७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीहरूले ठुलो मात्रामा कृषि उत्पादन गर्नु पर्दछ : प्रम ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरूले ठुलो मात्रामा कृषि उत्पादन गर्नुपर्ने बताएका छन् ।

६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सहकारीले ठुला फाँटमा धेरै उत्पादन गरेर किसानलाई पनि समृद्ध बनाउनु पर्नेमा जोड दिएका छन् । ‘हाम्रो अहिलेको समस्या भनेको खेतीको खण्डिकरण हो ।

यसलाई रोक्नु पर्दछ र चक्ला खेती सुरु गर्नु पर्दछ’ प्रधानमन्त्री ओलीले भने ‘भूगोल अनुसार जे बाली उत्पादन हुन्छ, त्यो ठुलो मात्रामा उत्पादन गर्नुपर्दछ । जसले गर्दा बजारीकरणमा समस्या हुँदैन ।’

किसानहरूले कहिले सब्जी सडकमा फालेको, कहिले दूध पोख्नु परेको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले सानो मात्राको उत्पादनले यस्तो समस्या आएको बताए ।

‘एक डोको कोपी किन्न कोही आउँदैनन्, एक ड्रम दूध किन्न पनि ग्राहक भेटिँदैन’ प्रधानमन्त्री ओलीले भने ‘गाउँ भरी एकै प्रकारको सब्जी उब्जाउने हो र धेरै टन दूध उत्पादन गर्ने हो भने ग्राहक खेत खेतै र गोठ गोठै पुग्छन् । किसानले उचित मूल्य पनि पाउँछन् ।’

प्रधानमन्त्री ओलीले विषादीका कारण नेपालीको स्वास्थ्य बिग्रँदै गएको बताएका छन् । ‘खाने प्लेट सफा, चमेज सफा, भाडा सफा तर चामल, सब्जी चाहिँ विषादी मिसिएको छ भने त्यसले स्वास्थ्यलाई फाइदा पुग्दैन’ प्रधानमन्त्री ओलीले भने।

फलफुलका बोट बिरुवामा नयाँ नयाँ प्रयोग गर्ने नाममा त्यसको मौलिक गुण स्वाद र आकार नै विलय हुन थालेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘फर्सी जत्रो सुन्तला बनाएपछि त्यसमा सुन्तलाको स्वाद कहाँबाट आउँछ’ प्रधानमन्त्री ओलीले भने, ‘कल्चर गर्ने नाममा खानेकुरालाई नै पागल बनाइएको छ । यिनीहरूको मौलिक गुणलाई कायम राखे मात्र त्यसबाट प्राप्त हुने पुष्कर तत्त्वहरू पाउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस