१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन दिनमा ८८ हजार सिलिण्डर ग्यास बिक्री

अ+ अ-

काठमाडौैँ । कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री भएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले तीन दिनका अवधिमा ग्यास उद्योगीले निगमलाई उपलब्ध गराएको तथ्यांकानुसार शुक्रबार, शनिबार र आइतबार ८७ हजार ६ सय ३० सिलिण्डर बिक्री भएको जानकारी दिए । उनका अनुसार आइतबार अपराह्न १ बजेसम्म उपभोक्तालाई भरी सिलिण्डर अर्थात् १४.२ किलोको दरमा वितरण गरिएको र १ बजेपछि आधा सिलिण्डर वितरण गरिएको थियो ।

शुक्रबार ३३ हजार ६ सय ५८, शनिबार १४ हजार १०८ सिलिन्डर र आइतबार ३९ हजार ८६४ सिलिण्डर ग्यास वितरण गरिएको उनले जानकारी दिए । औसतमा मासिक ३८ हजार टन ग्यास आयात हुँदै आएकामा मार्च महिना (फागुन १८ देखि चैत १५) हालसम्मकै उच्च अर्थात् ४५ हजार टन ग्यास आयात भएको निगमले जनाएको छ ।

निगमले उपभोक्ताले अनावश्यक रुपमा ग्यासको मौज्दात राखेको भन्दै आइतबार अपराह्न १ बजेपछि आधा सिलिण्डर मात्र ग्यास वितरण गर्न उद्योगलाई निर्देशन दिएको छ । निगमको निर्देशनानुसार अपराह्नपछि आधा सिलिण्डर मात्रा वितरण भएको ग्यास बिक्रेता महासंघले जनाएको छ । महासंघका कोषाध्यक्ष राजेश दाहालले सोमबारदेखि बजारमा ग्यासको सहज आपूर्ति भएको जानकारी दिए । ‘पहिलाभन्दा हाल केही सहज भएको छ, तर सबै ठाउँमा ग्यास पर्याप्त रुपमा पाइएको छैन’, उनले भने, ‘नेपाल ग्यासको अभाव अझै देखिन्छ ।‘

उपभोक्ताको समस्यालाई ध्यानमा राखी नेपाल ग्यासले बालाजु औद्यौगिक क्षेत्रबाट नै एक हजार सिलिण्डर ग्यास वितरण गर्ने भने पनि उक्त संख्याको ग्यास धेरै माग भएका डिपोमा पठाउँदा उपभोक्तालाई सहज हुने उनले तर्क राखे। उपभोक्ता घरभित्रबाट बाहिर निस्कन सक्ने अवस्था उभएको र उद्योगवाट वितरण गर्दा प्रभावकारी नहुँदा गुनासो बढी आएको स्थानमा वितरण गर्न उनले आग्रह गरे । निगमले हजारौंँको संख्यामा ग्यास सिलिन्डर वितरण गरेको जिरि गरे पनि सर्वसाधारणले भने अझै सहज रूपमा ग्यास पाएका छैनन् । रासस

प्रतिक्रिया दिनुहोस