७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढ्दो शिकारका कारण मासिँदै कालिज

अ+ अ-

बलेवा । यतिबेला बागलुङका वनहरुमा साँझको समयमा शिकारीको लर्को देखिन्छ । घाम डुबेर गोधूलि साँझ शुरु भएसँगै शिकारीहरु वनको आसपासमा पुग्ने गर्छन् । घाम अस्ताएपछि बासस्थानको खोजीमा रहेको कालिजलाई पछ्याउँदै उसको बाससम्म पुग्ने शिकारीहरु देखिन थालेका छन् । विशेष गरेर बस्ती नजीकैका वनहरुमा पाइने कालिजको शिकार गर्ने क्रम बढेको हो ।

बास बस्ने समयमा चारो खोज्दै बाहिर निस्केका कालिजलाई पछ्याउँदै जाने र बास बसेको ठाउँमा पुगेर रात परेपछि शिकार गर्नेहरु देखिन थालेको बागलुङको मालिकाका टेक बहादुर कामीले बताए । बस्ती नजीकैका सामुदायिक वन र निजी वनहरुमा रहेका कालिजहरु मार्ने क्रम बढ्दै गएको छ । ‘पहिले पहिले हाम्रै आँगनमा कालिज खेल्थे,’कामीले भने – ‘आजभोलि छिटफुट बाहेक कालिजको बथान देख्न छोडिएको छ ।

‘शिकारीहरुले घरेलु हतियार र गुलेलीको प्रयोग गरेर कालिज मार्ने गरेका छन् । सामुदायिक वन तथा स्थानीय सरकारले कालिजको संरक्षणमा ध्यान नदिएका कारण कालिज लोप हुने अवस्थामा पुगेको विज्ञहरु बताउँछन् । लोपोन्मुख पन्छी भएकाले कालिज संरक्षणको अभियान थाल्नुपर्ने कामीले बताए । साँझपख मोटरसाइकलमा आउने शिकारीहरु कहाँबाट आउँछन् र शिकार गरेर कता जान्छन् भन्ने विषयमा कसैले चासो राखेका छैनन् ।

मालिकाका टेकबहादुरलाई जस्तै जैमिनी नगरपालिका–१ कुश्मीशेराका भीमप्रसाद आचार्यलाई पनि कालिज हराउँदै गएकामा चिन्ता छ । नजीकै रहेका सामुदायिक वनहरुबाट आफ्नो खेतमा चर्न आउने गरेका कालिज आजभोलि निकै कम देखिन थालेको आचार्यको अनुभव छ । ‘हिउँद लागेपछि खाली भएको खेतभरि कालिज देखिन्थ्यो, आजभोलि एकाध मात्रै देख्न पाइन्छ,’ आचार्यले भने – ‘साँझपख वन छेउछाउमा शिकारी देखिन थाले तर, कालिज हराउँदै गए ।’बथानमा देखिने कालिज १–२ वटा पनि देखिन मुश्किल हुँदै गएको छ ।

कालिज मानिसहरुले मासु खानकै लागि प्रयोग गर्ने गरेका छन् । यसको विशेष महत्व नरहेको भए पनि मासुको प्रयोगका लागि मानिसहरुले कालिजको शिकार गर्ने गरेको डिभिजन वन कार्यालय बागलुङका सहायक वन अधिकृत सूर्य देवकोटाले बताए । कालिजको बासस्थान कैयौं दिनसम्म एकै ठाउँमा हुने भएकाले शिकारीहरुलाई सहज हुन्छ ।’कालिज सोझो खालको पन्छी हो, रातको समयमा उसको बस्ने ठाउँ एउटै हुन्छ,’ देवकोटाले भने – ‘उसको दिसाबाट बस्ने ठाउँ पहिचान गर्न सकिने भएकाले शिकार बढेको हो ।’ बिना अनुमति वन्यजन्तु तथा पन्छीहरुको शिकार दण्डनीय अपराध भए पनि वन कार्यालयमा भने कुनै उजूरी परेका छैनन् । वन कार्यालयले पशुपन्छीको शिकार भैरहेको क्षेत्रमा गस्ती गरेर नियन्त्रण तथा संरक्षण गर्ने गरेको छ ।

‘हामीकहाँ उजूरी आए हामीले तत्कालै गस्ती बढाउँछौं,’ देवकोटाले भने – ‘बिना जानकारी कसैको पछि लाग्न मिलेन ।’ चेतनाको अभावमा पन्छीहरुको शिकार बढेको देवकोटाको भनाइ छ । सर्वसाधारणले आफ्नो सम्पत्तिको रुपमा कालिजको संरक्षण गर्नुपर्ने देवकोटाको सुझाव छ । कालिजको शिकार गरेको भेटेमा तत्काल डिभिजन वन कार्यालय वा नजीकको सव–डिभिजन कार्यालयमा जानकारी दिन पनि उनले आग्रह गरे ।

संरक्षित पन्छीको सूचीमा नरहेको भए पनि कालिज लोपोन्मुख पन्छी हो । कालिजको चोरी शिकारी गर्न प्रतिबन्ध लगाइएको भए पनि लुकिछिपी शिकार गर्ने क्रम बढ्दै गएको छ । जिल्लाको जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकालगायतका वन क्षेत्रमा पनि लुकिछिपी कालिजको शिकार हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । ‘वन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने कालिजको शिकार नियन्त्रण गर्न वन कार्यालयले नै ध्यान दिन जरुरी छ,’ जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले भने –’हाम्रो नगरमा पनि कालिजको शिकार हुने गरेको भन्ने सुनेको छु । यसलाई नियन्त्रण गर्न जरुरी छ ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले पन्छीहरुको चोरी शिकारीलाई दण्डनीय अपराध भनेको छ । ऐनअनुसार बिना अनुमति पन्छीहरुको चोरी शिकारी गरेको ठहरिएमा १ वर्ष कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी नारायण रुपाखेतीले भने – ‘नेपालमा एक मात्रै शिकार आरक्ष छ । त्यहाँ मात्रै अनुमति लिएर शिकार गर्न पाइन्छ । अन्य जुनकुनै वन क्षेत्रमा शिकार गर्नु दण्डनीय अपराध हो ।’बागलुङका वन क्षेत्रमा कालिजको सङ्ख्या कति छ भन्ने विषयमा भने डिभिजन वन कार्यालयसँग तथ्याङ्क छैन ।

कालिज नेपालमा पाइने एक जङ्गली चरा हो । यो चरा कुखुरा जस्तै हुने भएकाले यसलाई ‘वन कुखुरा’ अथवा ‘वन मुर्गी’ पनि भन्ने गरेको पाइन्छ । कालिज प्रायः पहाडी क्षेत्रको जङ्गलमा पाइन्छ । शिकारीहरूले कालिजको शिकार धेरै गर्न थालेपछि यो चरा लोप हुने अवस्थामा पुगेको छ ।

कालिजका पनि कुखुरा जस्तै ठूलो समूहमा चल्लाहरू हुन्छन् । वैशाख र जेठमा कालिजले चल्ला निकाल्ने वन विज्ञहरु बताउँछन् । मङ्सिर र पुसमा चल्लाहरू एक समूहमा बस्ने र फागुन लागेपछि भाले पोथीको अलग अलग जोडी बनाएर छुट्टिने स्वभाव हुने सहायक वन अधिकृत देवकोटाले बताए । जङ्गली जडीबुटी चरेको र मासुमा स्वाद हुने मान्यताका आधारमा एक किलोग्राम कालिजको मासु २ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस