१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक अभाव भएका विद्यालयमा एक वर्षको लागि खटाइँदै स्वयमसेवक

अ+ अ-

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक अभाव भएको विद्यालयमा एक वर्षका लागि स्वयम्सेवक शिक्षक पठाउने तयारी गरेको छ । आगामी शैक्षिक शत्रका लागि मन्त्रालयले एक वर्षका लागि करारमा स्वयम् सेवक शिक्षक पठाउने तयारी गरेको हो ।

मन्त्रालयले स्वयमसेवक शिक्षक नियुक्तका लागि कार्यविधिसमेत तयार गरेको छ । करारमा नियुक्त हुने स्वयमसेवक शिक्षकका लागि मासिक २४ हजार देखि ३२ हजारसम्म पारिश्रमिक दिने गरी कार्यविधि तयार पारेको छ । स्वयमसेवक शिक्षकको न्युनतम योग्यता स्नातक र स्नातकोत्तर तह रहेको छ । स्नातक गरेकालाई मासिक २४ हजार र स्नातकोत्तर गरेकालाई मासिक ३२ हजारका दरले पारिश्रमिक दिइने मन्त्रालयले जनाएको छ ।

यस कार्यक्रमका लागि सरकारले १२ करोड बजेट छुट्याएको मन्त्रालय स्रोतले जनाएको छ ।

यस्ता शिक्षकको लागि अध्यापन अनुमतिपत्र आवश्यक नपर्ने जनाएको छ ।

मन्त्रालयकाअनुसार शिक्षक विद्यार्थी अनुपात धेरै भएका, अंग्रेजी, गणित र विज्ञान शिक्षक अपुग भएका वा त्यस्ता शिक्षक दरबन्दी नभएका सामुदायिक विद्यालय र प्राविधिक धारका विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन गरिने छ। कार्यविधिअनुसार स्थानीय सरकार र जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमार्फत सूची बनाएर शिक्षक नियुक्ति गरिनेछ।

कार्यविधि अनुसार स्थानीय तहले शिक्षण स्वयंसेवकको स्थानीय तहगत स्वीकृत सूचीबाट आफ्नो क्षेत्रभित्रको विद्यालयको लागि स्वयंसेवक नियुक्तिको सिफारिस गर्ने छ । शिक्षण स्वयंसेवक परिचालन तथा समन्यवकारी भूमिका निर्वाह गर्न शिक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा केन्द्रीय स्तरमा एक समन्वय तथा परिचालन समिति रहने छ।

मन्त्रालयका अनुसार उक्त समितिले स्वयंसेवकको व्यवस्थापन सम्बन्धी सम्पूर्ण योजना तथा कार्यक्रम स्वीकृत गर्ने काम गर्नेछ। समितिले हाल विद्यालयमा कायम विषयगत शिक्षक दरबन्दी, राहत अनुदान कोटा र केन्द्रद्वारा वितरण गरिने शिक्षण सहयोग अनुदानसमेतलाई गणना गरेर अपुग रहेका विद्यालयमा स्वयंसेवक परिचालन गर्ने गरी संख्या निर्धारण गर्ने छ।

स्वयमसेवक शिक्षक राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशन गरेर नियुक्ति गरिने तथा स्वच्छ प्रतिस्पर्धा गराएरमात्रै नियुक्त गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस