१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा रासायनिक मल अभाव

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशमा रासायनिक मलखाद अभाव भएको छ । विगतका वर्षजस्तै यस वर्ष पनि किसानले हिउँदेबाली लगाउनका लागि आवश्यक पर्ने रासायनिक मल पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा मलको मौज्दात सकिएपछि यस क्षेत्रमा मलखाद अभाव देखिएको हो ।

सुदूरपश्चिम प्रदेशमा सरकारी अनुदानको मल बिक्री वितरण गर्ने जिम्मेवारी यी दुई कम्पनीले पाएका छन् । यहाँका पहाडी जिल्लामा मल अभाव सिर्जना भएको छ । मल अभाव हुँदा यस वर्ष तोरी र गहुँको उत्पादन घट्ने डोटीका स्थानीयवासी चक्र धामीले बताए । उनले भने, “तोरी र गहुँ उम्रिसके मल पाउन सकेका छैनौँ, उत्पादन त घट्ने नै भयो ।”

किसानको आवश्यकताअनुसार मल आपूर्ति हुननसकेको कृषि सामग्री कम्पनीका क्षेत्रीय प्रबन्धक दुर्गाप्रसाद पाण्डेयले स्वीकारे। सुदूरपश्चिम प्रदेशमा धान र गहुँको दुई याममा गरिने खेतीका लागि वार्षिक ३० हजार मेट्रिकटन मलको आवश्यकता पर्ने भए पनि करीब २० हजार मेट्रिकटन मात्रै मल पुग्ने गरेको क्षेत्रीय प्रबन्धक पाण्डेयले बताए । उनले भने, “आवश्यकताअनुसार मल आपूर्तिका लागि सरकारी पक्षबाट पहल नहुँदा समस्या आएको हो, हाम्रो गल्ती छैन ।” साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयका सहायक प्रबन्धक केशवप्रसाद पाण्डेले कार्यालयले ३० प्रतिशत रासायनिक मल वितरण गरिसकेको जानकारी दिए ।

कृषकको सहजताका लागि विसं २०७० बाट कृषि सामग्री कम्पनीको मल साल्ट ट्रेडिङले पनि बिक्री गर्न पाउने व्यवस्था गरिएको थियो । गाउँमा मल वितरण गर्ने जिम्मा पाएका सहकारी संस्थाका सञ्चालक दैनिक कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयमा धाइरहेका छन् । कार्यालयले सबै स्थानीय तहमा पुर्‍याउने उद्देश्यका साथ मल वितरण गरिरहेको भए पनि गोदाममै मल नभएपछि उनीहरु अलमलमा परेका छन् । दैनिक सहकारीमा धाएर किसान हैरान भएपछि सहकारी सञ्चालक पनि मल लिनका लागि कृषि सामग्री कम्पनीमा पुग्न बाध्य भएका छन् । किसानको मागको आधा पनि मल नपुग्दा किसान समस्यामा परेको उनीहरूको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस