११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्मार्ट कक्षामा पढ्न विद्यार्थी उत्साहित

अ+ अ-

डोटी । सामुदायिक विद्यालयमा आधारभूत तहमा अध्ययनरत विद्यार्थीलाई कक्षा कोठामा शान्तसँग राख्न जो कोही शिक्षकलाई पनि हम्मे हुने गर्दछ तर डोटीका केही विद्यालयमा कम्यूटरको माध्यमबाट प्रोजेक्टर मार्फत विषयवस्तु अध्यापन गर्ने प्रविधि स्मार्ट कक्षा सञ्चालन भए पनि विद्यार्थीहरू चकचक गर्न, साथीभाइसँग खेल्न घुम्न भन्दा पनि स्मार्ट कक्षाकोठा भित्र शान्तसँग बसेर अध्ययन गर्न उत्साहित हुने गरेका छन् ।

सामुदायिक विकास केन्द्र डोटीले गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक विकास परियोजना अन्तर्गत पूर्व चौकी गाउँपालिका–७ पोखरीमा रहेको मस्टामाण्डौ मावि, दिपायल सिलगढी नगरपालिका–८ मा रहेको चौखान मावि र सोही वडा अन्तर्गत लडागडामा रहेको सुनादेबी माविमा स्मार्ट कक्षा सञ्चालनमा रहेका छन् ।
सरहरूले कम्यूटरबाट पढाई गर्दा पहिलेको भन्दा बढी सिकी रहेका बताउँछिन् मस्टामाण्डौ माविमा कक्षा ३ मा अध्ययनरत छात्रा साबित्रा बडैला । उनी मात्र होइन सोही कक्षामा अध्ययनरत अर्का छात्र राम नेपाली पनि पढ्दा देखिने र सुनिने हुँदासजिलै सिकीरहेको स्मार्ट कक्षा छोडेर अन्यन्त्र जान मन नलागेको बताउँछन् ।

नयाँ प्रविधिको प्रयोगबाट शिक्षकले कक्षा कोठामा किताब हेरेर पढाएको भन्दा बढी जानकारी भएको बताउँछन् सुनादेवी माविमा कक्षा ८ मा अध्ययनरत छात्र देव कडायत । उनी भन्छन् ‘अरू विषय भन्दा अङ्ग्रेजी र विज्ञान विषयमा बढी सजिलो भएको छ किनभने अङ्ग्रेजीमा उच्चारण गर्न गाह्रो हुन्थ्यो सही उच्चारण गर्न आउँदैन सही उच्चारण गर्न सिकीरहेका छौँ अनि विज्ञानमा प्रयोगात्मक विधि बढी हुने भएकोले शिक्षक नभए पनि सहजै रूपमा भिडीयो हेरेर आफै पनि गर्न सकिने हुन्छ’ उनी मात्र होइनन् सोही कक्षामा अध्ययनरत अर्की छात्रा ललिता साउद पनि रमाइलो पनि हुने सहज रूपमा सिक्न पनि सकिने बताउँछन् ।

स्मार्ट कक्षा सञ्चालन हुँदा विद्यार्थीहरू उत्साहित भएर कक्षाकोठा भित्र बस्ने गरेको बताउँछन् मस्टामाण्डौ माविका निमित्त प्रधानाध्यापक राज बडैला । उनी भन्छन् ‘स्मार्ट कक्षा सञ्चालन हुँदा विद्यार्थीहरू कोठा छोड्न मान्दैनन् उत्सुकताका साथै शान्त भएर बस्छन्’ शिक्षक अभाव, सामाग्रीको अभाव र पढाइलाई प्रभावकारी बनाउन सहयोग पुग्ने समेत निमित्त प्रअ बडैला बताउँछन् ।

स्मार्ट कक्षा सञ्चालनले गर्दा सिकाइका क्रममा शिक्षकलाई विषयवस्तु श्रव्य–दृश्यका माध्यममा प्रस्तुत गर्न सहयोग पुर्‍याउनुका साथै विद्यार्थीहरूलाई सिक्न पनि सहज हुने सुना देवी माविका निमित्त प्रधानाध्यापक कृष्ण कडायतले बताए । उनले भने ‘यो एउटा प्रविधिबाट शिक्षण गरिने कार्य हुँदा विद्यार्थीहरू तल्लो तहदेखि नै प्रविधिसँग परिचित हुने अवसर पनि हो’ शिक्षकहरूलाई पनि सूचना तथा सञ्चार सम्बन्धमा ज्ञान र सीप हासिल गर्ने अवसर भएको समेत कडायतले बताए ।

स्मार्ट कक्षा सञ्चालनको लागि विद्यालयमा कम्प्युटर ल्याबको स्थापना गरी सफ्टवेयर मार्फत कक्षा १ देखि कक्षा ८ सम्मको अंज्रेजि, नेपाली, विज्ञान र गणित विषयको सम्पूर्ण पाठ्यक्रम अंज्रेजि र नेपाली दुवै भाषामा राखिएको छ । सोही कम्यूटरमा भएको विषय बस्तुलाई सम्बन्धित विषय शिक्षकले अध्यापन गराउने गर्दछन् । विद्यार्थिहरुलाई पनि सफ्टवेयर चलाउन सिकाउने गरेको छ ।

शिक्षामा सूचना तथा सञ्चारको प्रयोग मार्फत सामुदायिक विद्यालयहरूको शिक्षाको गुणस्तरमा अभिवृद्धि हुनुका साथै सूचना सञ्चारको माध्यमद्वारा सामाजिक जनचेतना जगाउन सहयोग पुगोस् भन्ने हेतुले स्मार्ट कक्षा सञ्चालन गर्न सहयोग गरेको सामुदायिक विकास केन्द्र डोटीका सामुदायिक विकास परियोजना अधिकृत यगराज बडुले बताए । उनले भने ‘हामीले अहिले केही विद्यालयलाई मात्र सहयोग गरेका छौँ यो प्रविधि लागू भईसकेपछी सहरी तथा ग्रामीण विद्यालयहरूका बालबाकिकोबिचमा उत्पन्न भएको डिजिटल डिभाइडर लाई कम गर्नु, शिक्षामा सम्पूर्ण बालबालिकाको समतामूलक पहुँच पुर्‍याउनु, शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्नु, बालबालिका हरेको लागी नयाँ अवसरको सृजना गरी प्रविधिको प्रयोगमार्फत सिकाइलाई उत्प्रेरित गर्न सहयोग पुग्ने समेत अधिकृत बडुले बताए ।

स्मार्ट कक्षा सञ्चालनको लागि सामुदायिक विकास केन्द्र डोटीले सुनादेवी माविलाई २ थान ल्यापटप, २ वटा प्रोजेक्ट, १ वटा प्रिन्टर, १ वटा साउन्ड सिस्टम, ११ वटा हेड सेट १ वटा पेनड्राईभ, ७ वटा कम्युटर टेबल, २१ वटा कुर्सी, १ वटा सुजर्याक सहयोग गरेको छ ।

त्यस्तै, चौहान माविलाई पनि १ थान डेक्सटप कम्पूटर, २ थान ल्यापटप, १ वटा प्रोजेक्टर, १ वटा प्रिन्टर, १ वटा साउन्ड सिस्टम, ८ वटा हेड सेट १ वटा पेनड्राईभ, १ वटा कम्प्युटर टेबल सहयोग गरेको छ भने मस्टामाण्डौ माविलाई पनि १ थान डेक्सटप कम्यूटर, २ थान ल्यापटप, १ वटा प्रोजेक्ट, १ वटा प्रिन्टर, १ वटा साउन्ड सिस्टम ,८ वटा हेड सेट, १ वटा पेनड्राईभ, ६ वटा कम्प्युटर टेबल, १८ वटा कुर्सी १ वटा सुजर्याक सहयोग गरेको जानकारी दिएको छ । कक्षा सञ्चालनको लागि अन्य आवश्यक सामाग्री विद्यालयहरूले व्यवस्थापन गरेको छ ।

विद्यार्र्थीहरुको चौतर्फी विकासमा सहयोग पुगोस् भन्ने हेतुले संस्थाले बालकथा, कविता, निबन्ध, सामान्य ज्ञान, शिक्षक निर्देशिका, सफलताका कथा जस्ता विभिन्न प्रकारका पुस्तकहरू र फर्निचरहरू सहयोग गर्दा तिन वटै विद्यालयले आफ्नो पुस्तकालय पनि स्थापना गरेका छन् ।

स्मार्ट कक्षा सञ्चालन प्रविधि डोटीको लागि नौलो अभ्यास हो । तर यो प्रविधि डोटीका तिन विद्यालयहरूमा मात्र लागू भए पनि यो विधि प्रभावकारी हुन सक्ने हुँदा स्थानीय निकायहरूले पनि आफ्नो सेवा क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयहरूमा लागू गर्न सके जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने शिक्षा क्षेत्रका विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस