१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्डक्सनप्रति उपभोक्ताको आकर्षण बढ्दो(फोटो फिचर)

अ+ अ-

काठमाडौँ । इन्डक्सन(विद्युतीय चुल्हो) प्रयोगप्रति उपभोक्ताको आकर्षण बढेको छ । सरकारले बुधवार मात्रै इन्डक्सन प्रयोग गर्नेलाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिने निर्णय गरेसँगै माग ह्वात्तै बढेको हो ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पछिल्ला केही दिन यता मात्रै तीन हजार पाँच सय बढी चुलो बिक्री गरेको छ ।

विश्वव्यापी महामारी घोषित कोरोना भाइरस(कोभिड-१९)को सङ्क्रमणको त्रास बढेसँगै खाना पकाउने ग्यास नपाउने भन्ने सन्त्रासका कारण पनि विद्युतीय चुल्होप्रति आकर्षित भएका हुन् । कम्पनीका नायव महाप्रबन्धक मोतीराज ज्ञवालीका अनुसार कम्पनीका उपत्यकास्थित विभिन्न बिक्री केन्द्रमार्फत इन्डक्सनको बिक्रितिवरण भइरहेको छ ।

कम्पनीलाई सरकारले सात हजार ३४० थान विद्युतीय चुल्हो उपलब्ध गराएकोमा विगत केही दिन यता मात्रै तीन हजारदेखि पैँतिस सय चुलो बिक्री भएको ज्ञवालीको भनाई छ । सङ्कटको सारथिको रूपमा रहेको सरकारी स्वामित्वको कम्पनीले खाद्यलगायत उपभोग्य वस्तुहरू बिक्री वितरणका घुम्ती सेवा सुरु गरेसँगै कम्पनीका उत्पादनहरूको माग बढेको छ ।

कोरोना भाइरसका कारण विभिन्न देशहरूले लकडाउन गर्न सुरु गरेसँगै नेपालमा पनि लकडाउन हुनसक्ने भन्दै कम्पनीको काउन्टरहरूमा इन्डक्सन तथा दाल, चामललगायत खाद्य वस्तु किन्नेको निकै भिड लागेको थियो । अहिले पनि कम्पनीका विभिन्न स्थानमा रहेका बिक्री काउन्टरहरूबाट इन्डक्सन चुलो बिक्री भइरहेको ज्ञवालीले बताए ।

‘मोबाइल भ्यानमार्फत पनि बिक्री सुरु गर्ने कि भन्ने थियो तर लक डाउनका कारण आम नागरिक आउन सक्ने नभएपछि तत्काललाई काउन्टरबाट मात्रै बिक्री भइरहेको छ’, नायव महाप्रबन्धक ज्ञवालीले भने, ‘काउन्टरबाटै पनि दैनिक सयौँ चुलोहरू बिक्री भइरहेको छ ।’

इन्डक्सन चुलो प्रयोग गर्नु भनेको देशभित्र उपलब्ध जलविद्युतको प्रयोग गरी प्रदूषण कम गर्न सघाउनु मात्र होइन कि निकै तीव्र गतिमा बढिरहेको पेट्रोलियम आयातलाई केही भए पनि घटाएर व्यापार असन्तुलनलाई मत्थर पार्नु पनि रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीको भनाई छ ।

‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफूसँग भएको इन्डक्सनको मौज्दात सकिएपछि पनि राम्रो खालको इन्डक्सनको व्यापारलाई भने निरन्तरता दिने सोच बनाएको छ’ प्रमुख कार्यकारी अधिकृत सुवेदीले भने ।

पछिल्लो समय नेपाल आयल निगमले आधा ग्यास बजारमा पठाउन निर्देशन दिएसँगै यसको माग अझ बढ्ने देखिन्छ । सुरुमा ग्याँसको मौज्दात पर्याप्त रहेको जनाउँदै आएको निगमले केही दिन अघि मात्रै ग्यास उद्योगीलाई आधा सिलिन्डर भरेर मात्रै बजारमा पठाउन भनेपछि ग्याँसको विकल्पमा इन्डक्सन रोज्नेको सङ्ख्या अझ बढ्ने देखिन्छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले विद्युतीय चुल्हो बिक्रीका लागि सरकारले सहजीकरण गरिरहेको बताउँदै विद्युत् महसुलसमेत छुट भएको अवस्थामा ग्यासको विकल्पमा चुल्हो नै प्रयोग गर्न सक्ने बताएका छन् ।

सरकारले विद्युतीय चुल्हो ल्याउने व्यापारीलाई भन्सार छुटसमेत दिने निर्णय गरेकोले त्यसबाट विद्युत् खपत बढाउन र आत्मनिर्भरतातर्फ अगाडि बढाउनसमेत मद्दत पुग्ने मन्त्री भट्टको भनाई छ ।

प्रतिक्रिया दिनुहोस