७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरसको सङ्क्रमण रोकथाममा रेडक्रसको विशेष तयारी

अ+ अ-

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले कोभिड-१९ को सम्भावित जोखिम भएका व्यक्तिलाई घर वा सामुदायिक स्थलमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आएमा स्थानको सहयोगका साथै त्यस्ता व्यक्तिलाई सहयोग गर्ने रणनीति बनाएको जनाएको छ ।

रेडक्रसले आवश्यक सामग्री खरिद, स्वास्थ्य अवस्थाको अभिलेखन, पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीलाई सहयोग, मनोसामाजिक परामर्श तथा सहयोग जस्ता क्षेत्रमा काम गरी जीवन सहज बनाउन रेडक्रसकर्मी खटिने जनाएको हो ।

उपचार गर्ने अस्पताललाई आवश्यक सहयोग व्यवस्था मिलाइने कोरोना भाइरस सङ्क्रमण भएको व्यक्ति पाइएको पुष्टि भएमा ऊ सँग सोअघि सम्पर्कमा आएका व्यक्तिको पनि खोजी गरी उपचार गर्नुपर्ने अवस्थामा खोजी गर्न रेडक्रसले तालीम प्राप्त टोलीको तयारी गरिसकेको छ ।

प्रतिकार्यका क्रममा रेडक्रस मूल्य मान्यताका साथै बाल संरक्षण, दुव्र्यवहार, लैङ्गिक तथा यौन हिंसा रोकथामका विषयलाई विशेष ख्याल गर्न निकायलाई निर्देशन दिइएको छ । कोरोना भाइरसको सम्भावित रोकथाम र प्रतिकार्यका लागि रेडक्रसले संस्थाका ७७ वटै जिल्लामा स्वयंसेवक र कर्मचारीको सक्रियता बढाएको रेडक्रसको स्वास्थ्य विभागका निर्देशक विपुल न्यौपानेले बताए ।

यसैगरी कोरोनाका कारण हुनसक्ने जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तरराष्ट्रिय महासङ्घ, युएनलगायतका निकायसँग आवश्यक समन्वय गरी समग्रमा त्यसबाट हुनसक्ने क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पु¥याउने गरी कार्यविधि र कार्ययोजना नै तयार गरी काम भइरहेको रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग निकटमा रही सन् २०२० को जनवरीदेखि कोरोना भाइरसको प्रतिकार्य र रोकथाममा रेडक्रसले काम गर्दै आएको छ ।

आपत्कालीन केन्द्र पनि सञ्चालनमा आइसकेको रेडक्रसले जनाएको छ । रेडक्रसले यस्तो विषम परिस्थितिमा फैलिने अफवाह वा भ्रम कम गराई मानसिक दबाब, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेय भाव कम गराउन आवश्यक कार्य गरिरहेको सेडक्रसका सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

शुक्रराज सरुवा रोग अस्पताल स्वास्थ्य डेस्कमा रेडक्रसका स्वयंसेवक दैनिक खटिइरहेका छन् । यसबाहेक रेडक्रस स्वयंसेवक र कर्मचारीले देश भित्रिने नाका, विमानस्थल तथा मानिसको बढी चहलपहल हुने स्थानमा स्वास्थ्य सहायता कक्षमा सहयोग गरिरहेका छन् । रक्तसञ्चार केन्द्रमा रगतको मागका लागि आउने बिरामीका आफन्तलाई पनि यस्तै सुरक्षाका उपाय अपनाइएको रेडक्रसले जनाएको छ ।

रक्तदानमा सहयोग गर्न आग्रह

नेपाल सरकारले भिडभाड नगर्न निर्देशन गरेअनुरुप मानिसको सामूहिक भेला हुनेक्रम घट्दै गइरहेकाले रक्तदान कार्यक्रममा समेत प्रभाव पर्न गई काठमाडौँलगायत देशका सबैजसो जिल्लामा रक्तदानका कार्यक्रममा कमी आएको रक्तसञ्चार केन्द्रका निर्देशक डा मनिता राजकर्णीकारले बताउनुभयो । रगतको आपूर्तिमा कमी हुन नदिन र रगत आवश्यक पर्ने बिरामीको जीवन बचाउन पायक पर्ने रक्तसञ्चार केन्द्रमा गई रक्तदान गर्न रेडक्रसले अनुरोध गरेको छ ।

निर्देशक डा। राजकर्णिकारले असहज परिस्थितिमा रक्तसञ्चार निरन्तर गर्न थप सतर्कता र तयारी गरिएको तथा सहयोगका लागि स्वास्थ्य मन्त्रालयसँग कुराकानी भइरहेको जानकारी दिनुभयो । रेडक्रसले अत्यावश्यक सेवाबाहेक अन्य सबै गतिविधि स्थगन गरेको छ । कोरोना भाइरसको प्रकोपको परिस्थिति मूल्याङ्कन गरी यही चैत तेस्रो साता हुने संस्थाको महाधिवेशनलाई २०७७ साल जेठ अन्तिम सातालाई सारिएको रेडक्रसका अध्यक्ष सञ्जीव थापाले बताए । यसअघि चैतको २३ देखि २५ गतेदेखि काठमाडौँमा महाधिवेशन तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस