९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक विद्यालयमा विद्यार्थीे कम

अ+ अ-

जितपुर । चार वर्ष पहिले पूर्ण साक्षर घोषणा भएको कपिलवस्तुको वाँणगङ्गा नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या भने अत्यन्त न्यून छ । शिक्षा क्षेत्रमा नमूना नगरका रुपमा लिइने यस नगरपालिकाका सात वटा विद्यालयको एउटा कक्षामा १०÷१२ जनाभन्दा बढी विद्यार्थी छैनन् ।

जिल्लाका शारदा आधारभूत, मझौवा, जनता आधारभूत पिपरा, वरकटिया आधारभूत बनगवा, जनकल्याण आधारभूत बालापुर, कोठीनदी आधारभूत गोगापुर, सरस्वती आधारभूत ठाटी गजेहडा र कोटीया आधारभूत गङ्गौलियामा विद्यार्थी न्यून मात्रामा अध्ययन गर्दछन् । नेपाल सरकारको विद्यमान शिक्षा नियमावलीअनुसार प्रतिकक्षा बराबर ५० जना विद्यार्थी हुनपर्ने प्रावधान छ ।

वाँणगङ्गा नगरपालिकाभित्र आधारभूत तहका विद्यालयमा मात्र नभई कतिपय माध्यमिक विद्यालयमा पनि विद्यार्थी सङ्ख्या न्यून रहेको वाणगङ्गा नगरपालिका शिक्षा शाखाले जनाएको छ । यी सबै विद्यालयको वास्तविकता पहिचान गरी एकीकरण गर्नुपर्ने आवश्यकता रहेको नगरपालिकाका प्रमुख मङ्गलप्रसाद थारु बताउँछन् ।

विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई एकीकरण नगर्दा एकातिर राज्यको स्रोतसाधन दुरुपयोग भएको छ भने अर्कोतिर धेरै विद्यार्थीले शिक्षक नै नपाउँदा पढ्नबाट बञ्चित हुनुपर्ने अवस्था छ । नगरमा आधा दर्जन बढी त्यस्ता विद्यालय छन् जहाँ हरेक विद्यालयका तीनदेखि पाँच जना शिक्षकले चार वर्षदेखि आधारभूत तहका सबै कक्षामा गरेर १७ देखि ३० जना विद्यार्थीलाई पढाउँदै आएका छन् ।

नगरको यस्तो अवस्थाप्रति चिन्तित हुँदै शिक्षा विकास तथा समन्व्य एकाइका प्रमुख बाबुराम भट्टराईले विद्यार्थी कम भएका विद्यालयलाई एकीकरण गर्नुपर्ने प्रावधान रहेको बताउँछन् । उनले यसरी कम विद्यार्थी भएका विद्यालयमा घरदैलौ अभियान वा कुनै कार्यक्रममार्फत विद्यार्थीको आकर्षण पनि बढाउन सकिने बताए।

नगरपालिकाले शिक्षा क्षेत्रका लागि विशेष कार्यक्रम नै सञ्चालन गरेर सामुदायिक विद्यालयका विद्यार्थीको आकर्षण बढाउन ध्यान दिनुपर्नेमा अभिभावकले जोड दिएका छन् । न्यून विद्यार्थी भएका विद्यालयलाई एकीकरण गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने सुनिश्चित गर्नुपर्ने नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष रमेश पन्थीले बताए । रासस

प्रतिक्रिया दिनुहोस