९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक विद्यालय रुपान्तरण दशक मनाइने

अ+ अ-

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले सरकारले २०७६ देखि २०८५ सम्मलाई सार्वजनिक विद्यालय रुपान्तरण दशक मनाउने बताएका छन् ।

मन्त्रालयले आज भक्तपुरको बोडेमा आयोजना गरेको सार्वजनिक विद्यालय रुपान्तरण अभियान सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलनमा उनले सार्वजनिक विद्यालयको जिम्मेवारी स्थानीय सरकारलाई दिएकाले त्यसका लागि प्रदेश र संघीय सरकारले सहयोग र समन्वय मात्रै गर्ने बताए ।

कक्षा कोठाको सिकाइमा सुधार नआएसम्म बाहिरी आवरण चिटिक्क बनाउँदैमा नतिजा राम्रो नआउने बताउँदै मन्त्री पोखरेलले भने,’शिक्षक भट्याउने र विद्यार्थीले सुन्ने संस्कारको अब अन्त्य हुनुपर्छ, विद्यार्थीलाई असल आचरण, आफ्नै प्रयासबाट सिक्ने संस्कारको विकास गर्नु आवश्यक छ ।’

बालविकासलाई आकर्षण एवं मनोरञ्जनात्मक शैक्षिक पद्धतिमा लैजानुको साथै शिक्षिकालाई मन्टेश्वरी तालीम प्रदान गर्ने, कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम वैशाखबाट लागू गर्ने उनको भनाइ थियो । मन्त्री पोखरेलले विद्यालयमा डिजिटल पाठ्यसामग्रीको विकास गर्ने, राष्ट्रभाषामा अध्ययन गराइने, शिक्षक तालीम तथा पेशागत विकास र पुरस्कारको व्यवस्था गरिने बताए ।

साथै विद्यार्थी मूल्याङ्कन प्रणालीमा सुधार गर्ने, अतिरिक्त क्रियाकलापमा जोड दिने, एक विद्यालय एक बगैँचा कार्यक्रम लागू गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षामा सुधार गर्ने, विद्यालयको न्यूनतम भौतिक पूर्वाधार सुनिश्चित गर्ने, नमूना विद्यालय र आवासीय विद्यालय सञ्चालन गर्ने, फरक क्षमता भएका बालबालिकाका लागि विशेष सिकाइको अवसर प्रदान गर्ने उनले बताए ।

कार्यक्रममा सांसद जयपुरी घर्तीले अब जीवन उपयोगी शिक्षा दिनुपर्ने बेला आएको औंल्याए। शिक्षा मन्त्रालयका सचिव खगराज बराल, राष्ट्रिय योजना आयोगका सदस्य डा.उषा झा, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, कलाकार दीपकराज गिरी, आनी छोइङ डोल्मा, नेपाल युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेललगायतले शिक्षाबिना समृद्धि असम्भव भएकाले शिक्षाको गुणस्तरमा वृद्धि आवश्यक रहेको औंल्याए ।

भोलिसम्म सञ्चालन हुने सम्मेलनमा शिक्षाविद्, सरोकारवाला निकायका प्रतिनिधि, विभिन्न शैक्षिक संघ सङ्गठनका प्रतिनिधि, कर्मचारी, प्रधानाध्यापक एवं शिक्षकको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस