९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी उच्च पदस्थलाई विभूषण दिन नयाँ व्यवस्था

अ+ अ-

काठमाडौँ । विदेशी उच्च पदस्थलाई विभूषण प्रदान गर्न कानुन संशोधन गरिने भएको छ।

विभूषणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मस्यौदामा ‘सगरमाथा सम्मान विभूषण’को व्यवस्था गर्दै नेपाल कानुन आयोगले मस्यौदा सुझाव र छलफलमा ल्याएको छ।

विदेशी राज्यका राष्ट्राध्यक्ष, सरकार प्रमुख, मन्त्री वा सो सरहका पदाधिकारीलाई दिइने सम्मान विभूषणका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको अधिकार, पहिचानमा अतुलनीय योगदान पुर्‍याएको हुनुपर्ने प्रावधान प्रस्ताव गरिएको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव, सो सरहका पदाधिकारी वा अवकाशप्राप्त व्यक्तिलाई पनि उक्त विभूषण दिन सकिने मस्यौदामा उल्लेख छ । विभूषण विश्व शान्ति, अन्तर्राष्ट्रिय भाइचारा, मानवअधिकार संरक्षण, अन्तर्राष्ट्रिय स्तरमा सामाजिक न्याय तथा प्रगतिका लागि ख्यातिप्राप्त राजनेता, विश्वविख्यात वैज्ञानिक वा नोबेल पुरस्कार विजेतालाई पनि यो सम्मान विभूषण दिन सकिनेछ। तर, यस्ता व्यक्ति अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त हुनुपर्नेछ। ख्यातिप्राप्त वैज्ञानिक र नोबेल पुरस्कार विजेतालाई पनि सगरमाथा सम्मान विभूषण प्रदान गर्न सकिने प्रस्ताव विधेयकमा गरिएको छ ।

विदेशी राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख, मन्त्री वा सो सरह वा सोभन्दा माथिका पदाधिकारी र अन्य नागरिकको हकमा परराष्ट्रमन्त्रीले सिफारिस गर्ने व्यवस्था रहेको छ ।

एकै व्यक्तिले एक पटकभन्दा बढी यो विभूषण पाउने छैनन्।

गौतम बुद्ध पदक पनि विदेशी नागरिकले मात्र पाउने व्यवस्था प्रस्तावित विधेयकमा उल्लेख छ ।

नयाँ विधेयकको मस्यौदामा सगरमाथा सम्मान विभूषण र गौतम बुद्ध पदक थप गर्न प्रस्ताव गरिएको छ । यसअघि चार प्रकारका विभूषण रहेकामा दुई प्रकारका विभूषण थप्न प्रस्ताव गरिएको हो ।

यसअघि नेपाल रत्न, राष्ट्र गौरव, राष्ट्रदीप र जनसेवाश्री कायम थिए । यससँग्ै मर्यादाक्रममा पनि हेरफेरको प्रस्ताव छ । नेपाल रत्नपछि सगरमाथा सम्मान विभूषणलाई दोस्रो मर्यादाक्रममा राखिएको छ । यसअघि दोस्रो क्रममा रहेको राष्ट्र गौरवलाई तेस्रो स्थानमा राखिएको छ । थप गरिएको गौतम बुद्ध पदकलाई छैटौँ स्थानको अन्तिममा राखिएको छ । विधेयकले सबै मानपदवीको व्याख्या पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस