९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् गृह सचिवका ४ बलिया दाबेदार, कोइरालाको पल्ला भारी

अ+ अ-

काठमाडौँ । गृह सचिव प्रेमकुमार राईले आगामी माघ २२ गते पाँच वर्षे कार्यकाल पुरा गरी सेवानिवृत्त हुँदै गर्दा भावी गृह सचिवको विषयमा चर्चा सुरु भएको छ ।

निजामती सेवाको मुख्यसचिव पछि सबैभन्दा आकर्षक र शक्तिशाली मानिने गृह सचिवका लागि सचिवहरूको दौडधुप सुरु भएसँगै चार जना सचिव बलियो दावादारीका रूपमा हेरिएको छ ।

प्रशासन उच्च स्रोतकाअनुशार यादव कोइराला, महेश्वर न्यौपाने, केदारबहादुर अधिकार र लक्ष्मण अर्यालमध्येबाट एक जना गृह सचिव हुनेछन् ।

‘सबैको सम्भावना उत्तिकै छ’, उच्च स्रोतले भन्यो, ‘यी चारमध्येबाटै एक जना गृह सचिव हुन्छ’

अधिकांश सचिवको रोजाई गृह मन्त्रालय नै पर्ने भएपनि सबैले भने यो अवसर पाउँदैनन् । यति बेला चर्चामा रहेका सचिवहरूमध्ये सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाको बलियो सम्भावना देखिएको छ । १ नम्बर प्रदेशको प्रमुखसचिव, काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदै हाल सामान्य प्रशासन मन्त्रालयमा रहेका सचिव कोइराला गृह प्रशासनको अनुभवी प्रशासक मानिन्छन् । गृह मन्त्रालयकै शान्ति सुरक्षा महाशाखा प्रमुख तथा प्रवक्ताको भूमिका निर्वाह गरिसकेका कोइराला अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै झापा, पर्सा, कास्की तथा ललितपुरको प्रमुख जिल्ला अधिकारी(सिडिओ) भई सकेका छन् ।

चीनमा सुरक्षा डिफेन्स प्रशिक्षणसमेत लिई सकेका कोइराला निजामती प्रशासनमा हक्की, निडर र इमानदार प्रशासकको रूपमा चिनिन्छन् । स्पष्ट बोलीका कारण कर्मचारीबिच ठाडो स्वभावका सचिवका रूपमा चित्रित गरिए पनि मनमा पाप र व्यवसायिकतामा नचुक्ने स्वभावकै कारण राजनीतिक र प्रशासन वृत्तमा कोइराला प्रस्ट प्रशासकका रूपमा बुझिन्छ । पछिल्लो समय निजामती क्षेत्रमाथि भई रहेका अनेक खाले बाह्य प्रहारहरूको समेत डटेर सामना गर्दै आएका सचिव कोइराला नै गृह सचिवका लागि पहिलो दावेदारीकारुपमा लिइएको गृह प्रशासनमा चर्चा छ ।

‘तत्काल निर्णय गर्न सक्ने क्षमता र बोलीको कमाण्डिङका कारण उनी नै अहिलेको उपयुक्त व्यक्ति हुन सक्छन्’ एक गृह अधिकारीले भने ।

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव महेश्वर न्यौपाने दोस्रो दाबेदार देखिएका छन् । पर्यटन मन्त्रालय, सार्वजनिक खरिद अनुगमन हुँदै अख्तियार पुगेका सचिव न्यौपानेसँग गृह प्रशासनको अनुभव छैन भने प्रहरीको समेत नेतृत्व गर्नुपर्ने भएकोले कमाण्डिङ क्षमतासमेत नभएको उनकै सहकर्मीको भनाई छ ।

गृह सचिवका लागि तेस्रो दाबेदार पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी अस्थिर सचिवका रूपमा लिइन्छन् । तत्कालीन स्थानीय विकास मन्त्रालय, सञ्चार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाणिज्य मन्त्रालय, स्वास्थ्य मन्त्रालय हुँदै पर्यटन मन्त्रालय पुगेका अधिकारी तीन महिना भन्दा बढी एउटा मन्त्रालयमा टिकेका छैनन् । अस्थिरतासँगै कमाण्डिङ क्षमताका हिसाबले समेत अधिकारीलाई गृह नेतृत्व दिने सम्भावना कमै देखिएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाई छ ।

गृह सचिवका लागि चौथो दावादारीका रूपमा रहेका लक्ष्मण अर्याल हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन् । उनी गृह सचिव भन्दा पनि अर्थ सचिवका लागि दौडधुप गरिरहेका छन् । उनीसँग पनि गृहको अनुभव छैन ।

हाल काठमाडौँ महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका केदार न्यौपाने र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्य गौतमको नाम पनि चर्चामा छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसँगै तिनै तह र गृहमा काम गरेको अनुभव रहेको भए पनि भूमि सचिव गौतम भने शिक्षा तर्फका हुन् । उनीसँग गृहको अनुभव छैन ।

मुलुकको शान्ति सुरक्षाको प्रशासनिक नेतृत्व सम्हाल्ने कार्य लरोतरो हिसाबले चल्दैन, प्रशासनदेखि शान्ति सुरक्षासम्म चुस्त दुरुस्त राख्न सकेकै कारण विशिष्ट छवि बनाएका गृह सचिव प्रेमकुमार राईले सुरु गरेका सुधारका योजनालाई निरन्तरता दिने कार्य सबैका लागि त्यति सहज नहुन सक्छ । राईले प्रशासन र राजनीतिबिच जुन सम्बन्ध स्थापित गर्दै मुलुकको गृह प्रशासनलाई एक किसिमको गतिमा अघि बढाएका छन्, त्यसलाई कायम राख्दै थप परिणाममुखी बनाउन पनि इमानदार, निर्भीक र उच्च मनोबलयुक्त अनुभवी सचिव नै अहिलेको आवश्यकता हो ।

विशेष गरी प्रहरी प्रशासनको समेत नेतृत्व गर्ने भएकोले प्रहरीलेसमेत टेर्ने र पत्याउँदो गृह सचिव हुनुपर्ने पूर्वगृहसचिवहरुको भनाई छ ।

गृह प्रशासनको नेतृत्व गर्ने प्रशासकमा मुलुकको सुरक्षा चुनौतीको सूक्ष्म अध्ययन तथा विश्लेषण गर्न सक्ने, सुरक्षा चुनौतीका आन्तरिक र बाह्य पक्षहरू पहिचान गरी तत्काल निर्णय लिन सक्ने, सबै सुरक्षा निकायलाई प्रभावकारी ढङ्गले समन्वय र परिचालन गर्न सक्ने तथा सुरक्षासँग सम्बन्धित विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबिच पुलका रूपमा काम गर्न सक्ने व्यक्ति हुनुपर्ने हुन्छ ।

त्यसैगरी सबै जिल्लाका जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) तथा त्यति नै सङ्ख्यामा रहेका इलाका प्रशासन प्रमुखसँग समन्वय गर्न सक्ने, सम्भावित सुरक्षा चुनौतीको पूर्वआँकलन गर्दै तदनुरूपको रणनीति तयार गर्न सक्ने तथा उच्च निर्णय क्षमता भएको, दृढ इच्छाशक्ति भएको, अटल, इमानदार र नैतिकवान् हुनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस