१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदिरा नियन्त्रणमा रोल्पा नगरपालिका

अ+ अ-

रोल्पा । मदिराका कारण समाजमा विकृति बढ्दै गएको भन्दै रोल्पा नगरापलिकाले यसको उत्पादन, बिक्री वितरण र सेवनलाई व्यवस्थित गर्ने भएको छ । नगर क्षेत्र भित्रका सरोकारवालाको सुझावका आधारमा निकट भविष्यमा हुने नगरपरिषद्बाट नीति बनाइ कार्यान्वय गर्ने भएको हो ।

मदिराकै कारण धनजनको क्षति, अनुशासनहीनता र अराजकता बढेकोले पनि यसको नियन्त्रणमा नगरपालिकाले नीति बनाएर कडाइ गर्न लागेको हो । जिल्लामा घट्ने अपराध, आत्महत्या, घरेलु हिंसा, लैङ्गिक हिंसा, बलात्कार र दुर्घटनामा समेत मदिरा जोडिन आएकाले यसको नियन्त्रणमा नगरपालिका जुटेको हो । मदिरा नियन्त्रणसम्बन्धी अधिकार समेत स्थानीय सरकारलाई प्रत्यायोजन भएपछि यसलाई व्यवस्थित गर्न लागिएको हो ।

‘नगर कार्यपालिकाको सातौं बैठकले मदिरा बेचबिखनलाई मर्यादित बनाउने र सेवनलाई नियन्त्रणमुखी बनाउने निर्णय गरेको हुँदा सोहीअनुरुप गर्ने गरी प्रक्रिया थालनी गरेका छौं’, नगर प्रमुख पूर्ण केसीले भने । मदिरासँग जोडिएर विभिन्न घटना घट्ने र त्यसका कारण समाज नियन्त्रण बाहिर जान थालेको प्रति नगर प्रमुख केसीले चिन्ता व्यक्त गरे । “यसलाई समयमै नियन्त्रण गर्नु जरुरी भइसक्यो’, नगर प्रमुख केसीले भने ।

मदिरा सेवन, बेचबिखन र उत्पादनको आचारसंहिता बनाइ कार्यान्वय गर्ने योजनामा नगरपालिका रहेको बताइएको छ । मदिरा ऐन २०३१ र नियमावली २०३३ अनुसार मदिरा उत्पादन, बिक्री वितरण र सेवन गर्नेलाई कारवाही गर्ने अधिकार दिए पनि ऐन प्रभावकारी रुपले कार्यान्वय भएको देखिदैन ।

पछिल्लो पटक गृह मन्त्रालयले कार्यकारी आदेश २०७५ समेत जारी गरेको छ । जारी आदेशमा स्थानीय तहले कार्ययोजना बनाइ लागू गर्ने उल्लेख गरिए पनि जिल्लाका कुनै पनि गाउँपालिकाले यस तर्फ ध्यान दिएको देखिदैन । त्रिवेणी र माडी लगायतका केही गाउँपालिकाले नियन्त्रणको पहल थालनी गरेको स्थानीय प्रशासनको भनाइ छ ।

मादकपदार्थ सेवनकै कारण समाजमा विकृति बढेको प्रति सबै सहमत देखिएका छन् । जिल्लामा घट्ने घटनामध्ये धेरैजसो घटना मादकपदार्थसँग जोडिएर आउने गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । लैङ्गिक हिंसा, घरेलु हिंसा, बलात्कार, आत्महत्या, दुर्घटना जस्ता घटनाको कारक मादक पदार्थ देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काको भनाइ छ ।

स्थानीय सरकारले मादक पदार्थ नियन्त्रणका लागि आवश्यक कानून बनाए आफूहरुलाई कार्यान्वयन गर्न सहज हुने खड्काको भनाइ थियो । स्थानीय सरकार, जनप्रतिनिधि र नागरिक सबैले मादकपदार्थ उत्पादन, बिक्री वितरण र सेवनमा नियन्त्रण गर्ने निर्णय गरे कार्यान्वयनमा सहज हुने प्रहरीको सुझाव छ ।

विगतमा पनि प्रहरी र स्थानीय प्रशासनको समन्वयमा जिल्लाका केही वडामा मदिरा नियन्त्रणको प्रयास हुँदै आएपनि पूर्णरुपमा सफल हुन सकेको थिएन । रोल्पा नगरपालिका– २ ले आमा समूहको अगुवाइमा उक्त अभियानको थालनी गरेको थियो । ‘प्रहरीको सहयोगमा अभियान थालनी गरे पनि नजिकका वडाको उदासिनताले सफलता हासिल हुन सकेन’, पारिजात आमा समूहका अध्यक्ष गौमाया केसीले भने ।

सोही अभियानलाई सघाउन चालु आर्थिक वर्षको बजेटबाट रु २ लाख ५० हजार विनियोजन गरिएको उक्त वडाका वडाध्यक्ष खिमबहादुर घर्तीले बताए । ‘एकाध वडाको एकल प्रयासले मात्रै यस्ता अभियान सफल नहुने भएकाले समग्र नगरपालिकालाई मदिरामुक्त बनाउने गरी घचघचाएका हौँ’, वडाध्यक्ष घर्तीले भने

नगर उपप्रमुख मनकुमारी घर्तीको संयोजकत्वमा गठित आचारसंहिता तयारी समितिले दिएको प्रतिवेदनलाई नगर सभावाट अनुमोदन गराई लागू गर्ने पक्षमा नगरपालिका रहेको बताइन्छ । आचारसंहिता अनुसार कुन कुन समय, स्थान र उमेर समूहले मादकपदार्थ उत्पादन, बिक्री वितरण र सेवन गर्ने भन्ने विषय समावेश हुने बताइएको छ ।

पटक/पटक उठ्दै सेलाउँदै जाने मदिरा नियन्त्रण अभियानले यस पटक सार्थकता पाउने स्थानीयवासीले आशा गरेका छन् । नगरपालिकाको अगुवाइ तथा जनप्रतिनिधिको सक्रिय सहभागितामा अभियानको शुरुवात गरिएकाले यसको नियन्त्रणमा सघाउ पुग्ने आशा गर्न सकिने महिला अधिकारकर्मी तीर्था आचार्यको धारणा छ । मदिरा नियन्त्रण गर्न सके घरेलु हिंसा पनि कम हुने अधिकारर्मी आचार्यको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस