१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लकडाउनले मजदूरको दैनिकी कष्टकर

अ+ अ-

पाल्पा । रामपुर नगरपालिका वडा नं ५ बस्ने ४० वर्षीया जमुना नेपालीले छ जनाको परिवार मजदूरी गरेर धान्दै आएकी छिन्। दैनिक मजदुरी गरेर चार छोराछोरी, सासूआमासहित छ परिवार पाल्दै आएकी उनका लागि बिहानबेलुकाको गर्जो टार्न मजदूरीको अन्य कुनै विकल्प छैन ।

लकडाउनका कारण मजदूरी गर्न नपाएपछि उनलाई परिवारको दैनिकी कसरी चलाउने भन्ने चिन्ता छ । “छोराछोरी र परिवारका लालनपालन गर्नैपर्‍यो, आम्दानी गर्ने बाटो मजदूरीबाहेक अन्य केही छैन”, उनले भनिन्। जमुनाका पति मनबहादुर तीन वर्षदेखि वैदेशिक रोजगारीका लागि मलेसिया गए पनि दुई वर्षदेखि कारागार जीवन बिताईरहेका छन् ।

सोही ठाउँकै सुमित्रा थापाले पति १२ वर्षअघि दोस्रो विवाह गरेर छुट्टै बस्न थालेदेखि रोजीरोटीका लागि रामपुर नगरपालिका क्षेत्रमा घर तथा भवन निर्माण क्षेत्रमा मजदूरीको काम गर्दै आएकी छिन् । तीन छोरी र सासूआमाको पालनपोषण तथा छोरीहरुको पढाइ खर्च सबै जिम्मेवारी उनले नै लिँदै आएकी छिन् ।

लकडाउनले ६२ वर्षीया फूलमाया विकलाई खानाको भन्दा पनि बढी घर भाडा कसरी बुझाउने भन्ने पिरलो छ । उनी रामपुर नगरपालिका क्षेत्रमा आठ वर्षदेखि मजदूरी गर्छिन् । दैनिक ज्यालादारी तथा मजदूरी नगरेसम्म तुल्सी सुनारका घरमा बिहानसाँझ चुल्हो बल्दैन ।

उनीहरु जस्तै दैनिक श्रम गरेर खाने नागरिक लकडाउनले बढी प्रभावित छन् । लकडाउनको समयावधि लम्बिँदै जाँदा काम गरेर खाने वातावरण मिलाइदिन उनीहरुले माग गरेका छन् । रामपुर नगरपालिका क्षेत्रमा मात्रै करीब दुई हजारदेखि तीन हजारको श्रमिक मजदूर कार्यरत छन् ।

स्थानीय तहले वडावडाबाट उनीहरुको लगत सङ्कलन गरेर राहत वितरण कार्य गरे पनि पर्याप्त नहुँदा उनीहरुलाई समस्या परेको छ । नगरपालिकाले एक हजार ६६ घरधुरीका चार हजार १३८ नागरिकलाई खाद्यान्न सहित औषधिसमेत वितरण गरेको नगर प्रमुख रमणबहादुर थापाले बताए । “अति विपन्न, असहाय, एकल महिला र अपाङ्गता भएका परिवारलाई वडा तहबाट लगत सङ्कलन गरेर नगरका दशवटै वडामा पायक पर्ने स्थानबाट दूरी कायम गरेर राहत सामग्री वितरण गरिएको छ” नगर प्रमुख थापाले भने ।

त्यस्तै पूर्वी पाल्पा मजदूर व्यवस्थापन समितिले रामपुर नगरपालिका क्षेत्रमा रहेर मजदूरी तथा ज्यालादारीमा काम गर्ने मजदूर लकडाउनका कारण समस्यामा परेपछि राहत वितरण गरिएको समितिका कोषाध्यक्ष चन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस