८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘टार्गेट’ सिंहदरवार

अ+ अ-

काठमाडौँ । केही घण्टादेखि केही दिन नै समय खर्चेर काठमाडौँ आइपुग्ने सर्वसाधारण नेपाली नागरिकहरू सहजरुपमा सिंहदरवार प्रवेश गर्न पाउँदैनन् । काम विशेषले जानै पर्ने र भेट्नै पर्ने व्यक्तिसम्म पुग्न झेल्नुपर्ने अनेकन् कठिनाइ हेर्दा लाग्छ, सिंहदरवार सुरक्षा संवेदनशीनतामा यति गम्भीर छ कि आफ्नै नागरिकहरुकोसमेत विश्वास छैन ।

मुलुकको मुख्य प्रशासनिक केन्द्रको सुरक्षाको विषयमा अपनाइने सबै खाले सुरक्षा सतर्कता हरेक व्यक्तिका लागि मान्य छन् । मान्नु पनि पर्छ । त्यसैले त पैदल आएका वृद्धबृद्धा तथा असत्त नागरिकहरूसमेत घण्टौँ लाइनमा उभिन नसकेपछि भुँइमै थुचुक्क बसेर घण्टौँ पासका कुर्छन् तर चुइँक्क आवाज निकाल्दैनन् । पठाउनुहोस् भन्ने खबरपछि मात्रै उनीहरू नागरिकता धरौटीमा राखेर भित्र पस्छन् र बाहिरिँदा पास बुझाएर आफ्नो नागरिकता लिई घर फर्किन्छन् । कैयूँले त पास नआएकै कारण प्रवेशै नपाएर पनि फिर्ता हुन्छन् ।

यी सबै प्रक्रिया र दृश्यपछि जो कोहीलाई पनि भन्न करै लाग्छ कि सिंहदरवार साच्चिकै सुरक्षित छ । तर यो सत्य होइन । सिंहदरवार हाम्रो व्यवस्था र सुरक्षा संयन्त्रको उच्च सतर्कताकै कारण सुरक्षित रहेको नभई कतैबाट आक्रमण नगरेका कारण मात्रै सुरक्षित छ भन्न सकिएको हो ।

सिंहदरवारको दक्षिण पूर्वी मोहडामा मुलुकको जासुसी संस्था राष्ट्रिय अनुसन्धान विभागलाई छायामा मात्र होइन, सिङ्गै सिंहदरवारको निगरानी राख्न सकिने गरी ११ तल्ले व्यावसायिक भवन ठडिएपछि मात्रै सिंहदरवारको सुरक्षा चुनौतीबारे होस खुल्यो, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘के हो यो ?’ भनेपछि मन्त्री सचिवहरू झस्याङ्ग हुँदै चिर निन्द्राबाट ब्युँझिए ।

जनतासँग प्रत्यक्ष जोडिएको सडक टालटुल पार्नदेखि सरकारी काममा हुने गरेको ढिलासुस्तीसम्ममा कार्यशैली सुधार भन्दै मन्त्री-सचिवलाई बारम्बार प्रधानमन्त्रीले निर्देशन दिई रहनु पर्ने देशमा सामान्यतया घटना नघटुन्जेल आम नागरिकको जानकारीमा नआउने तथा खासै वास्ता पनि नहुने विषयमा सजग हुने कुरा पनि आएन ।

यदि सतर्क हुन्थे भने सिंहदरवारको पर्खालसँगै टाँसेर ११ तल्ले भवन ठडिनै सक्दैनथ्यो न त हनुमानस्थानदेखि न्यूप्लाजासम्म लहरै अग्ला अग्ला भवनहरू बनाएर आँगनमा बसेर चियाको चुस्कीसँगै बिहानदेखि बेलुकीसम्मै प्रत्येक मन्त्रायका हरेक गतिविधिहरू शुक्ष्मरुपमा नियाल्न सक्ने अवस्था आउन्थो ।

प्रधानमन्त्री, गृहमन्त्री तथा रक्षालगायत भीभीआइपी तथा भिआइपीहरूको मुभमेन्टहरु सुरक्षित बनाउनुपर्ने सुरक्षाविद्हरूले बताई रहँदा सडक सवारी मात्रै होइन, कार्यालय नै छर्लङ्गै देखिने तथा सहजै निसाना बनाउन सकिने अवस्था सिंहदरवारको रहेको छ ।

कतिपय अवस्थामा मापदण्ड नै पुरा नगरी नेता र कर्मचारी’को ‘सेटिङ’मा ठड्याइएका ‘जासुसी अखडा’हरूबारे नजरअन्दाज गरिएकै कारण आइपर्ने ठुलै चुनौती सामना गर्नुपर्ने देखिन्छ ।

देशको मुटुको रूपमा रहेको मुख्य प्रशासनिक अड्डा सिँहदरवारको सुरक्षामा अग्ला घरहरू थ्रेट भएको पूर्वएआइजी बमबहादुर भण्डारीको भनाइ छ ।

त्यस्तै भीभीआइपी मुभमेन्टमा सहजै निसाना लगाउन सक्ने पूर्वडिआइजी तथा अपराध अनुसन्धानविद् हेमन्त मल्ल ठकुरी बताउँछन् ।

इमिरो प्लाजाको नाममा सिंहदरवारको दक्षिण पूर्वी मोहडामा बनाइएको ११ औ तले बुटिक होटेलदेखि न्यूप्लाजासम्मै ठड्याइएका केही अग्ला भवनहरू त्यहाँबाट देखिएको सिँहदरवारको भित्री भागको दृश्यहरू प्रशासन डटकमले तयार पारेको छ ।

हनुमानस्थानस्थित यो ८ तल्ले भवनको तलबाट अनुसन्धान विभाग तथा परिसर

दक्षिणपूर्वी गेटमा होटेल संचालनका लागि बनाइएको होटेल बुटिक तथा त्याहाँबाट नियाल्न सकिने सिंहदरवारभित्रका दृश्यहरु

होटेल बुटिकसँगै रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौँ

पूर्वीगेट अगाडी र त्यसबाट घट्टेकुलोतर्फ रहेका तीन अग्ला भवन र तिनको छतबाट देखिएको सिंहदरवारको भित्री दृश्य

महालेखा परिक्षकको १० तल्ले भवनबाट देखिएको सिंहदरवारको भित्री दृश्य

सोही भवनबाट पछाडी पट्टि रहेको सेनाको युनिट

न्यूप्लाजास्थित आधा दर्जन भवनको छतबाट गृहमन्त्रालयतर्फ देखिएको दृश्य

सिंहदरवारभित्रबाट न्यूप्लाजातर्फ देखिएको बाहिरको दृश्य

पुतलीसडक तर्फपनि सिंहदरवारभित्र छर्लङै देखिने भवनहरु छन्

र यो पनि,

सिंहदरवार सुरक्षा चुनौतीको घेरामा

प्रतिक्रिया दिनुहोस