१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदयात्रा मार्गमा आन्तरिक पर्यटक बढ्दै

अ+ अ-

टाडापानी । ‘उहिलेउहिले त यस पदमार्गमा पदयात्रा प्रयोजनका लागि आउने विदेशी मात्र हुन्थे, अहिले भने विदेशीभन्दा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ’, कास्कीको घान्द्रुक–टाडापानी पदमार्गमा भेटिएका ख्रैम्राङ तामाङले भने।

‘मैले पर्यटकको सहयोगीका रूपमा काम थालेको १४ वर्ष भयो, अहिले ४३ वर्ष पुगेँ’ अनुभव सुनाउँदै उनले थपे, ‘झण्डै ३० वर्षको अन्तरालमा ४/५ वर्षयता भने पदयात्राकै लागि धेरै आन्तरिक पर्यटक आउन थालेका छन् ।’ पदयात्रा मार्गमा बाह्यभन्दा आन्तरिक पर्यटक बढी आउने गरेको उनको भनाइ छ । पदमार्ग क्षेत्रमा होटल नहुँदा उनीहरूको खानपिन एवं समान ढुवानी आदि प्रयोजनमा भने ठूलै सङ्ख्यामा नेपाली नागरिक प्रयोग हुन्थे, तर केवल घुमफिर प्रयोजनका लागि भने होइन ।

पछिल्ला वर्षमा बढ्दै गएको घुमफिर संस्कृतिका कारण नेपाली पनि देशका विभिन्न भागमा घुम्ने क्रम बढेको छ । घुम्नुपर्छ भन्ने भावना विकसित हुँदै गएको पदयात्रा मार्गमा होटल व्यवसाय गर्दै आएका व्यवसायीको अनुभव छ । घान्द्रुक–पुनहिल पदमार्गमा पर्ने भैँसीखर्कमा होटल सञ्चालन गर्दै आएका हिलसाइड होटलकी सञ्चालिका पवित्रा गुरुङ पछिल्ला वर्षमा विदेशीको तुलनामा धेरै नेपाली पर्यटक पदयात्राका लागि आउने गरेको बताउछिन् ।

व्यवसायीले केही वर्षअघिसम्म विदेशी पर्यटकलाई प्राथमिकतामा राख्ने गरे पनि पछिल्लो समय भने आन्तरिक पर्यटकलाई प्राथमिकतामा राख्ने गरेका छन् । काठमाडौंबाट पुनहिलको पदयात्राका लागि आएका एनसीएम कलेज धोवीघाटका विद्यार्थी विप्लब केसीले पदमार्ग क्षेत्रमा होटल व्यवसायीले राम्रै आतिथ्यता दिएको अनुभव सुनाए ।

‘होटलमा आन्तरिक पर्यटकलाई गरिने व्यवहार हामीले राम्रै पायौँ’, उनले भने। पदमार्ग क्षेत्रमा बिग्रेभत्केका बाटोलाई मर्मत गर्नु आवश्यक देखिएको उनको भनाइ छ । ठाउँठाउँमा आउने होटल एवं अन्य जानकारी दिने किसिमका सूचनापाटी राख्नुपर्ने उनको सुझाव छ । पदमार्ग क्षेत्रलाई सफा सुग्घर राख्न ठाउँठाउँमा फोहर विसर्जन गर्ने डस्विन व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकबाट शुरु हुने पदयात्रामार्गमध्ये भैँसीखर्कको उचाइ दुई हजार ४८० मिटर छ भने त्यहाँबाट माथि टाडापानीको उचाइ दुई हजार ६८० मिटर छ । यहाँ हुँदै तीन हजार २१० मिटरको पुनहिलमा पुगी पर्यटक फर्कने गर्दछन् । नेपालको पर्यटनमा पदयात्रा पर्यटनको आफ्नै विशिष्ट महत्व रहेको नेपाल पर्यटन बोर्ड पोखराका प्रशासन एवं कार्यक्रम अधिकृत प्रदीप गैरेले बताए ।

पदयात्रामा बढ्दै गएको आन्तरिक पर्यटकको आकर्षणलाई कायम राख्न पदमार्गका होटलको स्तरोन्नति, बाटो सुधार आदिमा राज्यको चासो पुग्नु अपरिहार्य भएको उनले बताए । पदयात्रामा आउने पर्यटकलाई मनोमानी शुल्क लिने प्रवृत्तिको अन्त्य गरिनु अपरिहार्य छ । विश्वको प्रख्यात पर्यटक गाइड लोन्ली प्लानेटले नेपालमा घुम्नैपर्ने १० पर्यटकीय गन्तव्यमा घान्द्रुक–पुनहिल पदमार्गलाई राखेका कारण पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण पदमार्ग क्षेत्रमा बढेको यहाँका व्यवासायी बताउँछन् ।

यस वर्षको दशैँपछि दैनिक ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यस पदयात्रामार्गमा आउने गरेको व्यवसायीले बताए । आन्तरिक पर्यटकका साथै चीन, मलेसिया, बेल्जियम, इटाली, जर्मनी, इजरायललगायतका देशबाट यस मार्गमा पदयात्रा लागि पर्यटक आउने गरेको घान्द्रुकस्थित लामा हेरिटेज रिसोर्टका व्यवस्थापक मुक्ति रानाले बताए । रानाका अनुसार दशैँपछि दैनिक ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक पदयात्राका लागि आएका छन् ।

प्रतिक्रिया दिनुहोस