१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरको ढुकढुकी लोकदेउडा लोप हुँदै

अ+ अ-

बाजुरा । सुदूरपश्चिम प्रदेशको ढुकढुकी देउडा गीत पछिल्लो समयमा आएर लोप हुँदै गएको छ । देउडा संस्कृतिलाई माया गर्ने श्रष्टालाई बजारमा टिक्न र बिक्न समस्या भएपछि देउडा गीत पछिल्लो समय लोप हुँदै गएको हो । समयको परिवर्तनसँगै बजारको मागअनुसारका रिमिक्स, आधुनिक, लोकगीत, सङ्गीतले छुट्टै पहिचान बोकेपछि सुदूर तथा मध्यपश्मिकै देउडा संस्कृति पछिल्लो समयमा सङ्कटमा परेको देउडा गायिका सुना विकले बताए ।

मेला पर्व ऋतुलाई रमाउन गाइने ठाडी भाका, देउडालाई बिर्सेर पछिल्लो समयमा लोकदोहोरी, आधुनिक, गजल तथा अन्य विभिन्न किसिमका गीत बजारमा गुञ्जिन थालेपछि देउडाको अस्तित्व नै सङ्कटमा परेको चर्चित देउडा गायक प्रकाश थापाले बताए।

२०५६ मा ‘सुदूरपश्चिम विकटै भएनी सम्झना छ मैमरी गएनी’ बोलको पहिलो देउडा गीत गाएका थापाले हालसम्म ५ सय बढी लोकदेउडा गीत गाइसकेको जानकारी दिए । विश्व बजारमा प्रविधिले एकतर्फीरूपमा विकास गरेपछि देउडा संस्कृति सङ्कटमा पर्दै गएको हो । प्रविधिको कारणले नै सुदूरपश्चिम तथा मध्यपश्चिमको देउडाको अस्तित्व घट्दै गएकाले यसको जगेर्ना गर्न दिनरात लागि परेको सुदूरसाहित्यिक प्रतिष्ठान बाजुराका अध्यक्ष एवं देउडा गायक हर्क खडायतले बताए ।

घाँसपात मेला पर्व, छठ, जन्त, बरियाँतमा गाइने भारी खेल, ठाडी भाका, देउडालाई बिर्सेर पछिल्लो समय लोकदोहोरी, आधुनिक, गजल तथा अन्य विभिन्न किसिमका रिमिक्स गीतले बजार तताइरहँदा देउडा गीत लोप हुँदै गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस