१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन वर्षभित्र गुणस्तरीय शिक्षा : मन्त्री बाँस्कोटा

अ+ अ-

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तीन वर्षभित्र सामुदायिक शिक्षा परिमार्जन गरी गुणस्तरीय बनाइसक्ने दाबी गरका छन् ।

एशियाली विकास बैंक (एडीबी)को छ करोड ऋण सहयोग तथा पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (शिक्षा) को समन्वयमा चौँरीदेउराली गाउँपालिका–४ सालिमेछेडास्थित सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे भवनको शुक्रबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी हुने गुणस्तरीय शिक्षा बनाइसक्ने बताए ।

मन्त्री बाँस्कोटाले सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता दिने बताए । उनले भने, “हाम्रो मुलुकमा रहेका सम्पूर्ण स्रोतसाधान उपयोग गर्न प्राविधिक शिक्षा आवश्यक छ, यसप्रति सरकारको विशेष ध्यान गइरहेको छ ।” मन्त्री बाँस्कोटाले शिक्षा सामाजिकीकरण र व्यव्हारिक हुनुपर्ने बताउँदै भने, “शिक्षालाई अर्थतन्त्रसँग जोड्नुपर्दछ, यसले आत्मनिर्भरतालाई प्रोत्साहित गर्दछ”, परिमार्जित शिक्षाले मानिसलाई संस्कारप्रति बफादार बनाई श्रमप्रति सम्मान गर्ने उनको दाबी थियो ।

सांसद गङ्गाबहादुर तामाङले मुलुक निर्माणको चरणमा रहेकाले जनतासँगका प्रतिबद्धता पूरा गर्ने बताए। प्रदेशसभा सदस्य रत्न ढकालले शिक्षा उत्पादन र समृद्धिउन्मुख हुनुपर्ने धारणा राखे । गाउँपालिका अध्यक्ष दीननाथ गौतम र विद्यार्थी नेता दीपक गौतमले संविधानमा सुनिश्चित गरिएको मौलिक हकका अधिकारबाट कोही पनि बञ्चित नभएको बताए । मन्त्री बाँस्कोटाले शुक्रबार नै स्वीटजरल्याण्डस्थित तेर दे जोम (टीडीएच) नामक गैरसरकारी संस्थाको करीब सात करोडको सहयोग तथा किर्डाक संस्थाको समन्वयममा भुम्लु गाउँपालिकाको सल्लेभुम्लु, फलाँटे र भुम्लुटारमा निर्मित तीन स्वास्थ्यचौकी भवनको उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस