यो । अहिले हामीले जनस्वास्थ्यसँग समन्वय गरी वार्षिक कार्ययोजना (अप्रेसन क्यालेन्डर) बनाएका छौँ, जसमा जिल्लाका स्वास्थ्य संस्था र सङ्घसंस्थाको कार्यक्रम एकीकृत गरी त्यसमा बजेट विनियोजन गर्ने गरिएको छ । जसले गर्दा ओभरल्यापिंग र डुप्लिकेसन हट्नुका साथै स्रोत परिचालन गर्नमा धेरै मद्यत पुगेको छ ।

बर्थिङ सेन्टर खोल्दा सरकारी र गैरसरकारी निकायले सहयोग पुर्‍याइरहेका छन् । केही वर्ष अघिसम्म स्वास्थ्य संस्थामा बर्थिङ सेवा अप्रयाप्त थियो । अहिले अवस्था फेरिएको छ । अब धेरै महिलाहरूले सहज रूपमा सेवा पाउन थालेका छन् ।

अहिले सबै सङ्घसंस्था मिलेर कुन खालको तालिम कसलाई दिने हो निक्र्याैल गर्छाैं । यसले स्वास्थ्यकर्मीको पनि मनोबल बढेको छ । स्वास्थ्यका क्षेत्रमा नयाँ आयाम सुरु भएको छ । स्वास्थ्य संस्थामा सेवा लिनेको सङ्ख्या बढेको छ । सेवाग्राहीले नियमित र सहजरूपमा स्वास्थ्य सेवा पाइरहेका छन् । यसरी यहाँको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

यस कार्यक्रमको दिगोपनाको आधार के हो ?
स्वास्थ्यको समस्यालाई समुदायस्तरबाट नै एडजस्ट गर्न मानसी परियोजनाले स्वास्थ्य व्यवस्थापन समितिहरूलाई जिम्मेवारी बोध गराउन मद्यत गरेको छ । यसमा वार्षिक कार्ययोजनादेखि लिएर आमा शिशुका लागि आवश्यक बजेटहरू गाविसले आफै पनि छुट्यायी दिएको छ र त्यसको लागि जिल्ला विकासले पनि विभिन्न बर्थिङ सेन्टरमा सोलार पावर जडान गरी दिएर सहयोग पु¥याएको छ ।

समुदायमा पैसाको कारणले कोही स्वास्थ्यसंस्थासम्म पुग्न वञ्चित नहोस् भन्नको लागि आकस्मिक तथा नवजात शिशु कोष स्थापना गरिएको छ । जुन अहिले भरखरै हामीले १ सय १८ वटा आमा समूहहरूमा चार हजारको दरले आकस्मिक कोष स्थापना गर्न मद्यत गरेका छौँ । महिलाहरूले उक्त कोषबाट आकस्मिक स्वास्थ्य समस्या पर्दा सजिलै उपयोग गर्न सकिरहेका छन् ।

आगामी दिनमा कसरी अगाडि बढ्ने सोच बनाउनु भएको छ ?
लक्ष्य हासिल गर्न मुख्य रूपमा स्थानीय निकायको भूमिका महत्त्वपूर्ण देखिन्छ । अन्य गैरसरकारी संस्थाको समन्वयात्मक भूमिका र सहयोग निरन्तर हुन आवश्यक छ । वडास्तरमा पैसाको कारणले रेफर गर्न कोही पनि वञ्चित नहोस् भनेर वडास्तरमा जुन आकस्मिक मातृ तथा नवजात शिशु कोष स्थापना गरिएको छ, त्यसलाई निरन्तरता दिँदै अझै बढाउँदै लैजानु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस