७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुपारी बगान भित्र कागती खेती फस्टाउँदो

अ+ अ-

सुरुङ्गा । झापाको वुद्धशान्ति गाउँपालिका–२ जयपुरका कृषक रामप्रसाद उप्रेतीले कागती खेती शुरु गरेको ५ वर्ष बढी भयो । व्यावसायिक रुपमा सुपारी खेती गर्दै आएका उनले सुपारी बगानभित्रै मरिच र अलैँची खेती हुँदै अहिले कागती खेती गरिरहेका छन् ।

थोरै जमीनमा पनि व्यावसायिक रुपमा खेती गर्दा मनग्य आम्दानी गर्न सकिने भएपछि उनले अहिले सुपारी बगानभित्रै विभिन्न प्रकारका नगदेबाली लगाएका छन् । अहिले उनको बारीमा तोरी र फापर पनि लटरम्म फुलेको छ । उनले भने, ‘पहिला सुपारी मात्रै हुन्थ्यो, सुपारी बगानभित्र जमीन बाँझैँ बस्थ्यो । तर अहिले त्यही बगान भित्र सबै थोक लगाएको छ, गर्दा हुँदो रहेछ ।’

सुपारी बगानभित्रको बाँझिएको जमीनमा अहिले लटरम्म कागती फलेका छन् । उनले एक बिघा क्षेत्रफलमा कागती खेती गरेका छन् । कागतीबाट सुपारीको भन्दा राम्रो आम्दानी हुन थालेपछि उनी आफै चकित छन् । केही समय अघिसम्म सुपारी बगानमा केही हुँदैन भन्ने सोच बोकेका उनी अहिले अरुलाई पनि जमीन बाँझो नराख्न सल्लाह दिन्छन् ।

ओम नय शिवाय कृषि फर्म दर्ता गरेर कागती र सुपारीका बिरुवा उत्पादन गर्दै बिक्री वितरण गर्न शुरु गरेपछि उनको आम्दामी सोचेभन्दा राम्रो हुँदै गएको छ । नगरेर रहेछ उनले भने, ‘जागर भए यही माटोमा सुन फल्छ । सुपारी बगानभित्र मैले सुपारीको भन्दा धेरै आम्दानी अरु बालीबाट गर्न थालेको छु ।’

सुपारी बगानभित्र लगाएको अन्य बालीबाट मात्रै वार्षिक पाँच लाख बढी आम्दानी लिने गरेको छु’, उनले भने । जयपुर क्षेत्रमा सुपारी बगान भित्र धेरैले अन्य खेती गर्दै आएका छन् । तर छोटो समयमा कागतीबाट मनग्य आम्दानी लिन सकिने भएपछि त्यस क्षेत्रका कृषक कागती खेतीतर्फ आकर्षित भएका हुन् ।

मेची नगरपालिकाको काँकडभिट्टास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना एक लाखभन्दा बढी शेयर सदस्यलाई कागतीका बिरुवा वितरण गरेको छ । जिल्लाका बुद्धशान्ति, बाह्रदशी गाउँपालिका, अर्जुनधारा, मेचीनगर, भद्रपुर, कनकाइ नगरपालिकालगायत क्षेत्रमा व्यावसायिक रूपमा कागती खेती भइरहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस