१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन्तला बोटबाटै बिक्री

अ+ अ-

पोखरा । बुबाको पालामा लगाइएका सुन्तलाको बोटबाट फल दिन थालेकोे ३६ वर्ष पुगेको छ । बुबाकै पालामा लगाइएका सुन्तलाका ५० बोटले अहिले पनि निरन्तर फल दिँदै आएका छन् । आफू जन्मनुभन्दा पहिलेदेखि नै पुख्र्यौली खेतीका रुपमा थालिएको सुन्तला स्याहार्न र वन्यजन्तुबाट जोगाउन यतिखेर पोखरा महानगरपालिका– २१ का प्रकाश पौडेललाई भ्याइनभ्याइ छ ।

‘अहिले बगैँचामा रहेका ४ सय बोटमा सुन्तला लटरम्म फलेको छ,’ उनले भने, ‘सुन्तलाको हेरचाहमा रहनु मेरा लागि दैनिकीजस्तै बनेको छ, यसवर्ष बोटबाटै ११ लाखको सुन्तला बिक्री गरियो ।’

बारीभरि लटरम्म फलेको सुन्तला उनको मुख्य आयस्रोत हो । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर उनले सुन्तला खेती गर्दै आएका छन् ।

‘धान, कोदो, मकैजस्ता खाद्यान्न बाली लगाउँदा छ महिनासम्म पनि खान नपुग्ने भिरालो पाखोमा शुरुमा लगाएका १०० बोटमध्ये लगभग ५० मरेपनि सोही स्थानमा नयाँ बिरुवा थप्दै जानुले उत्पादन बढेको छ’, उनले भने ।

सुन्तला बोटको एक भाग पहेँलो हुने, टुप्पाबाट सुक्ने र फल पनि अमिलो हुने सङ्केत देखिने वित्तिकै त्यसलाई हटाउने र माटोको उपचार गरेर पुनः बिरुवा लगानुका साथै थप जग्गामा ३०० भन्दा बढी बिरुवा थपेको बताउँदै पौडेलले यतिखेर सबै बिरुवा फल दिन थालेको छ भने ।

सुन्तलाकै बिक्रीबाट ५ जनाको परिवारको पालनपोषण गर्दै आएका पौडेल यसैको आम्दानीले छोराछोरीको पठनपाठनसमेत गराउँदै आएको छ ।

सुन्तलाको बिक्रीबाट अघिल्लो वर्ष सात लाख रुपैयाँ आम्दानी गर्न सफल भएका उनले यो वर्ष ११ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएका छन् । एउटै बोटमा सामान्यत २ सयदेखि २५० किलोग्रामसम्म सुन्तला फल्ने गरेको पौडेलले जानकारी दिए ।

‘उत्पादित सुन्तला बिक्री हुँदैन की भन्ने चिन्ता छैन’, उनले भने, ‘प्रत्येक वर्ष बोटबाटै बिक्री हुने गरेको छ ।’ सरकारीस्तरबाट खासै कुनै पनि सहयोग प्राप्त गर्न नसकेको बताउँदै “रोगकीरा नियन्त्रण गर्नका लागि आवश्यक यन्त्र र अर्गानीक मलसँगै प्राविधिक सहयोग पाउने हो भने सुन्तलाखेती विस्तार गर्न प्रेरणा मिल्ने थियो’, उनले भने ।

रोजगारीको सिलसिलामा साढे दुई वर्ष साउदीमा बिताएको दुःखको अनुभव सुनाउँदै पौडेलले भने, ‘विदेशमा भन्दा घरपरिवारसँगै बसेर व्यावसायिक रुपमा सुन्तला खेतीतर्फ लाग्दा आफूलाई अत्यन्तै सुखको अनुभूति भएको छ ।’

उनी मात्रै होइन, यतिबेला यहाँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याई छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फुल नलाग्ने र अर्को वर्ष उत्पादनमा कमी आउने किसानलाई चिन्ता छ ।

यहाँको सुन्तला खरिद गर्न व्यापारीलाई पनि उत्तिकै हतार छ । सुन्तला खरिदका लागि उनीहरुबीच हानथाप हुने गरेको छ । ‘सुन्तला खरिद गर्न दैनिक व्यापारी आउन थालेका छन्’, उनले भने, ‘उचित मूल्य दिनेहलाई किसानले बगैँचामा नै ठेक्कामा दिन थालेका छन् ।’

बगैँचामै ठेक्का लिँदा प्रतिकिलो ४० रुपैयाँ देखि ५० रुपैयाँ सम्ममा सुन्तला बिक्री भइरहेको छ । बजारमा प्रतिकिलो १०० रुपैयाँ भन्दा बढीमा बिक्री हुने गरेको छ । डोके व्यापारीले समेत बगैँचाबाट प्रतिकिलो ५० रुपैयाँमा उठाएको सुन्तला बजारमा १०० रुपैयाँका दरले बिक्री गर्ने गरेका छन् ।

व्यापारी बगैँचामै आउन थालेपछि किसान उत्साहित बनेका छन् । ‘बगैँचाबाटै व्यवसायीले सुन्तला उठाउँदा टिप्ने, स्तरीकरण गर्ने र बिक्रीका लागि ढुवानी गर्ने झण्झट कम हुन्छ’, पौडेलले भने ।

कास्की, स्याङ्जाका विभिन्न स्थानमा सुन्तलामा लागेको सिक्टस ग्रिनिङले बगैंचा सखाप बने पनि पोखरा महानगरपालिका–२१ फेदीपाटन खर्काडाँडामा भने कृषकको सचेतनाका कारण अहिले पनि बगैँचामा लटरम्म सुन्ताला देख्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस