७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विश्व विद्यालयद्वारा ३१ जना प्राध्यापक र सहप्राध्यापक माग

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ३१ जना प्राध्यापक र सहप्राध्यापक माग गरेको छ।

त्रिविले बिहीबार सूचना जारी गर्दै अनुसन्धानात्मक विशिष्टता आधारमा यसअन्तर्गतका विभिन्न निकायहरूका लागि विद्यावारिधि गरेका पाँच प्राध्यापक र २६ जना सहप्राध्यापक माग गरेको हो।

यसअन्तर्गत त्रिविले फरेष्ट्री, सिभिल इन्जिनियरिङ, अङ्ग्रेजी शिक्षा, व्यवस्थापन र अङ्ग्रेजी विषयका लागि एक–एक जना प्राध्यापक माग गरेको छ।

यसै गरी २३ वटा विषयका लागि २६ जना सह–प्राध्यापक माग गरिएको छ।

सह–प्राध्यापक पदमा व्यवस्थापन विषयका लागि खुल्लातर्फ दुई र महिला कोटातर्फ एक गरी तीन जना र प्राणीशास्त्र विषयका लागि खुल्लातर्फ र महिला कोटातर्फ एक एक गरी दुई जना मागिएको छ।

त्यस्तै वनस्पति शास्त्र, भौतिक शास्त्र, रसायन शास्त्र, बायोटेक्नोलोजी, भूगर्भ शास्त्र, जलवायु विज्ञान, कम्प्युटर विज्ञान, माइक्रोवायोलोजी, तथ्याङ्क शास्त्र, वातावरण विज्ञान, फरेष्ट्र, माउन्टेन इन्भारोमेन्ट एन्ड डेभलपमेन्ट, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, स्वास्थ्य शिक्षा, आईसिटिइ, अर्थ शास्त्र र अन्तर्राष्ट्रिय सम्बन्ध विषयका लागि एक/एक सहप्राध्यापक मागिएको छ।

सो पदका लागि ५० वर्ष उमेर ननाघेका सम्बन्धित विषयमा स्नातकोत्तर गरी तोकिएको विषयमा विद्यावारिधि उपाधि प्राप्त गरिएको हुनु पर्नेछ।

प्राध्यापक पदका लागि ३५ सय रुपैयाँ र सहप्राध्यापक पदका लागि ३२ सय रुपैयाँ आवेदन दस्तुर तिर्नु पर्नेछ। माग १३ देखि माघ १५ गते सम्म दोब्बर दस्तुर तिरेर पनि दरखास्त भर्न सकिने सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना

प्रतिक्रिया दिनुहोस