१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक

अ+ अ-

कञ्चनपुर । जन्मेको २ वर्षसम्म तन्दुरुस्त रहेको नाति ३ वर्षपछि डोरीमा बाँधेर राख्नुपर्ला भनेर कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ६० वर्षीय हिरादेवी सुनारले सपनामा पनि चिताएका थिएनन् ।

जन्मिँदादेखि २ वर्षको हुँदासम्म मोटो नै थियो । बोल्न खोज्थ्यो । हाँस्थ्यो । तेस्रो वर्ष लागेपछि शरीर पूरै सुक्दै गयो । बोल्न छाड्यो । हिरादेवीले भनिन्, ‘सामान्यरूपमा हिँड्न थाले पनि माटो पाए माटै, जे पायो त्यही खान थालेपछि बाँध्नुपरेको छ ।’

हिरादेवीको नाति रक्की १० वर्षको भएको छ । ७ वर्षअघिदेखि परिवारले उनलाई घरभित्र र बाहिर खटियामा हात बाँधेर राख्दै आएका छन । जे पायो त्यही खाइदिने, शरीरमा दिसापिसाब आएको थाहा नहुने र दिसापिसाब पनि खाइदिन थालेपछि बाँध्नुपरेको हिरादेवीले बताइन् ।

हिरादेवीको सनवोरा नदी किनारामा एक कठ्ठा जग्गामा बनेको छाप्रो मात्रै सम्पत्तिका रूपमा रहेको छ । उनका छोरा र बुहारीले मजदूरी गरी घरको खर्च धान्ने गरेका छन । मजदूरी नगरे परिवारले भोकै बस्नुपर्छ । आर्थिक अभावले रक्कीको परिवारले उपचार गराउन पाएको छैन । भारतको नयाँ दिल्लीमा मजदूरी गर्न गएका बेला परिवारले चिकित्सकलाई देखाउँदा मानसिक अवस्था कमजोर रहेकाले उपचार गरे ठीक हुनसक्ने चिकित्सकले बताएको हिरादेवीले बताइन् ।

परिवारको साँझ बिहानको खर्च उठाउन त निकै मुस्किल भएको अवस्थामा उपचार गराउने पैसा भएन । ‘बाध्यतावश घरमै बाँधेर राख्नुपरेको छ’, उनले भनिन्, ‘छिट्टै जाति गराउन पाए हुन्थ्यो । उपचार पाएर ठीक हुन्छ कि भन्ने आशा छ । कहाँ उपचारका लागि लैजाने त्यो पनि थाहा छैन । उपचारका लागि एक सुको पैसा घरभित्र छैन । एक जनाले रक्कीकै लागि घर कुर्नुपरेको छ । यस्तो अवस्था कसैलाई नआओस् ।’

जनप्रतिनिधि आए पनि कसैले पनि उपचारका लागि सहयोगी हात अगाडि नबढाएको सुनार परिवारको गुनासो छ । निर्वाचनका बेला मत माग्नका लागि घर दैलोमा पुगेकाले निकै अश्वासन दिएको सुनार परिवारको स्मरणमा छ । चुनाव जितेर पदमा पुगेपछि सोध्न पनि कोही आएका छैनन् ।

पूर्णरूपमा अपाङ्गता रहेको भए पनि अपाङ्गता परिचयपत्रसमेत जानकारीको अभावमा परिवारले बनाउन सकेका छैनन् । समाजमा विद्यमान छुवाछुतकै कारण दलित परिवार भएकैले जनप्रतिनिधि आए पनि उपचार नपाएर अबोध बालकले पीडा सहनुपरेको कुरा कसैका लागि पनि सैह्य नहुने राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले बताए ।

‘पीडित बालकका लागि उपचारको व्यवस्था मिलाउन नगरपालिकासँग माग गर्छौँ’, उनले भने, ‘समाजको तर्फबाट हुने सहयोगका लागि तत्पर रहेका छौँ ।’ मुक्त हलिया समुदायका महिलाका लागि सञ्चालन गरिएको तालीमको खाजा खर्च कटाएर केही सहयोग तत्काल गरिने र बाँकी उपचारका लागि खर्च जुटाउनेतर्फ लागेको उनले बताए ।

पीडित बालककै घर छेउमा वडा अध्यक्षको घर भए पनि उपचारका लागि पहल नगर्नु दुःखद् भएको उनको भनाइ छ । सुनार परिवारले रक्कीको उपचारका लागि दातृ निकायलाई समेत गुहारेका छन् । सहयोगी हात अगाडि बढाई उपचार गराइदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस