१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालको ऊर्जामा लगानी विस्तार गर्छौँ’

अ+ अ-

हेटौँडा । नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि थप लगानी जरुरी रहेकाले आफूहरु त्यसतर्फ लागि परेको सरोकार भएका निकायका प्रतिनिधिले जोड दिएका छन् । सम्भाव्य लगानीको स्रोत पहिचानका लागि सरकारी, निजी क्षेत्रले सहकार्य गर्दै आन्तरिक तथा बाह्य लगानीलाई विशेष चासोका साथ अगाडि बढाउनुपर्ने उनीहरुको जोड थियो ।

सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा त्यसका लागि पनि ठूलो लगानी जरुरी भएकाले आन्तरिक लगानीले मात्रै लक्ष्य पूरा हुन नसक्ने उनीहरुको भनाइ थियो ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले आयोजना गरेको ‘पावर समिट, २०१९’ को अवसरमा आज आयोजित लगानीको आकर्षण विषयक अन्तरसंवादमा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले स्वदेशी तथा विदेशी लगानीका लागि आफूहरुले सहजीकरण गरिरहेको बताए । उनले केन्द्रीय बैंकका तर्फबाट लगानीकर्तालाई दिनुपर्ने सुविधा र निर्वाह गर्नुपर्ने भूमिका इमान्दार भएर निभाइरहेको र आवश्यक सहयोग उपलब्ध गराएको उल्लेख गरे ।

विश्व बैंकका देशीय निर्देशक फरिस एच हदाद जर्भोसले नेपालको ऊर्जा क्षेत्रमा आफूहरुले लगानीको मात्रा बढाएको र त्यसले सकारात्मक परिणाम दिनेमा आशावादी रहेको बताए । वैकल्पिक ऊर्जाको क्षेत्रमा समेत आफूहरुको उत्तिकै चासो रहेको भन्दै उनले नेपालले पछिल्ला दिनमा गरेको प्रगतिबाट आफू असाध्यै उत्साहित भएको उल्लेख गरे ।

अन्तर्राष्ट्रिय वित्तिय निगम (आइएफसी) ले माथिल्लो त्रिशूली एक ९२१६ मेगावाट०मा लगानी गरेको उदाहरण पेश गर्दै जर्भोसले अन्य केही ठूला आयोजनामा समेत साझेदारी गर्न तयार रहेको जानकारी दिए ।

डोल्मा इम्प्याक्ट फण्डका प्रमुख कार्यकारी टिम गोचरले सौर्य ऊर्जाको क्षेत्रमा लगानी विस्तारका लागि आफूहरु प्रयासरत रहेको बताए । सुक्खा समयको माग धान्नका लागि पनि सौर्य ऊर्जा महत्वपूर्ण माध्यम भएको उनको भनाइ थियो । सिसिके पावरका उपाध्यक्ष छु हुइले नेपाल सरकारले गरेको नीतिगत तथा कानूनी सुधारले आफूहरु उत्साहित भएको र थप लगानी भित्र्याउन इच्छुक रहेको बताए । वैदेशिक लगानी भित्र्याउनका लागि अमेरिकी मुद्रामा विद्युत् खरीद सम्झौता र हेजिङ फण्डको व्यवस्थाले समेत थप सहज भएको उल्लेख गरे ।

बङ्गलादेशको युनाइटेड पावरका प्रबन्ध निर्देशक एमएच रसिदले नेपाल र बङ्गलादेशले एक अर्काको अनुभवबाट सिकेर अगाडि बढ्न सकिने उल्लेख गरे । उनले आफ्नो सरकारले ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको र सोहीअनुसारको नीतिगत एवं व्यावहारिक वातावरण तयार पारेकाले त्यसबाट आफूहरुलाई काम गर्न थप सहज भएको बताए ।

विद्युतीय सवारीमा जोड

पेट्रोलियम पर्दाथको तुलनामा विद्युत्तीय सवारी दीर्घकालीन लगानीका हिसाबले सबैभन्दा सस्तो र वातावरणमैत्री रहेकोमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तलमाथि हुने र त्यसले अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले सस्तो र भरपर्दो माध्यमका रूपमा विद्युतीय सवारी नै रहेको भन्दै त्यसका लागि सरकार र निजी क्षेत्रले साझा प्रयास गर्नुपर्ने उनीहरुको जोड थियो । नेपालको सन्दर्भमा विद्युत्तीय सवारी भरपर्दो, गुणस्तरीय र ध्वनी तथा वायु प्रदूषण कम गर्ने बहुउपयोगी क्षेत्रको रूपमा अथ्र्याए ।

पावर समिट, २०१९ को सन्दर्भमा आज साझा यातायातको तर्फबाट आफ्नो धारणा राख्दै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले विद्युतीय सवारी सबैभन्दा भरपर्दो र राम्रो माध्यम हुने बताए । पेट्रोल तथा डिजेलबाट चल्ने सवारीका कारण ध्वनी तथा वायु प्रदूषण बढेको भन्दै उनले त्यसको न्यूनीकरण गर्न नेपाल सरकारले पनि विद्युतीय सवारी सञ्चालनमा जोड दिएको उल्लेख गरे ।

विद्युतीय सवारीले देशको अर्थतन्त्रको विकास र पर्यावरण संरक्षणमा भूमिका खेल्नेछ भन्दै उनले देशमा उत्पादन हुने बिजुलीको खपत बढाउन पनि विद्युतीय सवारी महत्वपूर्ण रहेको स्पष्ट पारे ।रासस

प्रतिक्रिया दिनुहोस