८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ कर्मचारीलाई भारतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रशिक्षण

अ+ अ-

काठमाडौँ । भारतीय सरकारले १८ जना कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण दिएको छ ।

सोमबारबाट भारतको बैंग्लोरस्थित नेशनल एकेडेमी अफ कस्टम, इनडाइरेन्ट ट्यास एन्ड नाकोटिक्स(एनएसीआईएन) ले प्रशिक्षण दिएको नेपाल स्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

नेपाल सरकारको अनुरोधमा ६० कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण सम्बन्धी विशेष पाठ्यक्रम तयार पारिएकोमा दोस्रो चरण अन्तर्गत १८ जना कर्मचारीलाई प्रशिक्षण लिएका हुन् ।

प्रशिक्षणले सहभागीलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलालाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्ने दूतावासको दाबी छ ।

भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत रहेको छ । सरकारका विभिन्न निकायको क्षमतालाई अभिवृद्धिमा सघाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुद्धीकरण क्षेत्रमा एनएसीआईएन भारत सरकारको अत्याधुनिक शिक्षण सुविधासहितको प्रमुख प्रशिक्षण संस्थान हो । यो एसिया प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यता प्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो ।

२० नेपाली उच्च अधिकारीले गत भदौमा ६ दिने प्रशिक्षण लिएका थिए । २१ नेपाली कर्मचारीहरूको समूह तेस्रो चरणका रूपमा आउँदो मंसिर/पुस मा सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस