१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३५ वर्षदेखि सुन्तलाबाट परिवार पाल्दै

अ+ अ-

प्यूठान । बँदेल, दुम्सी, मुसाको चिन्ता छैन । दिनहुँ हेरचाह, कुरालु, ज्यामी पनि चाहिँदैन तर सुन्तलाले मज्जाले परिवार पालेको छ । प्यूठान नगरपालिका–१० छेपानी निवासी ५८ वर्षीय रविलाल रोका मगरले परिवार पाल्नु परेन बरु पाखो डाँडाको सुन्तलाले ३५ वर्षदेखि पाल्दै आएको बताउँछन् ।

छेपानीमा रहेको पाखो जमीनमा लगाएको सुन्तला, कमलाबाट मनग्य आम्दानी भएपछि रविलाल रोकामगरले लामो समयदेखि आर्थिक सङ्कट भोग्नु परेन बरु सामाजिक क्षेत्रमा काम गर्ने अवसर मिल्यो । तीनभाइ छोरा र बुहारी, एक छोरी र उनको बच्चा गरी नौ जना परिवार रहेको उनको घरमा अहिले पाँच जना छन् । पाँच जना रहेको अहिलेको परिवार सुन्तला र कमलाको आम्दानीमा आश्रित रहेको उनले बताउँछन् । ६० वर्षपहिले रविलालका स्व बुबाले एक बोट सुन्तला रोपेका थिए । पछि ४० सालतिरबाट सुन्तलाको बोट बढाइयो । “२०१४ सालदेखिको बाबाले लगाएको बाबाको चिनो अहिले व्यवसाय बनेको छ,” कृषक रविलाल रोकामगरले भने, “हाम्रो परिवार पाल्ने यही सुन्तला, कमला हो ।”

रविलाल रोकामगरले अहिले आफ्नो नौ रोपनी पाखोमा ३४५ वटा सुन्तला रोपेका छन् । करीब १५० बोटबाट राम्रो उत्पादन हुन्छ भने अन्य बोटबाट अर्को वर्षदेखि उत्पादन शुरु हुने उनले जानकारी दिए । रविलाललाई सुन्तलाको बजारको अभाव छैन् । बरु प्यूठानका नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले आफ्नो बोटमा फलेको सुन्तला बजारसम्म पु¥याउने ढुवानी भाडा निःशुल्क पाएका छन् । रविलालले एक वर्षमा करीब तीन लाख २० हजारको सुन्तला कमला बिक्री गरेको जानकारी दिए । “बजारमा त समस्या छैन्, थुप्रै साथी यही आउँछन्, केही मेला पर्वमा आफैँ लैजान्छौँ,” रविलालले भने, “मेयरले ढुवानीको व्यवस्था गरेपछि नाफा राम्रो हुन थालेको छ ।”

किसानले उत्पादन गरेको वस्तु गाउँघरमै सस्तो मूल्यमा बिक्री गर्नु परेकोले अधिक मूल्य लिन प्रोत्साहन हुने प्रमुख कक्षपतिले बताए । उनले बेमौसमी रुपमा बिक्री–वितरण गर्न चिस्यान केन्द्र स्थापना गर्न पहल गरेको दाबी गरे । ढुवानीको बन्दोबस्त मिलाएपछि पोहर सालभन्दा तेब्बर फलफूल बिक्री गरी राम्रो आम्दानी लिन पाउने भएको नगरप्रमुख कक्षपतिको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस