१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक खरिद व्यवस्थापनका उदेश्य र सिद्धान्त

अ+ अ-

-जन साधारणको भाषामा खरिद रुपैयाँ पैसा दिएर वस्तु लिने दिने प्रक्रिया हो ।
-सार्वजनिक खरिदको भाषामा मालसामानको आपूर्ति गर्ने, सेवा करारमा लिने, निर्माण तथा मर्मत सम्भार सम्बन्धी कार्य गर्ने वा गराउने, भाडा दर तथा दररेट निर्धारण गर्ने लगायत सार्वजनिक निकायबाट भुक्तानी दिई गरिने जुनसुकै प्रकारको कार्य खरिद हो ।
-सार्वजनिक खरिद व्यवस्थापन खरिदको योजना, विधि वा प्रक्रिया, कार्यान्वयन अनुगमन, मूल्याङ्कन तथा सो को समीक्षा र भावी रणनीति सहितको समुच्च रूप हो ।
– सार्वजनिक खरिदको आधारभूत प्रकृति, विशेषता, कानुनी प्रावधान, विधि वा प्रक्रिया लगायतका विषयवस्तुको आधारमा यसका उद्देश्य वा सिद्धान्तहरू तपसिल बमोजिम उल्लेख गर्न सकिन्छ ।

(क) सार्वजनिक खरिद व्यवस्थापनका उदेश्य
१. खरिद सम्बन्धी कार्यको योजना बनाउने
२. खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुल्ला, पारदर्शी, वस्तुनिष्ठ र विश्वासनिय बनाउने
३. खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता ईमान्दारिता, जवाफदेहिता र विश्वसनियता कायम गर्ने
४. तोकिएको समयसिमा भित्रै खरिद गर्ने
५. उपयुक्त लागतमा खरिद गरी मितव्ययिता कायम गर्ने
६. निर्धारित गुणस्तर कायम गरी आवश्यक तथा उपयुक्त परिमाणमा मात्र खरिद गर्ने
७. खरिद कार्यमा संलग्न कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने
८. खरिद सम्बन्धी कार्यलाई एकीकृत गर्ने
९. खरिद सम्बन्धी कार्यमा सहजीकरण गर्ने
१०. खरिद सम्बन्धी ऐन नियममा समयानुकूल परिवर्तन गर्दै लाने
११. सार्वजनिक खरिदका सन्दर्भमा अनुसन्धान गर्ने
१२. खरिद कार्यको अनुगमन र मूल्याङ्कन गर्ने
१३. खरिद सम्बन्धी कार्यको सर्वसाधारणमा विस्वासनियता प्रवर्द्धन गर्ने

(ख) सार्वजनिक खरिदका सिद्धान्तहरु
(अ) अधारभूत सिद्धान्तहरु
१. एकीकृत खरिदको सिद्धान्त (Integrity)
२. E-Bidding वा खुल्ला प्रतिस्पर्धाको सिद्धान्त (Competition)
३. पारदर्शिताको सिद्धान्त (Fairness/Transparency)
४. गोपनीयताको सिद्धान्त (Secretness)
५. लाभ र लागत गणनाको सिद्धान्त (Economy)
६. न्यूनतम लागतको सिद्धान्त (Bidding Price)
७. गुणस्तर कायम गर्ने सिद्धान्त (Quality)
८. उत्तरदायित्वको सिद्धान्त (Accountability/Answerability)
9. समय सीमाको सिद्धान्त (Time)
१०. प्रभावकारिताको सिद्धान्त (Efficiency)
११. जमानत लिने दिने सिद्धान्त (Security/ Guarantee)

(आ) अन्य सिद्धान्तहरु
१. योजनाबद्ध/ चरणबद्ध/ क्रमबद्ध खरिदको सिद्धान्त
२. मूल्य आधार सिद्धान्त
३. परिमाणमा आधारित सिद्धान्त
४. दण्ड र सजाएको सिद्धान्त
५. अनुगमन र मूल्याङ्कनको सिद्धान्त
६. खरिद कार्यमा संलग्नहरूको आचरणको सिद्धान्त
७. उपभोक्ताहरूलाई प्रत्यक्ष संलग्न गर्ने सिद्धान्त
८. विशेष परिस्थितिमा गरिने खरिदको सिद्धान्त
९. लोक कल्याणकारिताको सिद्धान्त
१०. आवश्यकताको सिद्धान्त
११. संशोधन र पुनर्मूल्यमङ्कनको सिद्धान्त
१२. तोकिएका निकाय वा इकाईले मात्र खरिद गर्ने सिद्धान्त
१३. Bidder Qualification को सिद्धान्त
१४. राष्ट्रिय र अन्तर्राष्ट्रिय Bidding को सिद्धान्त
१५. खरिद कार्यमा सहजीकरणको सिद्धान्त
१६. कनूनमा समयानुकूल परिमार्जन तथा पुनर्लेखनको सिद्धान्त

प्रतिक्रिया दिनुहोस