११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुञ्ज थिएटरमा मौलिक कथामा आधारित लोक नाटक ‘लिलामे माइलो’

अ+ अ-

काठमाडौं । काठमाडौंको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ मञ्चन भइरहेको छ ।

‘रिमेक ड्रामा’ बन्ने चलन आइरहेको अवस्थामा लिलामे माइलो भने पृथक नेपाली मौलिक कथामा आधारित रहेको छ । नाटकमा मगर समुदायको कथा वस्तुलाई समेटिएको छ । मङ्सिर १४ देखि शुरु भएको सो नाटक पुस ७ गतेसम्म नयाँ बानेश्वरको कुञ्ज थिएटरमा मञ्चन हुनेछ ।

‘नाटक मञ्चन भइरहेको अवस्थामा नाटकको पात्र परिवेशअनुसारको बास्ना नाटक घरमा आउँदै गर्दा दर्शकलाई फरक खालको अनुभव हुन्छ जसले दर्शकलाई यथार्थ महसुश गराउन मद्दत पुग्छ,’ निर्माता राजाराम गौतमले भने ।

नेपालको ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिहरुको स्थानीय रहनसहन, सँस्कृति, पर्व, गाउँले जीवनयापन गर्नेहरुको जीवनमा घट्ने घटनालाई कथामा उतारी अभिनयको माध्यमद्वारा नाटकका रुपमा प्रस्तुत गरिएको छ ।

कुञ्ज नाटक घरको प्रस्तुति तथा राजाराम गौतमको निर्माणमा बनेको नाटकको कथा/निर्देशक प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण राज थापा काउचा, कलाकारहरु सलमान खान गुरुङ, निशा पाख्रिन (प्याकुली), राजन भुजेल (दुधे), पुष्पराज अवस्थी (जिम्वाल), विजय नेपाल (सानकाजी), वीरेन्द्र खाति, अलविना न्यौपाने (चन्द्रा), मनोज थापामगर (कान्छा), सञ्जीव राई (गाउँले), नमस्ते दिवाकर घिमिरे (सोमे), विपना थापा(जुुनु)लगायतको अभिनय रहेको छ ।नाटकलाई देशका विभिन्न थिएटरमा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत मञ्चन गर्ने गरी तयारी गरिएको निर्माता गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस