१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिजुली बलेको देख्ने सपना अधुरै

अ+ अ-

डोटी । जिल्लाको आदर्श गाउँपालिका–५ लामिखालकी सीता नागरी उमेरले ६१ वर्षकी भइन् । उनी निरन्तर गाउँमै बस्छिन् । गाउँमै बस्ने भएकालाई उनलाई विद्युत्को विषयमा खासै जानकारी पनि छैन । विगत १६ वर्षअघि अर्थात् विसं २०६२ सालमा गाउँमा विद्युत्का पोल गाड्न सुरु हुँदा उहाँलाई घरमा बिजुली बलेको हेर्ने ठूलो धोको थियो ।

एक–दुई पटक मात्रै विद्युत् भएका शहरसम्म आउजाउ गरेकी उनलाई आफ्नो गाउँ पनि झिलीमिली भएको हेर्ने रहर जागेको थियो । विद्युत् विस्तारका लागि पोल गाडेको १६ वर्ष पूरा भयो तर सीताको सपना भने अझै पूरा भएको छैन । अब त उनले गाउँमा आफू बाँचुञ्जेल गाउँमा विद्युत् बल्छ भन्ने आश पनि मारिसकेको बताए । उनले भने, “गाउँघरमा बत्ती बलेको, गाउँ झिलीमिली भएको हेर्ने ठूलो धोको थियो, यो जुनीमा देख्न पाइलाजस्तो लाग्न छोड्यो ।”

आव २०६२–६३ को बजेटबाट साबिकको लामिखाल गाविसले विद्युतीकरणका लागि रु १४ लाख विनियोजन गर्‍यो । उक्त रकमबाट पोल खरिद भए र ठाउँठाउँमा पोल पनि गाडिए । विसं २०६४ ६५ बाट लामिखालको विद्युतीकरण केन्द्रीय योजनामा समावेश पनि भयो । प्रत्येक वर्ष बजेट आयो तर काम भने कहिल्यै पूरा भएन । प्रत्येक वर्ष ठेक्का हुने तर लामिखालमा भने वास्तै नगर्ने गरेको स्थानीयवासीको आरोप छ । ठेकेदारको लापरवाहीका कारण लामिखालवासीको बत्ती बाल्ने सपना सधैँ अधुरै रहेको स्थानीयवासी वीरबहादुर रोकायाले बताए ।

उनले भने, “विद्युत् विस्तारका लागि गत वर्ष मात्रै रु ६५ लाख रकम विनियोजन भएको थियो, कति काम भयो र कति बजेट फ्रिज भयो हामीलाई केही थाह छैन ।” उनले विद्युत् प्राधिकरणमा कामै नगरी ठेकेदारले बिल मिलाएर खाने गरेको आरोपसमेत लगाएका छन् । विगत १६ वर्षको यो अवधिमा आफूहरुले पटक पटक ठेकेदारसँग आग्रह गरेको र पटक पटक विद्युत् प्राधिकरणको दिपायल कार्यालय धाएको सम्झँदै रोकायाले भने, “हाम्रो आवाज कसैले सुन्दैनन्, विद्युत् विस्तारका लागि कसैले पनि अहिलेसम्म पहल गरेनन् ।”

उता सोही लामीखालका अर्का स्थानीयवासी नरबहादुर रोकायाको पनि यस्तै गुनासो छ । आदर्श गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले गाउँपालिकाका अध्यक्षलाई प्रश्न गरे, “हामी कहिलेसम्म बत्ती बाल्न पाउँछौँ ?” उनको जवाफमा गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले भने, “मैले विद्युत् कार्यालयसँग पनि समन्वय गरेको छु, यस आर्थिक वर्षभित्रै लामिखालमा बत्ती बल्छ ।” कात्तिक २४ गते विद्युत् प्राधिकरणको दिपायलस्थित कार्यालयमा गएर विद्युत् विस्तारका लागि पुनः स्मरण गराएको स्थानीयवासी धर्म रोकायाले बताए ।

उनले भने, “हामीले छिटो बत्ती बाल्नु पर्‍यो भनेर अनुरोध गरेका छौँ, हाकिम साबले पनि आश्वासन दिएका छन् । यदि फेरि पनि विगत जस्तै लम्ब्याउने काम भयो भने बाध्य भएर आन्दोलन गर्नेछौँ ।” उता नेपाल विद्युत् प्राधिकरण दिपायल शाखाका प्रमुख कपिलदेव जोशीले आगामी चैत महिनाभित्रै बत्ती बाल्ने गरी लामिखाल क्षेत्रमा काम भइरहेको बताए । उनले भने, “विगतमा गोपघाटबाट लाइन तान्ने गरी सर्वे भएको रहेछ, जङ्गल विवादका कारण उताबाट लाइन तान्न नसकिएको भन्ने मैले जानकारी पाएको छु, अब अन्तैबाट लाइन तानेर भए पनि चैत महिनाभित्रमै विद्युत् बालेर छोड्छौँ ।”

विद्युत् विस्तार नभएका कारण आदर्श गाउँपालिका–५ वर्षौंदेखि अन्धकारमा छ । उज्यालोका लागि त्यहाँका स्थानीयवासी अहिले पनि सल्लाको दियालोको भरमा आश्रित रहेको युवा सङ्घका सदस्य गणेशबहादुर ऐरले बताए । उनले भने, “छिमेकी गाउँपालिका तथा हाम्रै गाउँपालिकाका केही वडा झिलीमिली छन्, हामी ५ नं वडावासी सल्लाको दियालोको भरमा कहिलेसम्म रहने ।”

प्रतिक्रिया दिनुहोस