९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र ओइआरयूबीच अनलाइन शिक्षण प्रविधिसम्बन्धी सम्झौता

अनलाइन
अ+ अ-

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र शैक्षिक संस्था ओपन एजुकेसन रिर्सोस फर युनिर्भसिटिज (ओइआरयू) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । अनलाइन शिक्षण प्रविधि सञ्चालन गर्ने सम्बन्धमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र ओइआरयूकातर्फ वेनी म्याकिन्टसले हस्ताक्षर गरेका हुन् ।

ओइआरयू संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन(युनेस्को)को एक महत्वपूर्ण परियोजना हो । जसलाई ओइआर फाउण्डेशनले सञ्चालन गरिरहेको छ । विश्वभरका ४१ विभिन्न प्रतिष्ठित विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय संस्थाहरु यसमा आवद्ध छन् । एशियामा १३ तथा नेपालमा नेपाल खुला विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय मात्र ओइआरयूका साझेदार बनेका छन् ।

ओइआरयू आउटरिच पार्टनरसीप प्रोग्रामअन्तर्गत मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्झौता गरेको हो । विश्वविद्यालयका उपप्राध्यापक पञ्चदेव भट्टले ‘फोकल पर्सन’का रुपमा सहजीकरण गरिरहनुभएको छ । त्यस्तै, विश्वविद्यालयले अनलाइन शिक्षण प्रविधिका लागि टर्नइटइनसँग सम्झौता गरेको छ । यसअन्तर्गत ग्रेडस्कोप, फिडब्याक स्टुडियो र सिमचेक फर एडमिसन फिचरहरु छन ।

उपप्राध्यापक भट्टले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका लागि मात्र नभई नेपालकै लागि शैक्षिक क्षेत्रमा महत्वपूर्ण सम्झौता भएको दाबी गरे । “यी प्रणालीमार्फत विद्यार्थी तथा प्राध्यापक दुवैले अहिलेको लकडाउनका बेला मात्रै नभई भविष्यमा पनि अनलाइनका माध्यमबाट शैक्षिक सामग्री, अनुसन्धान शोधपत्र प्राप्त गर्न सक्छन्”, उनले भने, “सिङ्गो विश्वविद्यालयलाई इ–युनिभर्सिटी अर्थात् प्रविधिमैत्री विश्वविद्यालयको रुपमा स्थापित गर्न सम्झौताले धेरै मद्दत पुर्‍याएको छ ।

सन् २०१० मा स्थापना भएको विश्वविद्यालयले हाल कोभिड–१९ द्वारा सिर्जित लकडाउनमा यसको रोकथाम तथा न्यूनीकरणका लागि जनचेतनामुलक सन्देश सामग्री उत्पादन गरिरहेको छ । सुर्खेत केन्द्रीय कार्यालय रहेको एमयूका आङ्गिक र केन्द्रीय गरी १७ वटा क्याम्पस छन् ।

प्रतिक्रिया दिनुहोस