१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्याउसँगै तरकारी खेती गर्दै रुकुमका कृषक

अ+ अ-

रुकुम । जिल्लाको भूमे गाउँपालिकाका–२ र ७ नं वडामा पर्ने मारिङमा स्याउसँगै तरकारी खेती समेत गर्न थालिएको छ ।

स्थानीय सरकारको पहल र अग्रसरतामा मारिङमा काउली, बन्दागोभी र रायो सागको खेती शुरु गरिएको हो । द्वन्द्वप्रभावित क्षेत्रको कार्यक्रम, जिल्ला कृषि विकास कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयको सहयोगमा सो गाउँमा स्याउका लागि अवश्यक पानी जम्मा गर्न ठूलाठूला पोखरीसमेत निर्माण गरिएका छन् ।

गत साउनमा पहिलो पटक स्याउका बोटसँगै काउली, बन्दागोभी, प्याज, मुला, सीमी, केराउ, मार्फा जातको रायोको साग र निउरोकोडा जातको गाँजर लगाइएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताए। ‘मारिङमा यस अघिनै स्याउ लगाइएकोे छ’, उनले भने, ‘तिनको संरक्षण जरुरी भयो र उचाइमा भएका कारण पनि फलफूल उच्च पहाडी तरकारी र वन अनुसन्धान केन्द्र बनाउनका लागि अनुसन्धान शुरु गरिएको छ । ‘

नर्सरीमा तयार गरिएका बेर्ना अहिले अन्य ठाउँमा सारीइसकेको छ । हाल उक्त ठाउँ धेरै चिसो भएकाले अन्य जग्गामा खनजोतको मात्र काम भइरहेको छ । फागुनदेखि तातो मौसम शुरु हुने भएकाले त्यतिबेला खेती गर्ने गरी थप जग्गाको तयारी भइरहेको छ । स्याउको संरक्षण पनि हुने र अरु कृषि तथा वनको पनि अनुसन्धान हुने भएकाले गाउँपालिकाले प्राविधिकसमेत खटाएको छ । प्राविधिकले स्याउको हेरचाह सुरक्षा तथा तरकारी, फलफूल, वनको अनुसन्धानका लागि काम गरिरहेका छन् ।

सो क्षेत्रलाई कृषि र वनको अनुसन्धान थलोका रुपमा विकास गर्ने लक्ष्य लिइएको अध्यक्ष बुढामगरले बताए । वातावरणीय हावापानी र अन्य दृष्किोणले पनि मारिङ अनुसन्धान केन्द्र हुनलायक ठाउँ भएकाले सम्भाव्यता अध्यन भइरहेको उनले बताए।

स्थानीय सरकार भएपछि उक्त ठाउँमा रु २० लाख खर्च भइसकेको र थप रु २५ लाख खर्च गर्ने तयारी भइराखेको छ । गत आर्थीक वर्षमा जलाधार, ट्याङ्की निर्माण, शौचालय, प्राविधिक बस्ने घर निर्माण, खानेपानी र सिँचाइलगायत काम गरिएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंङ श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षको बजेटले आधुनिक कृषि औँजार खरिद, ज्यामी परिचालन, भवन निर्माण लगायतका काम गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस