१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तराई मधेशमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याइने : ऊर्जामन्त्री पुन

अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले ऊर्जा क्षेत्रसँगै कृषिउपजको अभिवृद्धिका लागि सिँचाइतर्फ पनि उल्लेख्य ध्यान दिएको बताएका छन् ।

उनले भने, ‘सरकारले सिँचाइतर्फ ठूला आयोजना अघि बढाइरहेको छ, तराई मधेशमा बाहै्र महिना सिँचाइ सुविधा उपलब्ध गराउने गरी योजना अगाडि बढेको र पहाडमा लिफ्ट सिँचाइका लागि काम भइरहेको छ ।” शिष्टाचार भेटका लागि पुगेको जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका विदेश मामिला हेर्ने विभागका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलसँग मन्त्री पुनले सो कुरा बताएका हुन् ।

सो अवसरमा जापानी प्रतिनिधिमण्डलले नेपालको सिँचाइ क्षेत्रमा सहयोग गर्न आफूहरु तयार रहेको बताएको थियो । नेपालका लागि जापानी राजदूत मसामिची साइगोसमेत सहभागी भेटमा सिँचाइ र जलविद्युत् क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । उपमहानिर्देशक नाकाडाले कृषि, जलस्रोत र सिँचाइको क्षेत्रमा जापानले गर्दै आएको सहयोगको निरन्तरता हुने भन्दै थप सहयोग गर्न जापान तयार रहेको बताएका थिए ।

मन्त्री पुनले जापान–नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । जापानले कन्काई सिँचाइ आयोजनामा पु¥याएको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री पुनले सिँचाइको क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको बताए ।

उनले जापान सरकारको सहयोगमा मन्त्रालय मातहत अनुसन्धान केन्द्र रहेको र सरकारले त्यसमा पहिलोपटक अनुसन्धानका लागि रु २० करोड बजेटसमेत विनियोजन गरेको जानकारी दिँदै उक्त संस्थासँग सहकार्य गर्न पनि उपनिर्देशकसँग आग्रह गरे। त्यसैगरी सिँचाइ क्षेत्रमा जलउपभोक्ता समिति सक्रिय रहेको र काम पनि प्रभावकारी रहेको भन्दै त्यसमा सहकार्य गर्न सकिने विषयमा छलफल भएको थियो । त्यस अवसरमा सिक्टा सिँचाइ परियोजनामा देखिएको घुलनशील माटोको समस्या देखिएको भन्दै समाधानका लागिसमेत छलफल भएको थियो । यस्तै नलसिङ्गाड जलविद्युत् आयोजनाको बारेमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस