१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार ! रेल पछि ल्याउँला पहिले शौचालय बनाऊँ

अ+ अ-

एक साता अघि कार्यालयबाट घर फर्कँदै थिएँ, आँखाले देखेसम्मको दृश्य गाडीको जामले ढाकिएको थियो । एक जना महिला छोरीसँगै म सँगैको छेऊँमा बसेकी थिइन् । छोरीले बारम्बार आमालाई भनिरहिन्, मामु मलाई पिसाब लाग्यो, प्लिज गाडीबाट झरौँ न …. ।

आमाले छोरीलाई फकाउँदै थिइन्, एकै छिन हो छोरी पख न, जाम खुलिहाल्छ, घर पुगिहालिन्छ, बिच बाटोमा कहाँ ट्वाइलेट जानू ?’ एक छिनपछि फेरी छोरी कराउन थालिन्, ‘मामु मेरो पेट फुट्न लागिसक्यो, प्लिज ट्वाइलेट लैजानू न’ । दश–बाह्र वर्षकी छोरीलाई गन्तव्यमा नपुग्दै पिसाबले च्यापेपछि आमा झनै बिलखबन्दमा परेकी देखिन्थिन् ।

आमा छोरीसँग चर्कैसँग झर्किइन् ‘तँलाई अघि नै पानी नपिई भनेको होइन ? यात्रा गर्ने बेलामा कहिल्यै पनि पानी पिउनु हुँदैन, बल्लबल्ल पाएको गाडीको सिट, यहाँ ओर्लिएपछि अर्को गाडी हत्तपत्त पाइँदैन, पाए पनि बस्ने सिट हुँदैन । फेरी यहाँ भन्दावित्तिकै ट्वाइलेट कहाँ पाइन्छ ?’ अर्को छेउकी एक जना महिलाले ती छोरीकी आमालाई सम्झाइन् । ‘दिदी बाटोमा यात्रा गर्दा यस्ता धेरै भोगाइहरू हामी सबैका साझा हुन्, छोरीलाई धेरै गाह्रो भइसक्यो, हेर्नुस् त उसको अनुहार नै कस्तो भइसक्यो, नजिकैको कुनै होटेल, क्याफेमा जानुस् चिया, कफीको अडर गर्नुस् अनि ट्वाइलेट जानुस् यो भन्दा अर्को विकल्प छैन । म आफै कति पटक बाटोमा पिसाब लाग्दा खान मन नलागीकनै चिया, कफीको बहाना बनाएर ट्वाइलेट गएकी छु, आफ्नो भोगाइ तपाइलाई सुनाएको हो ’।

बाध्य भएर ती महिला रिसाउँदै छोरी लिएर गाडीबाट ओर्लिइन् । ती सानी नानीकी आमाले कुनै रेस्टुरेन्टमा पचास/सय रुपैयाँको चिया, कफी, खाजामध्ये केही अर्डर गरेर मात्रै नानीले पिसाब फेर्न पाइन् होला । यस्तो पिडा म आफूले पनि पटक-पटक भोग्दै आएको भएर होला उनको पिडा आफ्नै जस्तो लाग्यो । दसैँको सामान किन्न असन गएको बेला पिसाबले च्याप्दा एउटा खाजा घरमा पसेर खान मन नभईकन पनि खाजाको बहानामा शौचालय गएको पिडा सम्झिएँ ।

एक पटक बानेश्वरमा बाध्य भएर आधा बाटोमै गाडीबाट ओर्लिएर सिभिल हस्पिटलको शौचालयमा पुगेको सम्झिएँ । यी भोगाइहरूले सिकाए देखी अफिस बिदा हुनुभन्दा एक घण्टा पहिले देखी म पानी पिउँदिन, लामो यात्रामा निस्कँदा पानी नपिईकन हिँड्छु, । मेरो जस्तै, यी सानी नानीको भोगाइ सार्वजनिक सवारी साधनमा यात्रा गर्ने हामी सबैले भोग्दै आएका छौँ, भोगी नै रहेका छौँ ।

अझ चाडबाडको बेलामा लामो यात्रामा निस्कँदा यस्तो पिडा झनै धेरै भोग्नुपर्छ । राजमार्गहरूमा दैनिक हजारौँ नागरिक ओहोरदोहोर गर्ने स्थानहरूमा शौचालयहरू छैनन् । निकै तामझामका साथ गत असोज १३ गते खाने पानी तथा सरसफाइ मन्त्रालयले राष्ट्रिय सभागृहमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गर्नुभयो । प्रमको घोषणासँगै नेपाल पूर्ण रूपमा खुला दिशामुक्त क्षेत्र भइसक्यो । अव उपरान्त नेपालका कुनै पनि सार्वजनिक स्थानहरूमा खुला स्थानमा शौच गर्दै गरेका दृश्य देखिने छैनन्, नागरिक बाध्य भए सडक किनारामा छेलिएर शौच गर्न विवश हुनुपर्दैन भन्नेमा आशातीत हुनुपर्ने नागरिक उक्त घोषणा भए पनि उस्तै समस्याबाट ग्रसित भएका छन् । प्रमले सोही कार्यक्रममा थप्नुभयो– नेपालमा ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा कार्यलाई कदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गरिएको हो । सन् २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्ने सङ्कल्प पनि प्रमले गर्नुभयो । तथ्याङ्कमा अब नेपाल दक्षिण एसियामै पहिलो खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने राष्ट्र हो । वि.सं २०६८ सालमा कास्की जिल्लाबाट थालनी भएको यो अभियान राष्टलाई खुला दिशामुक्त गराएर समापन भएको छ । राष्टको लागि, अन्तर्राष्ट्रिय परिदृश्यमा पनि यो राम्रो समाचार हो तर व्यवहारमा भोगिएका पीडालाई कसरी पोखौँ प्रम ज्यु ?

दसैँमा घर जाँदा लामो यात्रा, पटक-पटक पिसाब फेर्न गाडी रोकाउनुपर्छ । आफूले भनेको स्थानमा गुरुजीले गाडी रोक्दैनन्, बल्लतल्ल रोकेको स्थानमा मलमुत्रको मलखाद बनेको हुन्छ । त्यही मलखादको सामुन्ने ठुलो बोर्ड झुन्डिएको हुन्छ,…. खुला दिशामुक्त क्षेत्र घोषणा भएको मितिसहितका रगिन अक्षरहरू । पुरुषको तुलनामा महिलाहरूलाई निकै पिडा भएको आफ्नै भोगाइ र बाध्यताले देखाउँछ । जहाँ मन लाग्यो त्यही शौच गर्न सम्भव छैन, शौच गर्न गाडी रोकेका स्थानहरू पनि दुर्गन्धले बसिसक्नु हुदैनन अनि त्यही लेखिएको हुन्छ खुला दिशामुक्त क्षेत्र ।

नागरिकका हैसियतमा प्रश्न गर्न चाहन्छु, खुला दिशामुक्त क्षेत्र भनेको के हो ? यसको लागि के कस्ता मापदण्डहरू पुरा हुनुपर्छ ? पूर्वाधारहरू के कस्ता बन्नुपर्छ ? सहरमा पायक पर्ने स्थानमा सार्वजनिक शौचालय छैनन्, कहीँ भइहाले भने पनि शौचालय छिर्नु अघि नै बान्ता हुन्छ । सामान्य उदाहरण हेरौँ न रत्नपार्कबाट हिँडेको यात्रु धुलिखेलसम्म पुग्दा, वा थानकोटसम्म पुग्दा वा अन्यत्र अलि लामो दैनिक रुटको यात्रा गर्दा या त ऊ पानी नपिईकन गाडी चढ्नुपर्छ या सडकका दायाँबायाँ किनारामा छेलिएर शौच गर्नुपर्छ । सरकारी अस्पताल र स्कुल क्याम्पस नजिकमा कहाँ छन् हेर्नुपर्छ । त्यो पनि भएन भने बाध्य भएर होटेल, रेस्टुरेन्टमा छिरेर चिया, कफीको बहानामा शौचालय जानुपर्छ ।

हरेक दिन यही सडकमा ओहोरदोहोर गर्ने यात्रुले बिच बाटोमा शौच गर्नुपर्ने भयो भने शौचको लागि ठाउँ नै नपाउने कस्तो व्यवस्था होला त ? मेरा धेरै साथीहरू छन् जो आधा घण्टामा घर पुगिने भए पनि जामका कारण दुइघण्टा भन्दा बढी समय गाडीमै बिताउँछन् । उनीहरू सबैले एउटै गुनासो सुनाउँछन्, गाडी चढ्ने भनेपछि एक घण्टा पहिले देखी पानी खाँदैनौ ।

काठमाडौँ आकाशे पुलहरू शौचालयको रूपमा चिनिएका छन्, बाटो काट्ने माध्यमको रूपमा प्रयोग गर्नुपर्ने आकाशे पुल कुकुर र मान्छेको मलमुत्रले दुर्गन्धित बन्दै आएका छन् । खोलाको छेउछाउ गइ साध्य छैन । सडकको किनारामा बाध्य भएर यात्रु शौच गरेको देखिन्छ । देखे पनि नदेखे जसरी हिँड्नुपर्छ ।

हतार हतारमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा खुला दिशामुक्त राष्ट्रको रूपमा चिनाउनुको साटो पायक पर्ने मुख्य-मुख्य स्थानहरूमा सार्वजनिक शौचालयको व्यवस्था गरिदिएको भए म जस्ता धेरै यात्रुहरू गाडी चढ्नु भन्दा एक घण्टा अघि देखी पानी नखान बाध्य हुने थिएनौँ । बिच बाटोमै शौचालय जानुपर्दा होटलहरु चहार्न पर्दैनथ्यो । सार्वजनिक सवारीमा यात्रा रत ‘यात्रुका बह कसैलाई नकह…. ।’ रेल बरु बिस्तारै ल्याउला सरकार, पहिले सार्वजनिक स्थानहरूमा शौचालयको व्यवस्था गर्न पाए हुन्थ्यो कि !

प्रतिक्रिया दिनुहोस