११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहाराविहीन विद्यार्थीलाई विद्यालयमै खाने–बस्ने व्यवस्था

अ+ अ-

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित रुक्मिणी माध्यमिक विद्यालयले सहाराविहीन विद्यार्थीलाई विद्यायमै पढाउन थालेको छ ।

विभिन्न कारणले सहाराविहीन बनेका जिल्लाका १३ विद्यार्थीलाई विद्यालयमै राखेर पढाउन थालिएको हो । कक्षा १ देखि ९ सम्मका नियमित विद्यालय आउन नसक्ने सहाराविहीन विद्यार्थी छनोट गरेर विद्यालयले पठनपाठनका साथै खाने र बस्ने व्यवस्था पनि विद्यालयमै गरिदिएको विद्यालयले जनाएको छ ।

सहाराविहीन १३ विद्यार्थीलाई विद्यालायमा राखे पनि विद्यालयमा छात्रावास भने छैन । तर, विद्यालय भवनलाई नै विद्यार्थी बस्ने गरी व्यवस्थापन गरिएको छ । सहाराविहीन भएकै कारण शिक्षाबाट बञ्चित नहुन् भनेर विद्यालयमै राखेर पढाउन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवचन्द्र समालले जानकारी दिए । “सम्बन्धित वडाको सिफारिशका आधारमा विद्यार्थी छानेर विद्यालयमै राखेर पढाउन थालेको हौँ”, अध्यक्ष समालले भने, “विद्यालयमा रुकुमपूर्वका तीन स्थानीय तहका मात्र नभएर रुकुमपश्चिमका समेत विद्यार्थी छन् ।”

बुबाआमा नभएका एवं बुबा र आमामध्ये एक नभएका विद्यार्थी नियमित पठनपाठनबाट बञ्जित भएपछि विद्यालयले आफ्नै स्रोतबाट विद्यालयमै बसेर पढ्ने व्यवस्था गरेको अध्यक्ष समालको भनाइ छ ।

केही विद्यार्थी नियमित पढ्न आउन नसक्ने भएपछि सोधखोज गरेर उनीहरुलाई विद्यालयमै राखेर पढाउन थालिएको प्रधानाध्यापक कृष्ण गौतमले बताए । “ठूलोबुबा, काका, फुपू र सानीआमा तथा आफन्तको घरमा बसेर पढ्न आउँदा विद्यार्थी नियमित हुन सकेनन्”, उनले भने । घरमा काम गरेर आउनुपर्दा विद्यालय ढिलो पुग्ने र कहिलेकाहीँ त विद्यालय नै छुट्ने भएपछि विद्यालयमै बस्ने व्यवस्था गरेको उनको भनाइ छ ।

उनका अनुसार कम्तीमा २० जति विद्यार्थीलाई आवासीय सुविधा दिएर पठनपाठन गराउने विद्यालयको उद्देश्यअनुसार सहाराविहीन बालबालिकालाई निःशुल्क पढाउन शुरु गरिएको छ । प्रतिविद्यार्थी मासिक रु दुई हजार तिर्ने गरी खाना खुवाउने व्यक्तिसँग विद्यालयले सम्झौता गरेको छ । हाल विद्यालयको आन्तरिक स्रोतबाट त्यसको व्यवस्थापन गरिए पनि केही निकायसँग सहयोगका लागि पनि सरसल्लाह भइरहेको प्रधानाध्यापक गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस