१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नार्कमा दरबन्दीभन्दा आधा वैज्ञानिक

अ+ अ-

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा दरबन्दी भन्दा आधा मात्रै वैज्ञानिक कार्यरत रहेका छन् ।  कृषि र पशुका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्दे आएको सो संस्थामा दरबन्दी अपर्याप्त र दरबन्दी भन्दा कम जनशक्ति कार्यरत छन् । जनशक्ति अभाव अरु प्राविधिक र गैरप्राविधिक जनशक्तिमा पनि रहेको परिषद्ले जनाएको छ ।

३ दशकदेखि जनशक्ति हेरफेर नभएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताए । नार्कमा सबैभन्दा अपर्याप्त जनशक्ति वैज्ञानिकको छ । नार्कमा ४०६ जनाको दरबन्दी रहेकामा २२५ वैज्ञानिक मात्र कार्यरत रहेका छन् । सोमा कार्यरत वैज्ञानिक राम्रो अवसर आउनासाथ अन्यत्र जाने हुँदा जनशक्तिको अभाव रहेको बताइन्छ ।
विसं २०४८ मा बनेको जम्मा १ हजार ८२३ दरबन्दी अहिलेसम्म पनि कायमै छ ।

दरबन्दी भन्दा झण्डै ६०० कम जनशक्ति कार्यरत हुँदा नार्कका कार्यक्रम नै प्रभावित हुने अवस्था छ । नार्कमा अध्ययनका लागि विदेश गएका फर्किएर नआउने र कतिपय भने अवकाश पाउँदा जनशक्ति घटिरहेको छ । गतवर्ष विभिन्न कारणले कार्यरतमध्ये १२ जना कम भएका छन् ।

उनले भने, ‘लोक सेवाले नै पदपूर्ति गर्ने भनेकाले नयाँ नियुक्ति हुन सकिरहेको छैन ।’नार्कमा अहिले वैज्ञानिक, प्राविधिक अधिकृत, प्राविधिक सहायक र लेखा तथा प्रशासन गरेर ४ खालका जनशक्ति कार्यरत छन् । दरबन्दी भन्दा १८१ वैज्ञानिक, ९४ प्राविधिक अधिकृत, प्राविधिक सहायक ८० र प्रशासनतर्फका कर्मचारी ३२ दरबन्दी रिक्त छन् । नार्कमा दरबन्दी रहेका नौजना अहिले विदेशमा अध्ययनरत छन् । विदेशमा अवसर पाएपछि कतिपयले आफैँ राजिनामा गर्ने गरेका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस