९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

के सिंहदरवारभित्र कोरोना प्रवेश गर्दैन ?

अ+ अ-

काठमाडौँ । विश्वव्यापीरुपमा कोरोना कहर छ । छिमेकी मुलुकहरूमा पनि देखिइसकेकोले नेपालमा संक्रमण हुन नदिन र विस्तार रोक्न सरकारले विभिन्न निर्णयहरू गरिरहेको छ । र, भाइरसबाट जोगिन सरसफाइ र सुरक्षाका उपाय अपनाउन पनि सर्वसाधारणहरूलाई अपिल गरिरहेको छ तर देशकै प्रमुख सिँहदरवारमा भने यो यी जानकारीहरूबाट बेखबर जस्तै छ ।

आम नागरिकलाई हिँडडुल गर्दा मास्क लगाउन, साबुन पानीले हात मिचिमिची धुन र स्यानिटाईजर प्रयोग गर्न भनिरहँदा सिंहदरवारमा भने प्रधानमन्त्री कार्यालयबाहेक अन्य कुनै मन्त्रालयले सतर्कता अपनाएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने ढोकामै स्यानिटाइजर राखेर कर्मचारीदेखि सबै आगन्तुकहरुलाई अनियार्यरुपमा स्यानिटाइजर प्रयोग गरेर मात्रै भित्र पस्न दिने गरेको छ ।

प्रत्येक मन्त्रालयमा नियमित काम गर्ने सयौँ कर्मचारी तथा दैनिक त्यतिकै सङ्ख्यामा विभिन्न कामले आउने सेवाग्राहीहरूको भिड रहने भए पनि ढोकामा स्यानिटाईजरको व्यवस्थासमेत गर्न नसक्नु लाजमर्दो विषय हो । यद्यपि सचिव तथा केही सहसचिवहरूले आफ्नो टेबुल तथा गाडीमा भने स्यानिटाइजरको बट्टा राखेको देखिन्छ तर भेट्न आउने आगन्तुकका लागि कुनै व्यवस्था छैन ।

मन्त्रालयका उच्च अधिकारीहरू कोरोना भाइरस सम्बन्धी छलफल गर्न थालेको दुई महिना बढी भइसकेको छ । तर अरूलाई निर्देशन दिने मन्त्रालय आफैले कार्यान्वयन गर्न नसक्नु विडम्बना हो ।

आवश्यकता नहुँदा नहुँदै र कतिपय अवस्थामा आवश्यकता भन्दा बढी हुँदा पनि बरण्डामै थन्क्याएर भएपनि कमिसनका लागि आर्थिक वर्षमा अनावश्यक सामान खरिद गर्न कसैले भनिरहन नपर्ने मन्त्रालयका जिम्मेवार पदाधिकारीहरुले स्यानिटाईजर नै नपाएर हो कि ? धेरै कमिसन नआउने भएर हो ? सबै कर्मचारी र सेवाग्राहीका लागि किन खर्च गर्नुभनेर हो ?

सिंहदरवार परिसरभित्र स्वास्थ्य मन्त्रालयबाहेक सरकारका सबै(दुई दर्जन बढी) मन्त्रालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस