१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव अधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्छु : अध्यक्ष शर्मा

अ+ अ-

ललितपुर । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा मानवअधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्ने बताएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजना गरिएको ११औँ मानव अधिकार राष्ट्रिय महाभेला–२०७६ समापन समारोहमा आज उनले आफ्नो कार्यकाल करीब १० महिना मात्र भए पनि बाँचुन्जेलसम्म मानव अधिकारका लागि काम गर्ने बताए ।

‘स्वतन्त्र भएर मानव अधिकार बहालीका लागि काम गर्छु’, अध्यक्ष शर्माले भने, ‘मानव अधिकार एउटा आन्दोलन हो, यसको क्षेत्र व्यापक छ, नेपाली जनता सबैमा हामी एक हुँ भन्ने भावना रहुनजेल समाज विखण्डन हुँदैन ।’

एक सप्ताहसम्म चलेको महाभेलाले मानव अधिकारका क्षेत्रमा आगामी दिनमा योजनाबद्ध तरिकाले अगाडि बढ्न सहयोग पुग्नेछ भन्ने विश्वास लिएको र योजनाअनुसार काम गर्नुपर्ने उनको भनाइ थियो । महाभेलाका संयोजक तथा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जीतराम लामाले महाभेलाका अवसरमा ५० जिल्लामा विभिन्न कार्यक्रम गरेको र अर्को वर्ष सबै पालिकास्तरमा गएर मानव अधिकार रक्षाका कार्यक्रम गर्ने जानकारी दिए ।

मधेसी आयोगका अध्यक्ष डा विजय दत्तले मुलुकमा काम गर्ने मानव अधिकारसम्बन्धी सबै मिलेर मानव अधिकार संरक्षण र संवद्र्धनका लागि लाग्नुपर्नेमा जोड दिए । थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले संविधानमा व्यवस्था भएका कुरा कार्यान्वयनमा चुनौती भएको र आम मानिसको बीचमा लैजाने भन्ने विषयमा ध्यान दिएर अघि बढ्न सुझाव दिए ।

महाभेलाको पूर्वसंयोजक शान्तलक्ष्मी श्रेष्ठले नेपाली जनसमुदाय सबैले आफ्नो घर घरमा मानव अधिकार प्रत्याभूति हुने काम गर्नुपर्ने विचार व्यक्त गरे । यही मङ्सिर २२ गतेदेखि २९ गतेसम्म चलेको सो कार्यक्रममा २०० भन्दा बढी संघसंस्था सहभागि भएका थिए । मानव अधिकारकर्मीले वर्षैभरीनै मानव अधिकार रक्षाका लागि प्रतिबद्ध रहने मत जाहेर गरेका थिए ।रासस

प्रतिक्रिया दिनुहोस