७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

के छ त राई सरको ‘ह्याण्डओभर नोट’मा

अ+ अ-

काठमाडौँ । आजबाट अनिवार्य अवकाश लिएका गृह सचिव प्रेम कुमार राई निजामतीका चम्किला ताराका रूपमा चिनिन्छन् । सुधारवादी प्रशासकको छवि बनाएका राई जागिरको सिलसिलामा जति पनि ठाउँ बसे, केही नयाँ गरेरै हिँडे । नेपालको निजामती प्रशासनमा ३६ वर्ष व्यथित गरेका राईले जागिरको उत्तरार्धका २२ महिना गृह सचिवबाट बिदाइ हुँदै गर्दा पनि नौलो छाप छोडेर गए ।

नयाँ गृह सचिवका रूपमा आएका महेश्वर न्यौपानेलाई स्वागत गर्दै सफलताको शुभकामनासहित बरबुझारथ परम्पराको स्थापित गरेका राईले हस्तान्तरण प्रतिवेदनको माध्यमबाट संस्थाका आन्तरिक विषयवस्तुको छिटो र आधिकारिक रूपमा जानकारी भई संस्थाभित्रको सामाजिकीकरणलाई प्रभावकारी बनाउन अभिलेख महत्त्वपूर्ण हुने भन्दै मन्त्रालयको कार्यक्षेत्र, कार्यदिशा, पदवहाली गर्दाको अवस्था, उपलब्धि, कार्य सम्पादनको अवस्था, समस्या, चुनौती तथा भावी कार्यदिशा लगायत विषयवस्तुलाई दस्ताबेजका रूपमा पेस गरे ।

उनको यो कदमको गृह प्रशासन मात्र होइन, सम्पूर्ण कर्मचारीले स्वागतयोग्य भनेका छन् ।

गृह सचिव राईले गरेको सुरुवात राम्रो थालनी भएको पूर्वगृहसचिव गोविन्द कुसुमको भनाइ छ । ‘नयाँ सचिव आई नसकेको अवस्थामा गोप्य रिपोर्ट बनाएर छोड्नेसम्मको चलन भए पनि यसरी औपचारिकरुपमै सम्पूर्ण बरबुझारथसहित प्रतिवेदन भने यसअघि प्रचलनमा थिएन’, पूर्वगृहसचिव कुसुमले भने, ‘आउने सचिवलाई सजिलोका लागि जे गर्नुभयो, त्यो एकदमै राम्रो गनुभयो ।’

त्यसो त गृह मन्त्रालयमा सोमबार सचिव राईलाई बिदाइ गर्न आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले उनको खुलेरै प्रशंसा मात्रै गरेनन् नयाँ जिम्मेवारीमा पठाउन लागिएको समेत बताए । राईको इमानदारी, योग्यता र राष्ट्र प्रेमका कारण मन्त्रालयले धेरै सफलता पाएको भन्दै राईलाई नयाँ अभियान र नयाँ सेवामा पठाउन लागिएको मन्त्री थापाले खुलासा गरे ।

पछिल्लो समय राजनीतिज्ञ र कर्मचारी दुबैले खुलेरै एक अर्काको प्रशंसा गर्न नसकिरहेको अवस्थामा भव्यविदाई सहित थप जिम्मेवारीमा पठाउने मन्त्रीको उद्घोषलाई राईको व्यावसायिक इमानदारीतासँग जोडेर हेर्न सकिन्छ ।

हेर्नुहोस् राईले बुझाएको पद हस्तान्तरण तथा बरबुझारथ प्रतिवेदन

प्रतिक्रिया दिनुहोस