१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असिनाले बेमौसमी तरकारीमा क्षति

अ+ अ-

सल्यान । बेमौसमी तरकारी खेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको कपुरकोट गाउँपालिकामा परेको असिनाले तरकारी तथा खाद्यबालीलाई पूर्णरूपमा क्षति पु¥याएको छ ।

गाउँपालिकाका सबै क्षेत्रमा असिना परेर बेमौसमी तरकारी नष्ट पारेको कपुरकोट गाउँपालिका–१ बाँजबोटका बमबहादुर कुँवरले जानकारी दिए । “असिनाले १४ रोपनीमा लगाएको बेमौसमी तरकारी पूर्णरूपमा क्षति भएको छ, असिनाले वर्षभरिको आम्दानीको बाटो बन्द भएको छ ।” उनले भने । कुँवरका अनुसार बाँजबोटमा रहेका २० घरपरिवारको करिब २०० रोपनीमा लगाएको तरकारी बाली नष्ट भएको छ ।

खुर्सानी, टमाटर, भेडेखुर्सानी, लसुन, काँक्रा, तितेकरेलालगायतका तरकारीमा पूर्णरुपमा क्षति पु¥याएको कृषक ओजबहादुर खड्काले जानकारी दिए । “मैले १३ रोपनीमा तरकारी खेती गरेको थिएँ, अहिले असिनाले पूरै सखाप पारेको छ, बारीबाट एक केजी तरकारी आउने अवस्था छैन, परिवारको गर्जो कसरी टार्ने आम्दानीको बाटो बन्द भयो”, उनले भने ।

कपुरकोट–३ पाखापानीका किसान भीमबहादुर बुढाले आफ्नो रु एक लाख ५० हजार बढीको तरकारी खेतीमा क्षति पुगेको जानकारी दिए । “हाम्रो मुख्य पेशा भनेको यही तरकारी खेती थियो, छ रोपनीमा लगाएको काउली, टमाटर र केराउबाली सबै खत्तम भयो”, उनले भने ।

कपुरकोट–५ का किसान पूर्भान पुनको फलफूल खेतीमा पनि क्षति पुगेको छ । असिनापानीले तरकारीको नर्सरी, प्लास्टिक घरको प्लास्टिकमा समेत क्षति पु¥याएपछि कृषक चिन्तित बनेका छन् ।

गाउँपालिकाका रिम, सिनवाङ, लेकसल्लामा, सारपानी गर्पा, धनबाङ, मूलपानीलगायतका क्षेत्रमा क्षति पु¥याएको कपुरकोट गाउँपालिाका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए । “तरकारीको बेर्ना बारीमा भर्खर सार्ने बेला भएको थियो, ठूलो असिना परेर सबै बालीनालीमा ठूलो क्षति पु¥याएको छ, यसबारेमा कसरी अगाडि बढ्ने भन्ने छलफल गरेर अगाडि बढ्छौँ”, उनले भने । करिब रु १० करोडभन्दा बढीको क्षति भएको अनुमान छ, अब सबै तथ्याङ्क सङ्कलन गरेपछि यथार्थ विवरण आउँछ अनि गाउँपालिाकाले रणनीति तयार गर्ने छ”, अध्यक्ष सेनले भने ।

बेमौसमी तरकारीका लागि प्रसिद्ध कपुरकोट क्षेत्रमा क्षति पु¥याएपछि उत्पादन घट्ने निश्चित भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै कपुरकोट क्षेत्रबाट करिब रु ३४ करोड बराबरको बेमौसमी तरकारी निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस