९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात व्यवसायी र विद्यार्थी सङ्गठनबिच ३ बुँदे सहमति

अ+ अ-

काठमाडौँ । यातायात व्यवसायी समिति र संयुक्त विद्यार्थी सङ्गठनका पदाधिकारी बिच भएको ५ बुँदे सम्झौताका विषयहरू पूर्णरुपमा कार्यान्वयन गर्न थप तीन बुँदे सहमति भएको छ ।

यसअघि असार २० गतेको बैठकबाट भएका विभिन्न पाँच बुँदे सहमति आंशिकरुपमा मात्रै कार्यान्वयन भएको भन्दै शनिवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यसअघि भएका पाँच बुँदा पूर्ण रूपमा कार्यान्वयन गर्नेलगायत बुँदाहरूमा सहमति भएको हो ।

जसअनुसार विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको छुट सम्बन्धी व्यवस्था २०७६ असार २९ गतेदेखि यातायात व्यवसायी कम्पनीले पूर्ण रूपमा कार्यान्वयन गर्ने र सम्झौतामा उल्लेख गरिएका अन्य व्यवस्था तोकिएकै अवधिभित्र पूर्ण कार्यान्वयन गर्ने, रसुवा जिल्लामा सञ्चालित सबै यातायात व्यवसायी कम्पनीका सार्वजनिक सवारीसाधनमा डिलक्स र सुपर डिलक्स मा सडकको अवस्था मध्यनजर गरी काठमाडौँबाट रसुवकाको कालिकास्थानसम्म हाल कायम रहेको भाडादारमा यस स्थानसम्म बाधा गर्ने सबै यात्रुलाई १५ प्रतिशत र काठमाडौँ देखि अन्यत्र धुन्चे, स्याफु्रबेशी, चिलिमे, गोल्जुङ, गल्याङ, टिमुरेलगायतका अन्य स्थानमा ५ प्रतिशत छुट दिने व्यवस्था श्रावण १ गतेदेखि पूर्णरुपमा लागु गर्नुका साथै स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर १५ दिनभित्रै समायोजन गरी सार्वजनिक गर्ने र नेपाल सरकारबाट विभिन्न समयमा जारी हुने वैज्ञानिक भाडा दर प्रणाली बमोजिम समायोजन गर्नेलगायत रहेका छन् ।

यसअघि भएको सहमतिमा व्यवसायीले कानुन विपरीत सञ्चालन गरेका थोत्रा, पुराना र मापदण्ड विपरीतका सार्वजनिक यातायातका साधनहरू हटाउने, प्रचलित कानुनअनुसार विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई छुट दिने, यात्रुवाहक डिलक्स, सुपर डिलक्स र एसी डिलक्स बसहरूले अतिरिक्त सेवा सुविधावाफत उपलब्ध गराउने भनिएको टिभी, पङ्खा, वाईफाई, एसी लगायत सामाग्रीहरू १५ दिनभित्र मर्मत तथा व्यवस्थापन गर्नुपर्ने, सबै सार्वजनिक सवारी साधनहरू कम्पनीमा दर्ता हुनुपर्ने र टा यम कार्य, अतिरिक्त सुविधा तथा यातायात व्यवस्था विभागबाट निर्धारित सडक राजमार्गको निर्धारित भाडा दर पुरावलोकन गर्न सबै सरोकारवाला निकायहरूले स्वयं तयार गरी पेस गर्ने लगायत बुँदामा सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस