१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रेललिपिका शिक्षक र सामग्री पाउनुपर्ने न्यून दृष्टियुक्त विद्यार्थीको माग

अ+ अ-

बर्दिवास । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–१ बिसबिट्टीस्थित माध्यमिक विद्यालय वसन्तपुरमा अध्ययनरत न्यून दृष्टियुक्त विद्यार्थीले ब्रेललिपिका शिक्षक र शैक्षिक सामग्रीको व्यवस्था हुनपर्ने माग राखेका छन् ।

आफूहरुका लागि जाडोका लुगा दिन पुगेका नेपाल नेत्रहीन सङ्घ, पुनःस्थापन कार्यक्रम महोत्तरीका पदाधिकारी र सञ्चारकर्मीसँग न्यून दृष्टियुक्त विद्यार्थीले यस्तो माग गरेका हुन् । “खै हामीलाई सम्झने त को होलान् र भन्ने लाग्थ्यो, तर जाडोमा हामीलाई सम्झनुभएछ, अब चैँ यसपालिको जाडो काटिने आश जाग्यो”, महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–१ बिसबिट्टीस्थित मावि वसन्तपुरमा कक्षा–७ मा अध्ययनरत न्यून दृष्टियुक्त छात्र सन्दिपकुमार महराले जाडोमा ओढ्ने, ओछ्याउने लुगा पाएपछि सन्तोष व्यक्त गर्दै भने, “अब तपाइँहरुले हाम्रा लागि योग्यतम ब्रेललिपिका शिक्षक र शैक्षिक सामग्रीका लागि पहल गरी दिनोस् ।”

विद्यालयको छात्रावासमै बस्ने महरासहितका १० न्यून दृष्टियुक्त छात्रलाई नेपाल नेत्रहीन सङ्घ, पुनःस्थापन कार्यक्रम महोत्तरीले पुस अन्त्यमै भए पनि जनही एक/एकवटा डस्ना, सिरक, सिरानी, तन्ना र मच्छरदानी (झुल) सहितका लुगा दिएपछि उनीहरुमा अब चैँ माघको जाडो सहजै कट्ने आश जागेको हो ।

“विद्यालयमा तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको चर्चामा अरु साथी रमाएको सुन्थ्यौँ” छात्रावासकै अर्का कक्षा–६ का छात्र अमनदीपकुमार सहनीले भन्नुभयो, “आफूहरु (छात्रावासमा बस्ने न्यून दृष्टियुक्त व्यक्ति सबै साथी) त जाडोमा काम्दै रात काट्थ्यौँ, चाडबाडको के रौनक हुनु ? तर अब चैँ ओढ्ने ओछ्याउने लुगा पाएपछि हामीलाई पनि पर्वको खुशी भेटियो ।”

विद्यालयमा पढ्ने न्यून दृष्टियुक्त छात्रछात्रालाई सरकारले मासिक रु चार हजार छात्रवृत्ति दिने रकमबाटै उनीहरुलाई छात्रावासमा बस्ने, खाने र केही शैक्षिक समानको पनि जोहो हुने गरेको छ तर, रकमको अभावमा न्यानो लुगा किन्न भने छात्रावासमा बस्ने न्यून दृष्टियुक्त छात्रले सकेका थिएनन् । माघेसङ्क्रान्ति पर्वपूर्व न्यून दृष्टियुक्त छात्रले न्यानो लुगा पाएपछि बल्ल चाडवाड आएजस्तो उनीहरुले प्रतिक्रिया दिएका छन् ।

जिल्लामा न्यून दृष्टियुक्त विद्यार्थीका लागि पठनपाठनको व्यवस्था मिलाइएको तीनवटा माध्यमिक विद्यालयमध्ये बिसबिट्टी वसन्तपुरको विद्यालय छात्रावासमा १० जना बस्दै आएका छन् । विद्यालयमा न्यून दृष्टियुक्त १२ विद्यार्थी भए पनि कक्षा ११ मा पढ्ने दुईजना छात्रा भने बाहिरबाटै पढ्न विद्यालय आउने गरेका विद्यालयका प्रधानाध्यापक रामसागर मण्डलले जानकारी दिए । चारैतिर सुरक्षित घेरा (पर्खाल) र छात्राका लागि व्यवस्थित छात्रावास भवन नभएकाले दुईजना छात्रा बाहिरबाटै विद्यालयमा पढ्न आउने गरेका प्रअ मण्डलले बताए ।

टाढाटाढा घर भएका न्यून दृष्टियुक्त छात्रलाई छात्रावास बसाई सजिलो बनाउन न्यानो लुगाको प्रबन्ध गरिएको नेपाल नेत्रहीन सङ्घ, पुनःस्थापन कार्यक्रम महोत्तरीका कार्यकारी निर्देशक राईले बताए । “म आफैँ न्यून दृष्टियुक्त व्यक्ति छु, हाम्रो संस्था नै न्यून दृष्टियुक्त व्यक्तिको हो”, राईले भने, “शिक्षाको उज्यालो घाम पाउने प्रयत्नमा लागेका न्यून दृष्टियुक्त नानीहरुलाई पढाइमा टिकाइ राख्ने उद्देश्यले सहयोग गरेका हौँ ।”

आपूmहरुको खानपिन, बसाई सामान्य रहे पनि न्यून दृष्टियुक्त व्यक्तिको ब्रेललिपिको पढाइ कमजोर भएको छात्रको गुनासो छ । “हामी यहाँ घर छाडेर पढ्न बसेका हौँ नि !” कक्षा ५ मा पढ्ने न्यून दृष्टियुक्तछात्र जीतेन्द्रकुमार मुखियाले भन्नुभयो, “त्यसका लागि ब्रेललिपिमा पढाउने विषय शिक्षक, पुस्तक, स्लेट (न्यून दृष्टियुक्तले प्रयोग गर्ने एक प्रकारको कपी) र स्टालस (न्यून दृष्टियुक्ते लेख्न प्रयोग गर्ने कलम) को व्यवस्थाबारे तपाइँहरु (सञ्चारकर्मी) ले ठाउँठाउँमा भनिदिनु पर्‍यो ।”

छात्रावासमा ब्रेललिपिमा पढाउने एकजना शिक्षकको व्यवस्था नेपाल नेत्रहीन सङ्घ, पुनःस्थापन कार्यक्रम महोत्तरीले गरिदिए पनि कक्षामा अरु सवलाङ्ग साथीसँगै उनीहरुकै लयमा पढ्न पर्दा आफूहरुलाई विषय बुझ्न र अभ्यासमा लान गाह्रो पर्ने गरेको न्यून दृष्टियुक्त छात्रछात्राको गुनासो छ । जिल्लाका बिसबिट्टी वसन्तपुर, लोहारपट्टीको भेरुखी मावि र बर्दिवास–३ गौरीडाँडास्थित जनता माविसहित तीन विद्यालयमा गरि जम्मा ३५ जना न्यून दृष्टियुक्त छात्रछात्रा अध्ययन गर्दैछन् । जसमध्ये गौरीडाँडामा अध्ययनरत न्यून दृष्टियुक्त छात्रछात्राका लागि छुट्टै छात्रावास भवन बनेको छ भने लोहारपट्टी र बिसबिट्टीमा भने विद्यालयको पुरानो भवनमै न्यून दृष्टियुक्त छात्र बस्दै आएका छन् ।

यता न्यून दृष्टियुक्त छात्रा समुचित बसाईको छात्रावास नहुँदा घरबाटै लामो दूरी छिचोलेर विद्यालय पुग्नुपरेको बताउँछन् । न्यून दृष्टियुक्तका लागि तोकिएका विद्यालय टाढा हुँदा धेरैजसो छोरीहरु त पढ्ने इच्छा मनभित्रै दबाएर घरमा कुञ्जिनु परेको नेपाल नेत्रहीन सङ्घ, पुनःस्थापन कार्यक्रम महोत्तरीका कार्यकारी निर्देशक राई बताउँछन् ।

यसैबीच जिल्लाका शिक्षाविद्ले भने धेरै ठाउँमा साधन स्रोत जुटाउन नसक्दा न्यून दृष्टियुक्तका लागि खाने, बस्ने र ब्रेललिपिमा पढ्न पाउने व्यवस्थासहितको एउटा सुव्यवस्थित छात्रावास बनाउन सुझाएका छन् । धेरै ठाउँमा भन्दा एक ठाउँमा साधन स्रोत जुटाउन, सहयोगी हात खोज्न र पठनपाठन व्यवस्थापन राम्रो गर्न सजिलो हुने हुनाले न्यून दृष्टियुक्त व्यक्तिका लागि एउटा विद्यालय छान्नुपर्ने लामो समय माविको प्रधानाध्यापक रही शिक्षण पेशाबाट अवकाश लिएका जिल्लाकै भङ्गाहा नगरपालिका–६ मदनपट्टीका बासिन्दा विष्णुनारायण राय थारूको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस