९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि, पर्यटन र ऊर्जाबाट देश समृद्ध बन्छ : वरिष्ठ नेता पौडेल

अ+ अ-

दमैली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र ऊर्जाबाट देश समृद्धिको बाटोतर्फ अगाडि बढ्न सक्ने बताएका छन् । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि दमौलीमा शुरु भएको सातौं तनहुँ महोत्सवको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले सरकारले यी तीन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी बढाउनुपर्नेमा जोड दिए ।

कृषि क्रान्ति, पर्यटन विस्तार र ऊर्जा शक्तिको विकासबाट मात्रै मुलुक समृद्ध हुनसक्ने भएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने वरिष्ठ नेता पौडेलले बताए । यद्यपि वरिष्ठ नेता पौडेलले सरकारले विकासको प्राथमिकता पहिचान गर्न नसकेको बताए । “सरकार अलमलिएको जस्तो देखिएको छ, विकासको प्राथमिकता पहिचान गर्न सरकारले सकिरहेको छैन,’ उनले भने ।

वरिष्ठ नेता पौडेलले वर्तमान सरकारको नारा ‘समृद्ध नेपाली, सुखी नेपाली’ नपालकै भएकाले यसतर्फ विचार गर्नुपर्नेमा जोड दिए । काँग्रेसले शुरु गरेको विकास निर्माणका काममा वर्तमान सरकारले बजेट कटौती गरेको वरिष्ठ नेता पौडेलले आरोप लगाए । ‘काँग्रेसले शुरु गरेको विकासका काम अहिले अलपत्र परेको छ,’वरिष्ठ नेता पौडेलले भने ।

वरिष्ठ नेता पौडेलले उद्योगी व्यवसायीको संरक्षणका लागि काँग्रेस प्रतिबद्ध रहेकोले स्थानीय व्यवसायी आफ्नै जिल्लाको विकासमा लाग्नुपर्नेमा सुझाव दिए । दमौलीमा पैसा कमाउने तर लगानी नगर्ने प्रवृत्ति रहेको बताउँदै वरिष्ठ नेता पौडेलले काठमाडौंमा लगानी गर्नुको साटो यहीँ लगानी गरे जिल्लाको विकास सम्भव रहेको चर्चा गरे ।

नागरिक अधिकार सङ्कुचन गर्नेतर्फ सरकार लागेको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले बोल्न नपाउने गरी बनाउन लागिएको कानूनले लोकतन्त्र खतरामा पर्ने बताए । ‘सरकार अहिले नागरिकको अधिकारमाथि धावा बोल्ने गरी कानून बनाउँदैछ, यसतर्फ सबै सचेत हुनुपर्ने बेला आएको छ ।’

कार्यक्रममा राष्ट्रियसभा सदस्य प्रकाश पन्त, गण्डकी प्रदेशसभा सदस्य डोबाटे विक, सरिता गुरुङ, ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष बसुन्धरा घर्तीलगायतले स्थानीयस्तरमा सञ्चालन हुने मेला महोत्सवले कला, संस्कृतिको संरक्षणका साथै कृषि उपज वस्तु बिक्री वितरणका लागि टेवा पुर्‍याउने बताए ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर शुरु भएको महोत्सव माघ ६ गतेसम्म सञ्चालन हुनेछ । जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गर्दै समग्र आर्थिक तथा सामाजिक विकासका लागि उद्योग, व्यापार, शिक्षा, कृषि, पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक एवं संघका अध्यक्ष मानकाजी श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा १४० कक्ष राखिएका छन् । महोत्सवमा रु ५ करोडको कारोवार हुने र ४ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सवबाट हुने आम्दानी सामाजिक काममा लगानी गरिने आयोजकले जनाएको छ । श्रेष्ठका अनुसार पैसा कमाउनका लागि मात्रै मेला महोत्सव आयोजना हुने गरेको गुनासो आउने गरेकोले महोत्सवबाट बचेको रकम सामाजिक क्षेत्रमा खर्च गरिनेछ ।

महोत्सवबाट भएको आम्दानी ब्यास नगरपालिका–३ स्थित भतेरीमा रहेको सार्वजनिक जग्गामा पूर्वाधार निर्माण र दमौली बजारमा हाटबजार सञ्चालनका लागि खर्च गर्ने योजना बनाइएको छ । ‘दमौलीमा मेला महोत्सव गर्न पर्‍यो भने ठाउँ अभाव भएको छ,’ श्रेष्ठले भने, ‘भतेरीमा रहेको सार्वजनिक जग्गामा मेला महोत्सव गर्न सकिने सम्भावना भएकोले त्यहाँ पूर्वाधार निर्माण गर्ने सोच बनाएका छौं ।’

साथै जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको प्रशासनचोक नजिकैको जग्गामा हाटबजार निर्माणका लागि महोत्सवको आम्दानी खर्च गरिनेछ । गाउँ–गाउँबाट कृषकले ल्याएको कृषिउपज सामग्री बिक्रीवितरणको व्यवस्था मिलाउन ब्यास नगरपालिकासँग समन्वय गरेर हाटबजार सञ्चालन गर्ने योजना संघको छ ।

महोत्सवमा मादीसेती नदीमा जलबिहारको व्यवस्था मिलाइने भएको छ । सेती र मादीको सङ्गमस्थल दमौलीमा जलबिहारको प्रचुर सम्भावना भए पनि जलबिहारले व्यापकता पाउन नसकेको भन्दै महोत्सव अवधिभर जलबिहार सञ्चालन गरिने आयोजकले जनाएको छ ।

ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका ऐतिहासिक र सांस्कृतिक रुपले सम्पन्न ग्रामीणवस्तीको प्रवर्द्धनका लागि दर्शकलाई सांस्कृतिक नमूना ग्राम भ्रमण गराउने योजना छ । महोत्सव अवलोकनका लागि दर्शकलाई मानहुँकोट, कुमालटारी, बोटेगाउँ, दरैगाउँलगायतका गाउँ भ्रमणको व्यवस्था मिलाइएको छ ।

महोत्सवमा कृषिलाई विशेष प्राथमिकतामा राखेर १५ कक्ष छुट्याइएको छ । महोत्सवस्थलबाटै कृषिजन्य सामग्री बिक्री वितरणको व्यवस्था मिलाइनेछ । कृषकलाई महोत्सवस्थलबाट सुन्तला, अदुवा, मास, तरकारीलगायतका सामग्री बिक्री गर्ने व्यवस्था मिलाइएको संघका महासचिव इमकुमार मल्लले जानकारी दिए । महोत्सव अवधिभर करीब रु २० लाखको कृषिजन्य उत्पादनको कारोवार हुने लक्ष्य लिइएको छ । साथै विभिन्न क्षेत्रबाट सहभागी कृषकमध्येबाट उत्कृष्ट कृषि उपजको आधारमा कृषकलाई पुरस्कारको समेत व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस